Search

दोलखाको नेवारी मातृभाषा प्रयोगमा आउन नसक्नु अन्तरजातिय विवाह हो : रविन्द्रनारायण श्रेष्ठ, युवा समाजसेवी/ व्यवसायी

दोलखाको नेवारी मातृभाषा प्रयोगमा आउन नसक्नु अन्तरजातिय विवाह हो : रविन्द्रनारायण श्रेष्ठ, युवा समाजसेवी/ व्यवसायी
रविन्द्रनारायण श्रेष्ठ

दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ डोक्छे टोलमा वि.सं. २०३३ साल माघ १ गते बा पूर्णनारायण श्रेष्ठ र आमा विष्णुदेवी श्रेष्ठको कोखबाट जन्म भएको माईला छोरा रविन्द्रनारायण श्रेष्ठ हुन ।

तत्कालिन श्री राजकुलेश्वर प्राथमिक विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गरी कक्षा ६ देखी १० कक्षासम्म भीम माध्यमिक विद्यालय दोलखामा अध्ययन गरी २०४९ सालमा एस.एल.सि. पास गरे पछी केही बर्ष दोलखामा शिक्षण पेशामा आवद्ध भई २०५६ सालमा काठमाण्डौं आई नमूना मच्छिन्द्र क्याम्पस लगनखेलबाट व्यवस्थापन संकायमा स्नातक तहसम्म अध्ययन गर्नु भएको छ ।

वि.सं. २०५६ श्रावण ४ गते दार्जिलिङ खोर्साङ नयाँ वस्ती निवासी बुबा खड्ग बहादुर क्षेत्री र आमा नैना क्षेत्रीकी छोरी प्रतिक्षा क्षेत्री सँग बैबाहिक जिवनमा बाँधिन्नु भएका श्रेष्ठको एउटा छोरा रिसव श्रेष्ठ र अर्की छोरी रक्षन्दा श्रेष्ठ छन् ।

श्रेष्ठ पेशाले व्यवसायी हुनु हुन्छ । अजिमा हाउजिङ प्रा.लि. कम्पनीबाट उक्त व्यवसाय संचालनमा ल्याउनु भएको छ । यसै गरी लायन्स क्लव अफ काठमाण्डौं गौरीशंकर ३२५ “डि” को सदस्य रहनु भएको श्रेष्ठ समकालिन साथीभाई, साथीसंगीहरुको संस्था “साथीको लागि साथी”को बर्तमान कार्यसमिती सचिव हुनु हुन्छ ।

यसै गरी राजकुलेश्वर आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समितीको सल्लाहकार समितीको सदस्य रहनु भएका श्रेष्ठ सामाजिक सेवा, दिनदुःखीहरुको सेवा गर्ने अभिप्रेरित भई सामाजिक कार्यमा सहभागी भई दिनदुःखीहरुको सेवा गर्दै आउनु भएका युवा समाजसेवी एवं व्यवसायी रविन्द्रनाराण श्रेष्ठ र बाँपीझ्याला अनलाईन मिडियासँग भएको कुराकानीको मुल अंश यहाँ प्रस्तुत गरेका छौं ।

अहिले के मा व्यस्त हुनु हुन्छ ?
अहिले म व्यवसायमा व्यस्त छु । फुर्सदको समयमा दोलखा भित्र र बाहिरको सामाजिक कार्यमा आफुले सक्ने क्षेत्रमा संलग्न भएर सहयोग गर्दै आएको छु ।

संघ संस्थामा आवद्ध हुनु हुन्छ ?
आवद्ध छु । काठमाण्डौं स्थित लायन्स क्लव अफ काठमाण्डौं ३२५ डि मा आवद्ध भएको छु । यसै गरी हामीहरु स्कुलमा संगै पढ्दाको समकालिन साथीसंगीहरुको जमघटको थलो साथीको लागि साथी भन्ने नामबाट एउटा सामाजिक संस्था र साथीको लागि साथी समुह मिलेर ईन्भेष्टमेन्ट खोलेका छौं । उक्त संस्थामा सचिवमा बसेर कार्य गर्दै आएको छु । यसै गरी राजकुलेश्वर आधारभुत विद्यालय तल्लो टोल दोलखामा स्कूल विद्यालय व्यवस्थापन समितीको सल्लाहकार समिती सदस्यमा बसेर सहयोग गर्दै आएको छु ।

सामाजिक संघ–संस्थामा किन आवद्ध हुनु भयो त ?
पेशा व्यवसाय त जो कोहीले गरेको हुन्छ । र सामाजिक संघ–संस्थामा बसेर केही व्यक्तीहरुले मात्र सहयोग गर्ने अवसर प्राप्त गरेको हुन्छ । यही सन्दर्भमा मलाई पनी सामाज सेवामा संलग्न भएर समाजमा रहेका दिनदुःखी, असाह्य र स्कुल पढ्ने असाह् बच्चाहरुलाई सहयोग गर्ने उत्प्रेरणा जाग्यो त्यसैले समाजसेवा संलग्न भएर आफुले सक्ने सहयोग गर्दै आएको छु ।

