Search

कालिञ्चोक गाउँपालिकाको कालिका मन्दिरमा चोरी

कालिञ्चोक गाउँपालिकाको कालिका मन्दिरमा चोरी

३ जेठ, बाँपिझ्याला, दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाको कालिका मन्दिरमा बुधवार राती चोरी भएको छ । कालिञ्चोक गाउपालिका वडा नम्बर ५ स्थित गुमु कालिका भगवती मन्दिरमा चोरी भएको हो ।

स्थानीयका अनुसार अज्ञात व्यक्तिहरुले मन्दिरको मुलगेटको ताला फोडेर मन्दिरभित्र प्रबेश गरी चोरी गरेका हुन् ।

मन्दिरभित्रको पुजा सामग्री, चाँदिको कचौरा २ थान, दियो २ थान र चाँदिको चम्चा १ थान चोरि गरेको बताईएको छ । चोरी भएको सामाग्रीको मुख्य चालिस हजार बराबरको रहेको स्थानीयवासीको भनाई रहेको छ।

मन्दिर चोरी घट्नामा संलग्नहरुको पहिचान भैसकेको छैन । मन्दिर चोरीको घट्नापछि ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment