Search

जीवन के हो ?

जीवन के हो ?


निर्जला कक्षपती

जीवन केहो भन्ने प्रश्न ग¥यौं भने फरक फरक मानिसको फरक विचार आउन सक्छ । यस्लाई व्याख्या गर्ने आ–आफ्नै तरिका हुन्छन् । कसैले जिवनलाई यात्रा भन्लान्, कसैले भोगाई भन्लान्, कसैले अनुभव भन्लान्, कसैले निरन्तर बगीरहने खोला, कसैले संघर्ष भन्लान्, कसैले प्रयोग भन्लान्, कसैले भिबचलष्लन उचयअभकक भन्लान् यस्ता थुप्रै खालका परिभाषा हुन सक्छन् । भारतका महान् नेता महात्मा गान्धीले ीषभ ष्क mथ mभककबनभ भनेका छन् । लेखिका झमक कुमारीले त जीवन काँढा की फूल भनेर किताव नै लेखेकी छिन् ।

परिभाषा जे जस्तो भएपनि जिवन कस्तो बनाउने ? कठीन या सहज, सुन्दर की अप्ठयारो, फूल की काँढा अथवा निभ्न लागेको दियो जस्तो बनाउने की कस्तो बनाउने यी सब हामी मनुष्यको हातमा नै निर्भर छ । जिवन जिउँदै जाँदा कोही मानिसले जिवनमा दःुखको महसुस नै गर्नु पर्दैन । तर कोही मानिसको जिवनमा भने सोंच्दै नसोचेका समस्या, दःुख अनि अपठयाराहरु आईपर्छन् । त्यसैले भन्ने पनि गरिन्छ जीवन दुःख र सुखको संगम पनि हो । मानिसको जीवनमा कतिबेला के पर्छ कसैलाई थाहा हुदैन ।

मानिसको जिवन अनिश्चित हुन्छ । आज राजसी जीवन बिताउनेहरु भोली सडकमा पुगेको पनि हामीले आफ्नै आँखाले देख्ने गरेका छौं । हिंजोका दिनमा गरीव हुनेहरु भोलीका दिनमा आनन्द र सुखीको जीवन पनि बिताइरहेका हुन्छन् । कसैले यस्लाई कर्मको फलको संज्ञा दिने गर्छन् । तर सत्य कुरा के हो भने मानिसले सत्कर्म नगरी उस्ले भाग्य मात्र परिवर्तन गर्न खोजेर परिवर्तन गर्न सक्दैन । सत्कर्मले नै मानिसको भाग्य बनाउँछ ।

दुःखको कुरा, जब मानिसलाई दुख पर्दछ, यस्ता बेलामा साथ दिने मानिसहरु कम भेटिन्छन् । आफनै मानिसले पनि साथ नदिएका घटनाहरु हाम्रै समाजमा धेरै छन् । जब घरको महिलालाई रोग लाग्छ, विरामी पर्न थाल्छ, यस्तो बेला श्रीमतीलाई साथ नदिई बालबच्चाको बिचल्ली पारेर घर छाडेर हिड्ने पुरुष पनि हाम्रो समाजमा नभएका होइनन् । त्यसैले दुःखका बेलामा धेरै मानिसको आत्तिने स्वभाव हुन्छ । कतिले त म अव सिद्धिए भन्ने पनि सोच्छन् र गती छाड्ने पनि गर्छन् तर कोही व्यक्ति भने साहसी स्वभावका हुन्छन् । ती व्यक्तिले, जस्तोसुकै अप्ठयारा र कठीनाइ आएपनि यस्लाई समाधान गर्नु पर्छ भन्ने सोच्छन् र जिन्दगीको यात्रालाई अगाडि बढाउँछन् । यसरी हेर्दा, जिन्दगीका परिभाषा अनेकन भए पनि नर्मदासम्म हामीले गर्ने कर्म अनि जिउने क्रमका भोगाइहरु नै जीवन हो, जिन्दगी हो । यस्लाई कुनै भूगोलले फरक पार्दैन । जून देशमा हामी जन्मिएपनि जिवन जिउने तरिका फरक हुन्छन् तर मानिस जन्मन्छ, हुर्कन्छ, जिउने क्रममा उस्ले कर्मलाई पनि अघी बढाउँछ , कर्म गर्दा गर्दै मानिस बुढो हुन्छ अनि मृत्यू त सत्य हँुदै हो ।

