Search

बलिउड अभिनेत्री ऐश्वर्या रायबारे कांग्रेस आईका नेता आमने सामने

बलिउड अभिनेत्री ऐश्वर्या रायबारे कांग्रेस आईका नेता आमने सामने

११ फागुण, बाँपिझ्याला, काठमाण्डौं । बलिउड अभिनेत्री ऐश्वर्या रायबारे कांग्रेस आईका नेता राहुल गान्धीको अभिव्यक्तिलाई लिएर भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) र कांग्रेस आई आमनेसामने भएका छन् । आफ्नो भारत जोडो न्याय यात्राको क्रममा २२ जनवरी २०२४ मा अयोध्यामा राम मन्दिरको उद्घाटनको सन्दर्भलाई लिएर गान्धीले अभिव्यक्ति दिएका थिए ।

फेब्रुअरी १२ मा गान्धीले छत्तीसगढको कोरबामा भनेका थिए, ‘तपाईंले राम मन्दिरको उद्घाटन देख्नुभएको होला । त्यसमा गरिब मान्छे देख्नुभयो ? मैले अमिताभ बच्चनलाई देखें । ऐश्वर्या राय देखिएकी थिइन् । अडानी देखापरे । अम्बानी देखिए । सबै व्यवसायी देखिन्थे । मैले त्यहाँ गरिब मान्छे देखेको छैन । मैले त्यहाँ एक जना पनि किसान, मजदुर, बेरोजगार, चिया बेच्ने वा सानो पसल व्यवसायी देखेको छैन । सबै अर्बपति त्यहाँ देखिएका थिए ।’

भ्रमणका क्रममा गान्धीले धेरै पटक भनेका थिए, ‘मिडियाले हाम्रो दृष्टिकोण देखाउँदैनन् । तपाईंले चौबीसै घण्टा मिडियामा नरेन्द्र मोदीजी देख्नुहुनेछ । जसमा ऐश्वर्या राय देखिनेछिन् । अमिताभ बच्चन मोदीजीको छेउमा घुमिरहेका देखिनेछन् ।’ राहुलले यो पनि भनेका थिए, ‘भारतको मिडियामा गरिबलाई नदेखाउनु । देखाउन चाहनुहुन्छ भने ऐश्वर्या रायलाई नाच्दै गरेको देखाउनुपर्छ ।’

भ्रमणको क्रममा राहुल गान्धीले एक युवकलाई बोलाउँछन् र माइक दिन्छन् र त्यसपछि भन्छन्, ‘तिमीले जान्नैपर्छ कि तिम्रो पकेटलाई कसरी पैसाबिहीन बनाइन्छ । पाकिस्तानमा हेर्नुस् । हेर चीनतिर । ऐश्वर्या रायतिर हेर । यताउता देखाएर तिम्रो पकेट काटिएको छ ।’

ऐश्वर्यालक्षित गान्धीका यी अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा प्रतिक्रिया आइरहेको छ । सन् २०१९ को लोकसभा चुनावमा गान्धीलाई हराएकी बीजेपी नेतृ तथा सांसद स्मृति इरानीले उनको टिप्पणीलाई घटिया भन्दै विरोध गरिरहेकी छन् ।

बीजेपी कर्नाटकले पनि सामाजिक सञ्जाल ह्याण्डलबाट राहुलका यी अभिव्यक्तिलाई निन्दा गरेको छ । ऐश्वर्या रायले सन् १९९४ मा मिस वर्ल्डको उपाधि जितेकी थिइन् । उनले केही हलिउड फिल्ममा समेत अभिनय गरेकी छिन् । यस्तो अवस्थामा सामाजिक सञ्जालमा मानिसहरूको आपत्ति छ कि राहुल गान्धीले भारतको गौरव ऐश्वर्याको अपमान कसरी गर्न सक्छन् ?

स्मृति इरानीले अमिताभ बच्चनको परिवारको गान्धी परिवारसँगको निकटता उल्लेख गरेकी छिन् । गान्धी परिवार र बच्चन परिवारको सम्बन्ध निकै पुरानो छ । तर पछिल्ला केही वर्षयता यी सम्बन्धमा दूरी देखिन थालेको छ । इन्दिरा गान्धी र तेजी बच्चन किशोरावस्थादेखि नै साथी थिए । तर पछिल्लो समय गान्धी परिवार र बच्चन परिवारबीच दूरी बढेको देखिन्छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment