

४ जेठ, बाँपिझ्याला, दोलखा । दोलखा सदरमुकाम चरिकोट स्थित कालिञ्चोक होस्टेलमा बसेर अध्ययन गर्दै आएकी एक किशोरी ९ महिनादेखि गर्भवती रहेको पाईएको छ । भीमेश्वर नगरपालिकाकी १९ वर्षिय मसली (नाम परिवर्तन) को पेटमा ९ महिनादेखि गर्भ रहेको र अप्रेसन गरी निकालिएको बच्चाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कक्षा १२ को परीक्षा सकेर केही दिन अघि घर गएकी उनलाई रक्तश्राव भएपछि उपचारका लागि दोलखा स्थित धुलिखेल अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा चोकजाँचको क्रममा किशोरीको पेटमा ९ महिनादेखि गर्भवती रहेको पाईएको थियो । बच्चाले पेटभित्र दिशा खाएकोले चिकित्सकको सल्लाह अनुसार अप्रेसन गरी बच्चा निकालिएको थियो ।
नवजात शिशुको अप्रेसन लगत्तै मृत्यु भएको अस्पतालले जनाएको छ । सुत्केरीको भने आईसीयुमा राखेर उपचार भैरहेको छ । उनी अबिवाहित रहेको र घट्नाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


