Search

धार्मिक समन्वयको नमुना : दोलखामा बौद्धधर्म

धार्मिक समन्वयको नमुना : दोलखामा बौद्धधर्म

प्रा. ड़ा. श्याम जोशी

सानु बेला देखि मलाइ संधै लाग्ने गरेको थियो दोलखामा संधै हिन्दु नेवार राजाहरुले शासन गरेका थिए । तर याहाँ बुद्ध धर्मका अनुयायीले गर्ने कार्य, मन्दिर र जात्रा पनि हुने गरेका छन् । हुन् त् काठमाडौँमा पनि हिन्दु तथा दौद्ध धर्मका प्रतिकहरुका उपस्थिति यस्तै छन् तर त्याहाँको कुरा बेग्लै । किनकि त्याहा त् काठमाडौँ नै मंजुश्रीले स्थापना गरेको किम्बदन्ती पाइन्छ र याहाँ बौद्ध धर्मावलम्बी नेवारहरुको उल्लेख्य उपस्थिति छ । बारम्बार यो कुरामा घोत्लिन थालेको थिएं । अहिले अलिकति दिमाग खुलेको छ केहि लिखत अध्ययन गर्दा । दोलखा मुलतः हिन्दुहरुको बस्ति भए पनि उहिले देखि नै एक किसिमले धर्म – तठस्त राज्य रहेछ ।

हिन्दु धर्म सबभन्दा उदार धर्म हो भन्थे एक विद्वान जसको ज्वलन्त उदाहरण दोलखामा भेट्न सकिन्छ । उहिले ७०० नेवार भएको भनिने दोलखा सहर हिन्दु राजाहरु द्वारा प्रशाशित सतप्रतिसत हिन्दुहरुको बस्ती हो । शायद सहर भित्र नेवारहरु मात्र बसोबास गर्ने बिशुद्ध बस्ति नेपाल अधिराज्य भरि नै दोलखा एउटा मात्र हुन् सक्छ । यहाँ आफ्नै मौलिक नेवारी भाषा प्रचलनमा ल्याएको पाईन्छ । जुन उपत्यकाका नेवार जातीले बोलिने नेवारी भाषाभन्दा भिन्न रहेको छ ।

मच्छिन्द्र नाथको पुजारी बज्राचार्य थरका एक परिवार मात्र बौद्ध धर्मावलम्बी छ । त्यो पनि थर ले मात्र जस्तो लाग्छ । कान्तिपुरका नरेश महेन्द्र मल्ल भन्दा पनि पहिला चांदिको मोहर चलाइ सकेका राजा इन्द्रसिंह देब लगायत दोलखाका राजाहरुले दोलखामा हिन्दु र बौद्ध धर्मका चाडपर्बहरु समिश्रण गरेर आफ्नो सस्कृती लाई झनै उत्कृस्ट पार्न खोजेको पाइंन्छ । त्यसै गरी इतिहासकार बाबुराम आचार्यले दोलखाको इतिहास उल्लेख्य नगरी नेपालको इतिहास पूरा हुदैन भनेका छन् ।

बौद्ध चैत्य स्थापना
राजा जयनारायणले कान्तिपुर बाट बज्राचार्य ल्याइ दोलखा सहर भित्र ५ वटा बौद्ध चैत्य स्थापना गर्न लगाएका थिए जस्लाइ स्थानीय भाषामा सेङ (चैत्य अर्थात स्वयम्भु) भनिन्छ जुन बुद्धको प्रतीक हो । दोलखालीहरु बिहान भिमेस्वरको दर्शन गर्न जाँदा माथिल्लो टोलमा अबस्थित स्वयम्भू चैत्यको परिक्रमा गर्दै चार तिर रहेका बुद्धको मुर्ती ढोग्न छुटाउदैनन । त्यो त हाम्रो देवता हैन भनेर कसैले पुर्वाग्रह राखेको अहिले सम्म सुनेको छैन । भनिन्छ बुद्धले पुजा गर्नका लागि आफ्ना प्रतिमा बनाउने सहमति दियनन रे, तर उनी मात्र एक यस्तो ब्यक्ति हुन जस्को सालिक दर्जनौ देशमा क्राइस्ट, राम, कृष्ण, महादेवको भन्दा धेरै अथवा लाखौंको सङ्ख्यामा राखियका छन ।