साथीको लागि साथीको संस्थाको उद्देश्य के छ ?
मुल उद्देश्य समकालिन साथीसंगीहरुलाई एकत्रित गर्नु हो भने अर्को तर्फ साथी साथी विच समन्वयकर्ताको भूमीका निर्वाह गरी समाजमा रहेका दिनदुःखीहरुको सेवा गर्ने रहेको छ ।

दोलखा जानु हुन्छ ? जानु हुन्छ भने सरदर कति चोटी जानु हुन्छ ?
आफ्नो जन्मघर जानु परि हाल्यो । त्यसैले बेला बेलामा दोलखा जाने गरेको छु । यसै गरी आफ्नो घर जानलाई कसैले गनेर जादैन र विशेषतः काम विशेष भयो भने महिनामा दुई तिनचोटी पनी जानु पर्ने हुन सक्छ तर विशेष गरी महिनामा एकपटक जस्तो जन्मघर दोलखा घर जाने गरको छु ।

तपाई एकजना युवा व्यवसायी अनी समाजसेवी पनी हुनु हुन्छ तर दोलखामा यस क्षेत्रको बारेमा कसरी हेर्नु हुन्छ ?
सामाजिक सेवा भनेको कसैको कर र बलले गरिने कार्य होईन । यो त भित्री आत्मादेखिनै सन्तुष्ट र प्रफुल्ल भई समाजसेवामा अग्रसर भईन्छ । त्यसैले दोलखाको सवालमा कुरा गर्नु पर्दा अन्य कार्यका त त्यस्तै हो तर पनी सामाजिक कार्यमा पनी सहमती र सल्लाह अनुसार कार्य गरेको पाईन्दैन । एकजनाले गरेको कार्यको अर्कोले सहयोग गरेको पाईन्दैन । यसबाट व्यक्तिगत रुपमा त कसैलाई घाटा नहोला तर सामाजिक रुपमा दोलखामा धेरै घाटा हुन्छ । त्यसैले यी कुराहरुमा संयुक्त भएर अग्रसर भई कार्य गरेको खण्डमा सवैलाई राम्रो हुने र सन्तुष्ट पनी हुने कुरामा दुई म नहोला ।

दोलखाको नेपाल (नेवार) भाषाको प्रयोग र यसको संरक्षणको लागि के गर्नु पर्ला ?
सवभन्दा पहिले दोलखाको नेवारी मातृभाषा प्रयोगमा आउन नसक्नु अन्तरजातिय विवाह हो । यो सँग सँगै दोलखाभित्र विहावारी पहिलेको तुलनामा कम भएर दोलखाली युवाहरुले बाहिरका चेली भि¥याउने र दोलखाली चेली बाहिरका युवाहरु संग बैबाहिक सम्वन्ध गाँसिएर गएकोले यो समस्या देखिएको हो । विशेषतः आमाले बोल्ने भाषा अर्के भएको कारणले बच्चाहरुले काखमा हाम्रो दोलखाको नेवारी भाषा सिक्न सकेका छैनन् ।

यसरी यो समस्याभन्दा पनी व्यवहारीक र वस्तुगत स्थिती यही छ । अव बोलिचालीलाई निरन्तरता दिनको लागि भाषा प्रशिक्षणको अभियान चलाउनु पर्छ । यो कुनै व्यक्तीगत रुपमाभन्दा पनी स्थानिय निकायले यसको लागि संस्थागत रुपमा पहल गर्नु पर्छ भने अर्को कुरा दिन प्रतिदिन हाम्रो घरपरिवारमा व्यवहारीक रुपमा यो हाम्रो मातृभाषालाई बोलीचालीमा प्राथमिकता दिनु पर्छ ।

यसै गरी संस्थागत रुपमा भाषाको संरक्षण गर्नु पर्छ भनेर तपाईहरुले भूमीका खेल्नु भएको छ । यसको लागि विशेषतः भीमेश्वर नगरपालीका र वडा नं. २ ले आवश्यक पहल गरी सहयोग गर्नु पर्छ ।

दोलखामा संचालनमा रहेको बिभिन्न संस्कृती, परम्परा र जात्रामाहरु लोभ हुने अवस्थामा रहेको छ । यसको संरक्षणको लगि के गर्नु पर्ला ?
दोलखामा संचालनमा रहेको संस्कृती, परम्परा र जात्रामात्रा दिन प्रतिदिन लोभ हुर्दै गएको छ । अव यसको निरन्तरता र संरक्षणको बारेमा हामीले कुरा गर्दा पहिले कुरा संस्कृती, परम्परा र जात्रामात्रा भनेको विशेषतः गुठी संग सम्वन्धीत संस्कार भित्रको एक पक्ष हो ।

त्यसैले सवैभन्दा पहिले यसको वास्तविकता के हो त्यसबारेमा अध्ययन गर्नु पर्छ र वास्तविकता पहिल्याई सकेपछी समस्या परेको ठाउँमा स्थानिय निकाय र सम्वन्धीत गुठीयारहरुले संरक्षणको लागि पहल गर्नु पर्छ । त्यसको लागि हामी दोलखावासी एकठाउँमा भई रचनात्मक सहयोग गर्नु पर्छ ।