जिवन जिउन जान्ने हो भने निकै सुन्दर छ । जिउन नजान्नेका लागि घाँडो बन्न्ने गरेको छ । जिन्दगी देखि पटयार लाग्ने गर्छ । जिन्दगी निकै नै झर्को लाग्ने गर्छ । यहि जिन्दगीलाई आनन्दीत तुल्याउनका लागि मानिसले जिवनमा निकै नै दुःख पनि गरिरहेका हुन्छन् । जिवनमा सुख प्राप्तीका लागि कोही धर्म कर्ममा लाग्छन् । सुखले नै जीवनमा खुसी प्राप्त गर्न सकिने धारणा धेरैको पाइन्छ । तर भौतीक सुख सुविधाले खुसी खोज्नु अथवा खुसी प्राप्त हुन्छ भन्नु यो भन्दा मुख्र्याई केही हुन सक्दैन । सुख र खुसी आफूले अनुभव गर्ने कुरा हो । दिनभर खेतमा काम गर्ने कृषकको खुसी र उस्ले अनुभुत गर्ने सुख निकै नै आनन्दमय हुन्छ । त्यसैले आफू जून स्थानमा छ, जसरी जिवन जिएको छ त्यस्मा नै खुसी हुन सक्नु नै सुखी रहनु हो ।

जिन्दगी आफनो बसमा नभएको कुरा केहीले गर्छन् भने कसैले जिन्दगीलाई आफैं बनाउने हो भन्ने सोंच राख्छन् । कसैको सोंचाइ कस्तो हुन्छ भने हामी पृथ्वीमा जन्मिएका प्राणी मात्र हौं हाम्रो जिन्दगी चलाउने व्यक्ति भगवान् हुन् भन्ने सोच्ने गर्छन् । कोही भने हाम्रो जिन्दगी भावीले लेखेको अनुरुप चल्ने गर्छ भन्ने सोंचाई राख्ने गर्छन् । भाग्यमा विश्वास राख्नेले यस्ता कुराको अनुशरण गरेपनि जिवन कस्तो बनाउने कसरी बाँच्ने भन्ने कुराको निर्णय हामी मानिससँग नै हुन्छ । कर्म नगरि भाग्यले मात्र जिवन सुन्दर बन्दैन । मानिसले कर्म गरेपछि नै उस्को जिवन सुन्दर बन्ने हो । सकारात्मक कर्मले मानिसको जिवनमा सकारात्मक उर्जा भरीन्छ । सकारात्मक उर्जा हुनेले आफनो परिवार र समाजको भलाईको निम्ती राम्रो काम गर्ने गर्छ । सधैं राम्रा विचारहरु अगाडि लिएर बढ्दा जिवनमा पनि राम्रा राम्रा कामहरु आफैं बन्दै जान्छन् ।

पृथ्वीमा जन्मिएका प्राणीहरु मध्ये मानिसलाई सर्वश्रेष्ठ प्राणीको रुपमा लिने गरिन्छ । मानिससँग सोच्ने बुद्धी र विवेक हुन्छ । यहि वुद्धी र विवेक अनुसार नै उस्ले कर्म गरिरहेको हुन्छ । जिवनलाई सहज बनाउने की अप्ठयारो बनाउने भन्ने कुरा हाम्रो आफनै हातमा हुन्छ । मानिस जति सरल बन्यो उस्को जिवन उत्तिकै सहज र आनन्दमय बन्ने गर्छ । महंगा पलंग र बिछयौनामा सुतेर मानिसको जिवन आरामदायी हुने होइन । यदि मानिसको मन असान्त छ, सत्कर्म गरेको छैन कालो धनबाट महंगो विछयौनामा सुतेको छ भने उस्लाई निद्रा लाग्नुको साटो छटपटी हुने गर्छ । त्यसैले सत्कर्म गर्न नचुकौं जीवन आफै हराभरा हुँदै जान्छ र मानिसको जीवन आफैं फलीफाप हुँदै जान्छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!