उनी इस्वर–मानब थिएनन् । केहिको सोचाइमा उन्ले इस्वरमा बिश्वास गर्दैन थिए । तर पनि उन्ले सत्य, प्रेम, सदभाव जस्ता सबै इस्वरिय गुणहरु बारे उपदेश दिन्थे । उनी सम्पुर्ण मानवजाती मै सर्बोच्च महामानव थिए । अत : दोलखालिहरुले बुद्धको प्रतिमामा पुजाआजा गर्नु ताजुब मान्नु पर्ने केहि कारण छैन ।

माथिल्लो टोलमा अबस्थित् धर्म धातु चैत्य राजा इन्द्रसिङ् देवका भाइ दोलखाका तत्कालिन शासक जयनारायण देब र उनकी रानी बित्तलक्ष्मीले बि .सं १६०६ (ने .सं ६६९) मा स्थापना गरेका थिए । सो चैत्यको चार तिर बिभिन्न मुद्राका बुद्ध मुर्तिहरु राखिएका छन् । दोलखामा भिमेस्वर मन्दिर पछी अर्को आकर्षक देब मन्दिर यो धर्म धातु चैत्य हो भन्ने इतिहासमा उल्लेख छ । उसबेला त्याहाँ लाग्ने हाट बजारको आम्दानि बाट बौद्ध चैत्यको मर्मत कार्य हुन्थ्यो भन्ने प्रमाण भेटिएका छन् । यसले उसबेला दोलखाका शासकहरुमा बौद्ध धर्म प्रति पनि केहि झुकाब भएको देखिन्छ ।

नक्छें टोलको धर्मधातु बौद्धचैत्य काठमाडौँको स्वयम्बुको शैलिमा बनेको छ तर साल उल्लेख छैन (दोलखाको एतिहासिक रुपरेखा २०३१) । रत्न काजी बज्राचार्य का अनुसार “श्री रत्न मुनि बज्राचार्यले बि .सं १८२८ (ने .सं ८९२) तिर दोलखा गएर त्यहाँ रहेको कोटछें र दुंगलको चैत्यहरुको जिर्णोद्वार गरेको कुरा उनले हस्त लिखित ग्रन्थमा लेखिराखेका छन् (दोलखा स्वयम्बु चैत्यहरुको जिर्णोद्वार ठ्यासफुको पाना, आँखा २०४२ ) । “उक्त समयमा रत्न मुनि बज्राचार्य पाटनको मन्त्र सिद्धि महाविहारको थकाली थिए ।

बौद्ध बिहार
दोलखाको माथिल्लो टोलमा अबस्थित धर्मधातु चैत्यको उत्तर र दक्षिण तिर दुई टोल छन – “ थांत बिहार र्छे” (माथिल्लो बिहार घर) टोल र कोत बिहार र्छे (तल्लो बिहार घर) टोल । त्यसैले ति टोलमा कुनै बेला बौद्ध बिहार थियो भन्ने अनुमान सम्म गर्न सकिन्छ” (दोलखाको एतिहासिक रुपरेखा, २०३१ ) । तर हाल त्याहाँ न त बिहार को न त भिक्षुको कुनै अवशेष छ । बिहार भनेको भिक्षुहरु बस्ने, आराम गर्ने, ध्यान गर्ने र ज्ञान् प्राप्त गर्ने घर हो । बिहार नभएर होला दोलखामा बुद्धको विशेष मन्दिर थिएन । तर पनि श्याम सुन्दर टोलमा भने साल उल्लेख नभएको मन्दिर बिनाको दीपंकर बुद्धको ढुंगाको मुर्ति रहेको छ । ति टोलहरुमा बिहार नै थियो कुरा रत्न काजी बज्राचार्यले आफ्नो एक लेखमा उल्लेख गरेका छन् । उनले लेखेका छन् “पाटनका मन्त्र सिद्धि बिहारका दाजु भाइहरुका भनाइ अनुसार पाटनका सौबल बिहारका बज्राचार्य रत्न मुनिका बाजेका पालामा दोलखा नाम गरेको देशमा बिहार बनाइ बस्न गएका थिए । तर मिति भने उल्लेख छैन (दोलखा स्वयम्बु चैत्यहरुको जिर्णोद्वार ठ्यासफुको पाना, आँखा २०४२ ) ।

उपलब्ध प्रमाण अनुसार त्यतिवेला पाटन र दोलखा बीच सास्कृतिक आदान प्रदान हुने गरेको पाईन्छ । किनकि दोलखाका राजा श्रीउजोत देबले ने.सं. ६५३ (बि .सं १५८९) मा मैत्री सम्बन्ध स्थापना गर्न ललितपुरको भ्रमण गर्ने क्रममा पाटनको हिरण्यबर्ण महाबिहारामा सुनको देवता र ढलोट को दुइ वटा घण्टा चढाई अभिलेख पनि राखेका थिए । (दोलखाको एतिहासिक रुपरेखा , २०३१ ) ।

मन्दिरहरुको परिक्रमा
काठमाडौं उपत्यकामा जस्तै सम्पन्न संस्कृति बिकसित गरेका दोलखामा राजाहरुले “गुल्ना उइरि” अर्थात हिले जात्रामा मन्दिरहरुको परिक्रमा आफ्नै चलन चलाएका थिए । काठमाडौंमा मुलतः बौद्ध धर्मावलम्बीहरुले मात्र गुःला पर्बमा बाजागाजा साथ १ महिना सम्म बौद्ध चैत्य परिक्रमा गर्छन । दोलखामा बौद्ध नभै हिन्दु बासिन्दाहरुले बाजा बजाइ सहरका सबै देबस्थल परिक्रमा र पुजा गर्ने गर्छन । यी देबस्थलमा हिन्दु देव देबताहरु र बौद्ध चैत्य याने स्वयम्भुहरु पनि पर्छन ।

गुल्ना परिक्रमा समुह माथिल्लो टोलको सिम्भुथानमा बाजा बजाउंदै

श्रावण शुक्ल परेवाको दिन देखि दोलखाका माथिल्लो टोल र तल्लो टोलको बेग्ला बेग्लै “गुल्ना परिक्रमा समुह” ले परम्परागत बाजा बजाएर दैनिक रुपमा बिहान दोलखाको सबै जसो मन्दिरहरुको परिक्रमा गर्ने चलन रहेको छ । बाजा बजाउने टोलिसंग एक जना पुजारी पनि पुजा थाल बोकेर हिडेको हुन्छ जसले प्रत्येक मन्दिरमा पुजा गर्ने गर्छ । यसरी परिक्रमा गर्ने प्रथा लाई “गुल्ना देउ हुय” भनिन्छ जुन कार्य कागे अस्टमीमा मात्र समाप्त हुन्छ । डा. चुन्दा बज्राचार्यका अनुसार (नेवाः सांस्कृतिक चाडपर्व) “नेपाल संवत्का १२ महिनाहरू मध्ये श्रावण शुक्ल परेवाबाट शुरु हुने एक महिनासम्म बौद्ध मार्गीहरू गुंला बाजा बजाई चैत्य दर्शन गर्ने गर्छन् ।

यही पूरा एक महिनालाई “गुल्ला’ भनिन्छ । यस महिनाभरी चैत्य परिक्रमा ग¥यो भने मृतकहरूमात्र मुक्त हुने होइन कि राष्ट्र समेत विभिन्न महामारी, रोग व्याधी तथा दुःखकष्टबाट मुक्त हुन्छ भन्ने भनाइ रहेको छ” । स्पस्टत्ः “गुल्ना देउ हुयः” परिपाटी दोलखामा काठमान्डौको भन्दा फरक छ । काठमान्डौमा परम्परागत रुपमा बौद्धमार्गी नेवारहरुले मात्र र बौद्ध चैत्यहरुको मात्र परिक्रमा गर्छन । दोलखामा भने हिन्दुहरुले कुनै पूर्वाग्रह बिना बौद्ध चैत्यहरु र मन्दिरहरु दुवैको परिक्रमा गर्छन ।

मन्जुश्रीको मन्दिर
प्राचिन शहर दोलखाको तिलिञ्चो डाँडामा बौद्ध मार्गीहरु द्वारा मन्जुश्री भनेर पुजा गरिने मन्जुश्रीको मन्दिर एउटा सानो मन्दिर छ । जसमा एउटा चार हात भएकी सरस्वतीको ढुङ्गाको मूर्ति छ । स्थानीय लवजमा मन्नेस्वरी भनिने सो मुर्ति लाई स्थानीयहरु सरस्वतीको रुपमा पुजा गर्छन । सो मूर्तिको अगाडि काठमाडौँको स्वयम्भू पछाडिको मञ्जुश्री मन्दिरमा जस्तै मञ्जुश्रीको पादुकामा दुई आँखा छन् । सो मन्दिरमा श्रीपन्चमिको दिन सरस्वती पुजा गर्न र पिकनिक गर्न हिन्दु तथा बौद्ध मार्गी दुवै दोलखालीहरुको ठुलै भिड लाग्ने गर्छ । बौद्ध मिथक अनुसार महाचिनका बोधिसत्व मन्जुश्रीले चोभारलाई काटी तालको रूपमा रहेको काठमाडौंको पानी बगाएका थिए । मन्जुश्री काठमाडौं जाँदा दोलखा कै बाटो भएर गएका थिए भन्ने जनश्रुति याहाँ प्रचलित छ ।

दोलखाको तिलिञ्चो डाँडास्थित २०७७ मा नवनिर्मित मञ्जुश्री मन्दिर

पञ्चदान पर्व
उपत्यकामा शाक्य, बज्राचार्य, बुद्धाचार्य जस्ता बौद्ध धर्मावलम्बी नेवारहरुले प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन मनाउने “बाँड़ा जात्रा” अर्थात् पञ्चदान पर्व पनि दोलखामा मनाउने गरिन्छ । बौद्धमार्गीहरुले बुद्धका उपदेश अनुसार आफ्नो आयको केही अंश छुटाएर पञ्चदान पर्वमा दान दिने गर्छन ।

ऐतिहासिक प्रमाण अनुसार नेपाल संवत् ७७५ मा मल्ल राजा नरेश मल्लको शासनकालमा जयदेव वज्राचार्यले पञ्चदान पर्व प्रचलनमा ल्याएका थिए । सो पर्बमा धान, चामल, मकै, सानो केराउ, पैसा लगायतका बस्तु दान गर्ने परम्परा छ । बौद्ध धर्मावलम्बी बालबालिका देखि वृद्धवृद्धासमेत नगर परिक्रमा गरी पञ्चदान भिक्षा ग्रहण गर्ने गर्छन । नेवारी संस्कृतिका ज्ञाताहरुका अनुसार यस पर्वको वास्तविक नाम पञ्जदान हो । पञ्ज संस्कृत शब्द हो जसमा ‘प’ भनेको पृथ्वी हो भने ‘ज’ शब्दले उम्रिएको भन्ने जनाउँछ ।

अत : पृथ्वीमा उम्रिएको वस्तु दान दिने पर्व भएकाले यसको नाम पञ्जदान रहेको भनाइ पाइन्छ (यलुजोशी, १० भदौ २०७९, गोरखापत्र )

दोलखामा नक्छे मि प्रधान खलकको पाङजा गुठीमा यो बाजा बजाएर देश परिक्रमा गर्ने बज्राचार्यहरुलाई पञ्चदान दांन दिने र भोजन खुवाउने गरिन्छ । बाँड़ा जात्राका लागि गुठीको समेत ब्यबस्था गरिएको पाँइन्छ । बि .सं १८५७ सालको एक लाल मोहर अनुसार “बाँड़ा जात्रामा दांन दक्षिणा दिन र भोज खुवाउनु गरिएको गुठिको प्रचलन निकै पुरानो हो” ( दोलखाको एतिहासिक रुपरेखा –२०३१) । तर उपत्यकामा र दोलखामा यो जात्रामा सहभागी हुने धर्मावलम्बीको दृस्टीकोण बाट अलि भिन्नता छ । उपत्यकामा दान लिने र दिने दुवै पनि मुलतः बौद्ध धर्मालम्बी हुन्छन भने यहाँ बौद्ध धर्मालम्बी बज्राचार्यहरुले भिक्षा थाप्ने गर्छन र हिन्दु धर्मालम्बी नेवारहरुले भिक्षा दान दिने गर्छन शायद बौद्ध धर्मालम्बीहरु अत्यन्त कम भएर होला ।

पाङ्जा पर्वमा पञ्चदान पूजा

दोलखामा भाद्रकृष्ण द्वादशीको दिनमानै निर्धारित परिमाणमा दान दिन चामल पन्छाई राख्ने गरिन्छ । भाद्रकृष्ण त्रयोदसीको दिन शुरु हुने यो जात्रामा तिन दिन सम्म टोल टोलमा र चैत्यहरुमा पन्चदान दिने गरिन्छ ।

बज्राचार्यहरु बुद्ध मुर्तिहरु लिएर बाजा बजाएर दान थाप्न जाँदा उनीहरुको नाइकेले विशेष किसिमको ढलोटको टोपी लगाएको हुन्छ । दान दिन सकिए पछी नक्छें टोलका मानिसहरु दुंगल टोलका मानिसहरुले भोज खाने गर्छन । दोलखामा बौद्ध धर्मावलम्बी केवल बज्राचार्यहरु एक दुइ परिवार मात्र भए पनि यो बाँड़ा जात्रा चलाइनुले याहाँका शासकहरु बौद्ध मार्गीहरुको परम्परा र रितिथितिको पनि उत्तिकै सम्मान गर्थे भन्ने ज्ञात हुन्छ ।

रातो मच्छिन्द्रनाथ जात्रा
काठमाडौ उपत्यका बाहिर रातो मच्छिन्द्रनाथ जात्रा केवल ऐतिहासिक शहर दोलखामा मात्र हुन्छ । पाटनको बुङमतिमा बि. सँ. ६३२ मा लामो खडेरीबाट राहत पाउनका लागि बर्षा गराउन मच्छिन्द्रनाथ प्रतिस्थापन गरेको मानिन्छ । दोलखामा भने पाटनका बज्राचार्य ले बि. सं. १५७५ मा मात्र बुङमतिबाट रातो मच्छिन्द्रनाथ ल्याइ दोलखा शहरको ड्वाकुलुङा टोलमा मन्दिर बनाइ प्रतिस्थापन गरेको मानिन्छ । उस बेला दोलखामा बन्दब्यापार गर्न पाटन र भक्तपुरका साहुमहाजन बस्ने गर्थे । बुङमती बाट ल्याएकोले दोलखामा पनि मछेन्द्रनाथ लाई पाटनमा जस्तै “बुग्देउ“ भनिन्छ जसमा देउको अर्थ देवता हो ।

दोलखामा रातो मच्छिन्द्रनाथको रथजात्रा

बैशाख पुर्णिमा देखि ९ दिनसम्म यो जात्रा चल्छ । मच्छिन्द्रनाथको पुजारी गुभाजु हुनाले बौद्धमार्गीहरुको जात्रा जस्तो भान परे पनि अधिकांस हिन्दु रहेको दोलखाबासिहरुले अत्यन्त उत्साहका साथ यो चाड मनाउछन । मन्दिरको प्राङ्गणमा पुजारी गुभाजुले बिधिपुर्बक मच्छिन्द्रनाथको पुजा गरे पछि मन्दिर भित्र प्रबेश गराउने क्रममा मन्दिरको द्वारमा बसेर सबैले सुन्ने गरेर ठूलो स्वरमा “यो रथयात्राको प्रभाव सबै जिबजन्तु, सबै सन्सार र तत्कालीन नेपाल् नरेशको उद्धार गरि दिनुस“ भनेर पुकारेर स्लोक पढ्छ र मन्दिर भित्र प्रबेश गराउछ र जात्रा समाप्त हुन्छ । पाटनका गुभाजुले मच्छिन्द्रनाथ प्रतिस्थापन गरेकोले होला स्लोक अहिके सम्म पनि “नेपाल भाषा” मा नै पढ्ने गरिन्छ ।

दोलखामा मच्छिन्द्रनाथको रथ तान्ने तरखर गर्दै

राइति (तीन धारा)
दोलखामा राइति (तीन धारा) नामले प्रसिद्ध ढुंगे धारा छ । जुन ढुंगे धारा २०१९ सालमा कलधारा नआए सम्म सारा दोलखाबासिको लागि पानिको मूल श्रोत थियो । सो धाराको एक कुनामा पशुपतिको मुर्ति, बीचमा बुद्धको मुर्ति र अर्को कुनामा बिष्णुको मुर्ति राखिएका छन् । यसले पनि उसबेला दोलखाका राजा तथा प्रजा दुवैमा उदार धार्मिक भाबना थियो भन्ने प्रतिबिम्बित गर्छ ।