बाँपीझ्याला डटकम वेभ साईड हेर्नु हुन्छ ? यदी हेर्नु हुन्छ भने यसमा अव के सुधार गर्नु पर्ला ?
सर्व प्रथम त बाँपीझ्याला मिडिया र यसको संचालकलाई म लगायत दोलखावासीको तर्फबाट हार्दिक आभार सहित धन्यवाद दिन चाहन्छु । मैले बाँपीझ्याला डटकम अनलाईन पत्रीका हेर्ने गरेको छु । यसले पहिलेको भन्दा धेरै परिमार्जन सहीत अगाडी बढेको छ । यसमा म खुसी व्यक्त गर्दछु ।

यसै गरी भाषा, संस्कृती र परम्परा भनेको कुनै पनी जाति विशेषको पहिचान हो । त्यसै गरी दोलखाको नेवारी जातीको पहिचानको मुद्धालाई तपाईहरुले सम्वोधन गरी अगाडी बढ्न पहल गर्नु भएको छ । यसबारेमा मैले आफ्नो ठाउँबाट सहयोग गर्न तयार छु । यसै गरी सम्पूर्ण दोलखावासीले विना संकोज सहयोग गर्नु पर्छ भन्ने मेरो मान्यता रहेको छ ।

त्यसै गरी भीमेश्वर नगरपालीका भित्र रहेका नेवार, तमाङ, थामी र गुरुङ जातिको भाषा संस्कृती अनी परम्परालाई संरक्षण गर्न नगरपालीकाले राम्रो कार्य योजना तयार गरी सहयोग गर्नु पर्छ । जसले सिङ्गो भीमेश्वर नगर र दोलखा जिल्लाकै शिर उच्च गर्न सहयोग गरेको हुनेछ । यसलाई नगरपालीका लगायत सम्वन्धीत वडाले प्राथमिकतामा राखेर कार्यान्वयको लागि पहल गर्नु पर्छ ।

अन्तमा यस बाँपीझ्याला मिडियाबाट दोलखावासी लगायत शुभचिन्तक नेपालीहरुमा केही भन्नु हुन्छ की ?
सवभन्दा पहिले मेरो व्यक्तीगत धारणा सार्वजनिक गर्न मलाई बाँपीझ्याला डटकमले जुन स्थान दिएको छ त्यसको लागि हार्दिक आभार सहीत धन्यवाद दिन चाहन्छु । यसै गरी बाँपीझ्याला मिडियाको प्रकाशनमा संचालन भईरहेको यस बाँपीझ्याला डटकमले विशेषतः दोलखा शहर भीमेश्वर नगरपालीका वडा नं. २ को स्थानिय नेवार, तमाङ, थामी र गुरुङ जातिको भाषा, संस्कृती र परम्परालाई निरन्तरता दिन अगाडी बढ्ने कुरामा सचेत गराई सहयोग गरेको छ । यो कुरा हामी सम्पूर्ण दोलखावासीले बुझ्न जरुरी रहेको छ ।

यसै गरी दोलखाको सामाजिक सवाल र कुरामा साझि रुपमा हामी सवै सहयोग गर्न तयार हुनु पर्छ । जुन कुरालाई विना राजनितीकरण गरी, यसै गरी दोलखामा सामाजिक कार्यमा हामी सवै एक ठाउँमा उभिन्न पनि जरुरी रहेको छ । यस बारेमा म फेरी पनी स्मरण गरान चाहन्छु भने भीमेश्वर नगरपालीका वडा नं. १ देखि ९ वडासम्मका स्थानिय भाषा, संस्कृती र परम्परालाई संरक्षण गरी निरन्तरता दिनको लागि भीमेश्वर नगरपालीकाले योजना बनाउन आग्रह गर्दछु ।

दोलखा नेवारी भाषा संस्कृती र परम्परा भनेको दोलखाली नेवार जातीको पहिचान हो । यो पहिचानलाई हामी नास हुन दिनु हुदैन । यसै गरी सिङ्गो भीमेश्वर नगरको अस्थित्व भीमेश्वर मन्दिर लगायत यहाँ रहेका बिभिन्न मठ–मन्दिर र सम्पदाहरुले सहयोग गरेको छ । यसै गरी स्थानिय रुपमा रहेका पर्यटकिय क्षेत्रलाई सुधार गर्दै अगाडी बढ्नु पर्छ । जसको लागि यसमा स्थानिय निकाय अनी हामी सम्पूर्ण दोलखावासीले विना संकोज सहयोग गर्नु पर्छ भनी अनुरोध गर्दछु ।

अन्तमा, मेरो तर्फबाट यस बाँपीझ्याला मिडियालाई आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दै यसको निरन्तरताको लागि कामना गर्दछु । यसै गरी यस अभियानमा सम्पूर्ण दोलखावासीको सहयोग आवश्यकता रहेकोले यो अभियानमा हामी सम्पूर्ण दोलखावासीको सहभागीताको लागि अनुरोध छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment