Search

दोलखाका सान सन्तु टेबलटेनिसबाट ओलम्पिकमा‌ छनोट हुने पहिलो नेपाली

दोलखाका सान सन्तु टेबलटेनिसबाट ओलम्पिकमा‌ छनोट हुने पहिलो नेपाली

२ जेठ, बाँपिझ्याला, काठमाण्डौं । दोलखाका सान सन्तु श्रेष्ठ ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी बनेका छन्।

पेरिस २०२४ ओलम्पिकको दक्षिण एसियाली टेबलटेनिस छनोट अन्तर्गत पुरूषतर्फ बुधबार भएको फाइनलमा स्यान्टुले अर्का नेपाली संयोग कपालीलाई ४–३ सेटले हराउँदै स्यान्टुले ओलम्पिक यात्रा गरेका हुन्।

लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा सन्तु ११–७,८–११,११–७,११–६,८–११,८–११, ११–९ ले विजयी‌ भएका हुन्। स्यान्टु टेबलटेनिसबाट ओलम्पिकमा‌ छनोट हुने पहिलो नेपाली बनेका छन् ।

त्यसअघि आजै संयोग र सन्तु फाइनल पुगेसँगै इतिहासमै ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी बन्ने पक्का भएको थियो ।

संयोग र स्यान्टु दुवैले श्रीलंकाका खेलाडीलाई हराउँदै अन्तिम दुईको‌ यात्रा तय गरेका थिए। संयोगले जयशंका डि सिल्भालाई ४(० को सेटमा र सन्तुले चामेरा गिनिगीलाई ४–२ को सेटमा हराएका थिए।

पहिलो र तेस्रो सेटमा कडा चुनौतीको सामना गरेका संयोगले १३–११,११–७,१२–१०,११–७ ले खेल आफ्नो पक्षमा पारेका थिए। सन्तुले कडा चुनौतीका बीचमा खेल ११–७,११–९,६–११,८–११,११–३,११–८ ले जितेका थिए।

यसअघि नेपालबाट तेक्वान्दोका संगिना वैद्य र दीपक विष्ट मात्र सिधै ओलम्पिकमा छनोट भएका थिए । संगिना २००४ को एथेन्स र दीपक २००८ को बेइजिङ ओलम्पिकका लागि छनोट भएका थिए।

माल्दिभ्सकी खेलाडी फातिमाथ अली महिलातर्फ दक्षिण एसियाली राष्ट्रबाट छनोट भएकी छिन्। फातिमाथले विमान्डे बन्दराले ४१ सेटले हराएकी थिइन्।

दोलखा जिल्लालाई ओलम्पियन जिल्लाको रुपमा चिनाउनको लागि यो ऐतिहासिक खेलकुद लडाइमा सहभागी हुन सक्ने दृढ संकल्प, साहस, सबै कुरा चाहिन्छ ।

यसै गरी टेबलटेनिस खेल मार्फत नेपालको प्रतिनिधित्व गर्दै प्राचिन शहर दोलखा भीमेश्वर नगरपालीका वडा नं. २ कोर्छे अनी सिङ्गो दोलखा जिल्ला र देशको गौरव बढाउन ओलम्पिक खेलकुदमा देशको प्रतिनिधित्व गरेकामा हामीले साहसका साथ गौरव गरेका छौं ।

यसरी सफल हुने दोलखाली छोरा सन्तु श्रेष्ठलाई ओलम्पिकको सफलताको लागि हाम्रो बाँपिझ्याला डटकम र दोलखावासीको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

यस कार्यको लागि स्यान्टुका बुबा दोलखाली युवा राजकुमार श्रेष्ठ तथा आमा तारा श्रेष्ठ लगायत सम्पूर्णमा हार्दिक बधाई दिन चाहन्छौं ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment