बाँपीझ्याला, काठमाण्डौैं । समाजसेवी, महिला उद्यमी एवं गायीका सकुना श्रेष्ठ मलेकुको पहिलो प्रस्तुती तिजको गित “माईतीको आँगनमा” आज सार्वजनिक गरिएको छ । कोभिड १९ को संक्रमणको कारणले बृहत्त कार्यक्रमको माझमा विमोचन गर्न नमिल्ने भएकोले झुमबाट गित सार्वजनिक गरिएको हो ।
“माईतीको आँगनमा” बोलको गितमा शब्द/ संगीत एच.बि.सुनार, स्वर सकुना श्रेष्ठ मलेकु र मञ्जु उपासनाको रहेको छ । यसै गरी ऐरेन्ज साहस शाक्य, स्टुडियो एकोष्टीक नेपाल, मोडेल शिल्पा पोख्रेल र अञ्जु सुनार, अथिती कलाकारमा रमा थपलिया र देशभक्त खनाल, डाईरेक्टरमा उत्तम “शिशिर” कोरियोग्रोफिमा सुबोल थापा र मेकपमा सपना लम्साल रहेको छ । यसै गरी यस गितको बजार व्यवस्थापनको संयोजन बाँपीझ्याला मिडियो प्रा.लि. र अन्य व्यवस्थापनमा गायिका सकुना श्रेष्ठ आफै अध्यक्ष रहेको संस्था समकालिन एकता समाज नेपाल दोलखा काठमाण्डौंको गरिएको छ ।

समाजमा रहेका महिला दिदीबहीनी तथा आम नेपाली नागरिकहरुको जिवन्त क्रियाकलापमा आधारीत सामाजिक कथालाई समेटेर प्रस्तुत गर्न खोजिएको यस गितमा गायिका सकुना श्रेष्ठ मलेकु र मञ्जु उपासना आफ्नो प्रस्तुती राम्रो र मेहनतपूर्ण देखिएको छ ।
यस बारेमा गायिका सकुना श्रेष्ठ मलेकु संग जिज्ञासा राख्दा यसरी भन्नु हुन्छ, सुख दुःख, मिलन विछोड, शान्ती अशान्ती यो सवै प्राकृतिक नियम र परिधी भित्रका चक्र हुन, यसले गर्दा मानविय जिवनमा यी क्रियाकलापहरु हुनेनै गर्दछ । यसैले हामी सुख हुर्दैमा हर्षित हुने दुःख हुदैमा दुःखी हुने होईनकी समय र परिस्थिती अनुसार बाँच्न पर्छ र बाँच्ने प्रयास गर्नु पर्ने रहेछ । यो विधीको विधान नै हो भन्नु हुन्छ ।

यसै गरी सम्पूर्ण नारी जातीहरुलाई शुभ सन्देश र माईती घरको सम्झनालाई उर्जाघर गर्नुको साथै एक्कल महिला दिदिबहीनीहरु पनी कुनै कतै बिचलित नभै अघि बढ्न प्रेरणा मिलोस् भन्ने अभिप्रायःका साथ नेपाली महिला दिदी बहिनीहरुको ठुलो पर्व तिजको अवसरमा मनोरञ्ज दिनको लागि यो गित सार्वजनिक गरिएको र जस्ले यी कुराहरुमा सहयोग गर्न मद्धत पुग्नेमा आफु विश्वस्त रहेको बताउनु हुन्छ ।
यसरी तिजको अवसर पारेर एउटा समाजमा सकारात्मक अभिव्यक्ती सहित माईतमा दिदिबहीनी, आमा बुबा र दाजुभाई संग भेट गर्ने अवसरलाई प्रेरित गर्ने कथालाई गितमा प्रस्तुत गरिएको बताउनु हुन्छ । यसै गरी गायिका श्रेष्ठको यो गित पहिलो प्रयास भएको कारणले यहाँहरुले सोचेको जस्तो नहुन पनी सक्छ तर पनी सवैले मनपराई दिएर एक चोटी आफ्नो गित सुनी क्गदकअचष्दभ गरि दिनु हुनको लागि आफ्नो सम्पूर्ण आफन्त नातागोता, दाजुभाई दिदिबहीनी, समकालिन साथीसंगी, आत्मीय मनहरु र शुभचिन्तकहरुमा हार्दिक आग्रह सहित अनुरोध गर्नु भएको छ । साथमा आगामी दिनमा नेपाली भजन, नेवारी भजन र नयाँ र नौलो मर्म स्पर्शी लोक दोहारी, आधुनिक गितका मिठा, मिठा भाकाहरुका गित सहीत यहाँहरु समक्ष आउने जानकारी सहित एक पटक हजुरहरु सवैले “माईतीको आँगनमा” बोलको गिती सुनी दिई क्गदकअचष्दभ गर्न आग्रह सहित अनुरोध गर्नु भएको छ ।

यसै गरी सांगितीकमा लामो अनुभव भएको अहिलेसम्म २०० भन्दा बढी गितहरु गाएका अर्की गायिका मञ्जु उपासना संग कुरा गर्दा वहाँ यसरी अभिव्यक्त दिनु हुन्छ, समाजसेवी सकुना श्रेष्ठसँग आफुले काम गर्न पाएकोमा खुसी रहेको भनाई व्यक्त गर्नु हुर्दै समाजसेवी श्रेष्ठको पहिलो प्रस्तुती “माईतको आँगनमा” बोलको तिजको गितले दर्शक र संगीत प्रेमीहरुको मन जित्न सक्ने बताउनु हुन्छ ।
कोभिड १९ को संक्रमणको बेलामा पनी वहाँको सहयोग र सद्भावको कदर गर्दै आगामी दिनहरुमा पनी यसै गरी सहकार्य गरि अगाडी बढ्ने र संगीतको सारथी जस्तै भएर अगाडी बढ्ने लक्ष्य राखेको बताउनु भयो । साथै आज सार्वजनिक भएको गितलाई संगितप्रेमी एवं शुभचिन्तक महानुभावहरुले लाईक र शेयर गर्न पनी अनुरोध गर्नु भएको छ ।

यसै गरी यस गितको शब्द र संगित दिन सफल हुनु भएका एच.बि. सुनारले नेपाली महिला दिदीबहीनीहरुलाई समेटरेर तिजको अवसर पारेर प्रकाशनमा ल्याएको यस “माईतीको आँगनमा” भन्ने बोलको गितले सांगितीक क्षेत्रमा चर्चा पाउने कुरामा आफु विश्वस्त रहेको र तिजको बेलामा चेलीबेटीहरु आफ्नो माईत गएर हर्ष र उत्लासले मनाउने कथालाई जोडिएर गितमा प्रस्तुत गरिएको महत्वपूर्ण विशेषताले गर्दा तिजको माहोलमा थप आकर्षण पैदा गर्ने बताउनु हुन्छ । यसै गरी यस गित आजबाट सार्वजनिक भएको छ सम्पूर्ण दर्शक, संगीतप्रेमी र शुभचिन्तक नेपाली दिदिबहीनीहरुले सुनेर लाईक गरी शेयर र क्गदकअचष्दभ गर्न पनी आग्रह गर्नु भएको छ ।
यस “माईतको आगनमा” भन्ने गितको छाँयाकनमा निर्देशन गर्नु हुने उत्तम “शिशिर” भन्नु हुन्छ आफु पहिलेदेखि मञ्जरी संगित पाठशालामा एच.बि.सुनार संग काम गर्दै आएको र त्यो मध्ये यो भिडियो छाँयाङ्कनमा आफुले निर्देशन गरेको “माईतीको आँगनमा” बोलको गित सार्वजनिक भएकोमा खुसी व्यक्त गर्नु हुन्छ । यसै गरी समाजसेवी सकुना श्रेष्ठको पहिलो प्रस्तुतीलाई कोभिड १९ संक्रमणको बेलामा पनी सुरक्षित र सामाजिक धुरी कायम गरि आज गित सार्वजनिक गर्न पाएकोमा संगीत प्रेमीहरुको लागि थप खुराक हुने बताउनु हुन्छ । यसै गरी आज सार्वजनिक गरिएको गित “माईतीको आँगनमा” बोलको गितले संगीत प्रेमीहरुको मन जित्न सक्नेमा आफु विश्वस्त रहेको बताउनु हुन्छ ।

यसै गरी समाजसेवी एवं गायीका सकुना श्रेष्ठले “माईतको आगन” मा भन्ने बोलको गित निकाल्न सहयोग गर्नु हुने म्याम मञ्जु उपासना, सर एच.बि सुनार, प्रकाशन कार्यमा सहयोग गर्नुहुने मञ्जरी संगित पाठशाला, बाँपीझ्याला मिडिया प्रा.लि., यसका सम्पादक भाई उपेन्द्र प्रधान र समकालिन एकता समाजका सहयोगी सदस्यहरु लगायत सम्पूर्ण कलाकार तथा अन्य व्यवस्थापनमा सहयोग गर्नु हुने मेरो घर परिवार, आफन्त र शुभचिन्तक महानुभावहरुमा आभार व्यक्त गर्दै विशेष धन्यवाद दिनु भएको बताउनु भयो ।
यसै गरी दोलखा जिल्ला भित्र बाहिर भएका एफ एम, रेडियो र टिभि च्यानलहरुमा आफ्नो पहिलो प्रस्तुती “माईतीको आँगनमा” भन्ने बोलको गित बजाएर सहयोग गर्नु हुन सञ्चार कर्मीहरुमा विशेष अनुरोधका साथ आग्रह गर्नु भएको छ ।