Search

साँस्कृतिक शहर ललितपुरमा वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथ (बुग्द्येउ) को रथ जात्रा शुरु

साँस्कृतिक शहर ललितपुरमा वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथ (बुग्द्येउ) को रथ जात्रा शुरु

२९ बैशाख, बाँपिझ्याला, ललितपुर । साँस्कृतीक शहर ललितपुरमा वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न आजबाट सुरू भएको छ ।

पुल्चोकमा निर्माण गरिएको रथ आज बाजागाजासहित गःबहाल पू¥याईने छ । रथ निर्माण यही वैशाख १२ गतेबाट शुरु भएको थियो भने वैशाख २७ गते मच्छेन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

रातो मछिन्द्रनाथको रथलाई अहिले ललितपुर महानगरपालिकाबाट गःबहालतर्फ लगिएको छ । रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पु¥याएर अन्तिम दिन भोटो देखाई अन्त्य गर्ने चलन छ ।

यसै गरी दोलखा शहरमा रातो मच्छिन्द्रनाथ (बुग्द्येउ) को रथ तान्ने जात्रा यही बैशाख १३ गतेदेखि शुरु भई १८ गते सम्पन्न भएको छ । ११ गते दुधले स्नान गरी १२ गते रथारोहण र १३ गतेदेखि १८ गतेसम्म दोलखा शहरको पिङ्गल टोल, नक्छे टोल, श्यामसुन्दर टोल, टँसिचा टोल, माथिल्लो टोल, दुङ्गल टोल र अन्तिममा पिङ्गल टोलमा रथ तानेर जात्रा सम्पन्न गर्ने चलन रहेको छ ।

यसै गरी १९ गते रथलाई भि¥याएको छ । यसरी दोलखामा मच्छिन्द्रनाथको रथजात्रा ९ दिन भएतापनी रथ तान्ने जात्रा ६ दिन र बाँकी एकदिन दुधले स्थान गर्ने, एकदिन रथारोहण गर्ने र एकदिन भि¥याउने परम्परा रहेको छ ।

दोलखाको मच्छिन्द्रनाथको रथजात्रा जुन ठाँउबाट तान्न शुरुगरिन्छ त्यही ठाँउमा ल्याएर समापन गर्ने प्रचलन रहेको छ ।

साँस्कृतिक शहर ललितपुर र प्राचिन शहर दोलखामा रातो मच्छिन्द्रनाथ (बुग्देउ) को रथजात्रा तान्ने परम्परा रही आएको छ । यसै गरी काठमाण्डौं शहरमा सेतो मच्छिन्द्रनाथको रथजात्रा तान्ने परम्परा रही आएको छ । यस बाहेक नेपालको अन्य स्थानमा यसरी रथ तान्ने चलन छैन ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!