Search

नेपाल खेलकुद महासंघ दोलखाको दोस्रो अधिवेशन भोली जेठ ५ गते चरिकोटमा हुँदै

नेपाल खेलकुद महासंघ दोलखाको दोस्रो अधिवेशन भोली जेठ ५ गते चरिकोटमा हुँदै
४ जेठ, बाँपिझ्याला, दोलखा । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ दोलखाको दोस्रो जिल्ला अधिवेशन भोली जेठ ५ गते चरिकोटमा हुने भएको छ । ‘“खेलकुद विकासका लागि स्थानीय तह देखि केन्द्र सम्म भौतिक पुर्वाधार, व्यवसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार’ भन्ने मुल नाराका साथ जेठ ५ गते महासंघको अधिवेशन हुन लागेको हो । खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको... Read More

चरिकोट स्थित कालिञ्चोक होस्टेलमा बसेर अध्ययन गर्दै आएकी एक किशोरी गर्भवती, बच्चाको मृत्यु

चरिकोट स्थित कालिञ्चोक होस्टेलमा बसेर अध्ययन गर्दै आएकी एक किशोरी गर्भवती, बच्चाको मृत्यु
४ जेठ, बाँपिझ्याला, दोलखा । दोलखा सदरमुकाम चरिकोट स्थित कालिञ्चोक होस्टेलमा बसेर अध्ययन गर्दै आएकी एक किशोरी ९ महिनादेखि गर्भवती रहेको पाईएको छ । भीमेश्वर नगरपालिकाकी १९ वर्षिय मसली (नाम परिवर्तन) को पेटमा ९ महिनादेखि गर्भ रहेको र अप्रेसन गरी निकालिएको बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ । कक्षा १२ को परीक्षा सकेर केही दिन अघि घर गएकी उनलाई रक्तश्राव... Read More

कालिञ्चोक गाउँपालिकाको कालिका मन्दिरमा चोरी

कालिञ्चोक गाउँपालिकाको कालिका मन्दिरमा चोरी
३ जेठ, बाँपिझ्याला, दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाको कालिका मन्दिरमा बुधवार राती चोरी भएको छ । कालिञ्चोक गाउपालिका वडा नम्बर ५ स्थित गुमु कालिका भगवती मन्दिरमा चोरी भएको हो । स्थानीयका अनुसार अज्ञात व्यक्तिहरुले मन्दिरको मुलगेटको ताला फोडेर मन्दिरभित्र प्रबेश गरी चोरी गरेका हुन् । मन्दिरभित्रको पुजा सामग्री, चाँदिको कचौरा २ थान, दियो २ थान र चाँदिको चम्चा १ थान... Read More

दोलखाका सान सन्तु टेबलटेनिसबाट ओलम्पिकमा‌ छनोट हुने पहिलो नेपाली

दोलखाका सान सन्तु टेबलटेनिसबाट ओलम्पिकमा‌ छनोट हुने पहिलो नेपाली
२ जेठ, बाँपिझ्याला, काठमाण्डौं । दोलखाका सान सन्तु श्रेष्ठ ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी बनेका छन्। पेरिस २०२४ ओलम्पिकको दक्षिण एसियाली टेबलटेनिस छनोट अन्तर्गत पुरूषतर्फ बुधबार भएको फाइनलमा स्यान्टुले अर्का नेपाली संयोग कपालीलाई ४–३ सेटले हराउँदै स्यान्टुले ओलम्पिक यात्रा गरेका हुन्। लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा सन्तु ११–७,८–११,११–७,११–६,८–११,८–११, ११–९ ले विजयी‌ भएका हुन्। स्यान्टु टेबलटेनिसबाट ओलम्पिकमा‌ छनोट हुने पहिलो नेपाली... Read More

मेलुङको पवटीमा मलामी बोकेको गाडी दुर्घटना, १४ जना घाइते

मेलुङको पवटीमा मलामी बोकेको गाडी दुर्घटना, १४ जना घाइते
२ जेठ, बाँपिझ्याला, दोलखा । दोलखा जिल्लाको मेलुङ गाउँपालिकाको पवटीमा मलामी बोकेको गाडी दुर्घटनामा परेको छ । छिमेकी शैलुङ गाउँपालिका वडा नम्बर ८ ढाँडे कुनेबाट मलामी लिएर घाट जाँदै गरेको बोलेरो दुर्घटनामा परि १४ जना घाइते भएको स्थानीयले बताएका छन् । तामाकोशी तर्फ आउँदै गरेको बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो गाडी सत्यश्वर–सिम्टे सडक खण्डको भटमासेमा अनियन्त्रित भएर दुर्घटना... Read More

माथिल्लो तामाकोसी जलविद्युत कम्पनीको घाटा घट्दै

माथिल्लो तामाकोसी जलविद्युत कम्पनीको घाटा घट्दै
१ जेठ, बाँपिझ्याला, दोलखा । माथिल्लो तामाकोसी जलविद्युत कम्पनीले आफ्नो घाटा कम गरेको छ । कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले २ अर्ब २ करोड ३४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने कम्पनीले नोक्सानी ३१.२३ प्रतिशत घटाएको छ । चालु आवको ९ महिनामा कम्पनीको नोक्सानी घटेर १ अर्ब ३९ करोड १३ लाख... Read More

लामो समयपछि वर्षा हुदाँ दोलखाका किसानलाई राहत

लामो समयपछि वर्षा हुदाँ दोलखाका किसानलाई राहत
महेन्द्र श्रेष्ठ, दोलखा ।२८ बैशाख, बाँपिझ्याला, दोलखा । साढे सात महिना लामो अवधिपछि वर्षा भएपछि दोलखा किसानलाई राहत मिलेको छ । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली प्रभावित भएपछि निराश भएका किसान सोमबार दिउँसोदेखि वर्षा भएर किसान हर्षित बनेका हुन् । खेतबारीमा लगाएको गहुँ, तोरी, आलु फापर, जौ, तरकारीको उत्पादन न्यून हुँदा निराश बनेका किसान बर्खेबाली लगाउन पाउने भएपछि... Read More

दिवंगत सांसद पशुपति चौँलागाईको तेस्रो स्मृति दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न

दिवंगत सांसद पशुपति चौँलागाईको तेस्रो स्मृति दिवस विभिन्न कार्यक्रम गरि सम्पन्न
२८ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । दोलखाका दिवंगत सांसद पशुपति चौँलागाईको तेस्रो स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ । दिवंगत सांसद चौँलागाईको स्मृतिमा आज नेकपा एकिकृत समाजवादी र नेकपा एमाले दोलखाले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेका हुन् । नेकपा एकिकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालय काठमाडौँमा एक कार्यक्रम गरि चौँलागाईको स्मृति दिवस मनाएको छ । नेकपा एस दोलखा –... Read More

दोलखामा भीमेश्वर अक्षय तृतिया गुठीे र कालि मन्दिर यात्रा सम्पन्न

दोलखामा भीमेश्वर अक्षय तृतिया गुठीे र कालि मन्दिर यात्रा सम्पन्न
२८ बैशाख, बाँपिझ्याला, दोलखा । आज प्राचिन शहर दोलखामा मनाईने पर्व मध्ये भीमेश्वर अक्षय तृतिया गुठी र कालि मन्दिर यात्रा सम्पन्न भएको छ । यसरी अक्षय तृतियाको दिनमा कालि मन्दिरको रथयात्रालाई दोलखा शहर परिक्रमा गराउने प्रचलन रहेको छ । दोलखामा यस दिन सत्य पूजामा भगवान शिवले पार्वती संग विबाह गरेको दिन भनेर त्यसैको सम्झनामा भीमेश्वरलाई शिव पार्वती मानेर रुद्री गर्ने... Read More

दोलखामा रहेको घरेलुको आफ्नै भवनबाट सेवाग्राहीलाई सेवा दिन लगाउन उद्योग मन्त्री श्रेष्ठ भेटवार्ता

दोलखामा रहेको घरेलुको आफ्नै भवनबाट सेवाग्राहीलाई सेवा दिन लगाउन उद्योग मन्त्री श्रेष्ठ भेटवार्ता
कृष्णनारायण श्रेष्ठ२४ बैशाख, बाँपिझ्याला, दोलखा । भीमेश्वर नगरपालिका वडा नं २ दोलखा स्थित प्रसिध्द भीमेश्वर मन्दिरको दक्षिण पश्चिम तर्फ एउटा २ तले नयाँ भवन छ जुन घरेलु तथा साना उद्योग विकास कार्यालयको हो । तर यो भवन बेवारिसे अवस्थामा रहेको छ र भित्र संचालन हुनुपर्ने घरेलुका सरकारी कार्यालय भने नजिकैको सदरमुकाम चरिकोटको भाडाको घरमा बिगत १०÷१२ बर्षदेखि संचालन भइरहेको छ... Read More
1 2 3 160