यसरी दोलखामा धेरै अगाढी देखि बौद्ध धर्मको ब्यापक प्रचार र अनुसरण भएको देखिन्छ । दोलखाका शासकहरु हिन्दु भए पनि बौद्ध धर्मप्रति उतीकै आस्था राख्ने गर्थे । दोलखाको ऐतिहासिक रुपरेखामा उल्लेख भए अनुसार – “राजाधिराज” कहलाउन पुगेका दोलखाका पहिला शासक इन्द्रसिंह देबको पाला देखि केहि काल सम्म बौद्ध धर्म को बढी प्रचार भएको देखिन्छ । इन्द्रसिंह देब बि सं १५९१ मा दोलखाका शासक भएका थिए । यसले उसबेला नै दोलखामा धार्मिक समन्वयको भाबना भएको देखिन्छ । अभिलेखहरु हेर्दा भोट संग ब्यापार बढीरहेकोले बौद्ध धर्म पनि बढी प्रचार भएको देखिन्छ ।

राईती तिनधारा

दोलखाको श्री पदमबर्ण बुद्ध महाविहार
मिति २०७८ असोज २३ मा डा. सुनिल मास्केले आफ्नो टोल पालचुटि दोलखामा आफ्ना स्वर्गीय बुबा – मुमा को स्मृतिमा श्री पदमबर्ण बुद्ध महाविहारका साथै बुद्ध मुर्ती प्रतिस्थापन गरेका छन् । यसरी अहिले दोलखामा साँच्चैको बुद्ध बिहार देख्न सकिन्छ । हिन्दु भएर बुद्धिको मुर्ती स्थापना गर्न आफ्नो घर जग्गा दान दिन अनि त्यसैमा एकाग्र हुने सायद उनी नेपाल मै पहिलो उदाहरण हुन ।

केही बौद्ध गुरुहरुको सहयोगमा उन्ले बुद्धको प्रतिमा तयार गरेका रहेछन। सो कामको लागि दोलखाको आफ्नो पुर्खेउली घर जग्गा दान दिएका रहेछन् । उनलाइ यस्तो पुण्य काम गर्ने बिचार पनि सायद बुद्ध कै उपदेश पढेर पलायेको हुनु पर्छ । बुद्ध सम्बन्धित साहित्य अध्यन गर्दा गर्दा थाहै नपाइ उनि बौद्धमार्गी भइसकेछन ।

बौद्धमार्गी भनेर मैले उन्लाइ धर्म परिवर्तन गर्यो भन्न खोजेको हैन । मेरो बिचारमा बुद्ध को उपदेश अनुशरण गर्न थाले पछि जो कोहि पनि बौद्धमार्गी हुन्छन् । मैले भने यस्लाइ आध्यात्म भन्दा पनि आर्थिक दृस्टिकोणले नियाली रहेको छु । यस्ले दोलखा जिल्लाको कुल जनसंख्या को करिब २२ प्रतिसत बौद्धमार्गी भएको स्थानीय एबम बाह्य बौद्धमार्गी पर्यटकहरको दोलखा शहरमा उल्लेख्य वृद्धि गराउने छ । पर्यटकहरुको वृद्धि स्थानीय अर्थतन्त्र र स्थानीय जनजीवनमा कस्तो प्रभाव हुन्छ भन्ने त सर्बबिदित कुरा नै हो ।

श्री पदमबर्ण बुद्ध

२०४८ साल तिर दाजु स्व. प्रा. बालकृष्ण जोशी सङग उपचार को लागि पट्ना जादा बुदगया भ्रमण गर्न गएका थियौ । त्याहाँ त विभिन्न देशले अरुको भन्दा अग्लो बुद्धको मुर्ती राख्ने प्रतिस्पर्धा गरे जस्तो लाग्ने गरि अग्लो अग्लो मुर्ती राखेका रहेछन ।

त्यसबेला मलाई लागेको थियो – हामी बुद्ध जन्मेको देश भनेर दाबी गर्छौ तर यस्ता विशाल मुर्ती त कतै देखिन्दैनन । हाल भने यस्ता मुर्ति बन्न थालेका छन् र ड़ा, सुनिलले यो कार्यमा एउटा इंट थपेका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!