Search

दोलखा नेपाल भाषा बोलिने एक स्थल दुति !

दोलखा नेपाल भाषा बोलिने एक स्थल दुति !

बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्ला भौगोलिक हिसाबले पहाडी भूभागमा परेको छ । उकालो ओह्रालो खोँच भिरालो हुँदै कतै सामान्य समथर भूभागको बनोटले सिङ्गारिएको यो जिल्लामा चारवटा नगरपालिका रहेका छन् जसमा बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, पनौती नगरपालिका र पाँचखाल नगरपालिका हुन् । यस जिल्लाको सदरमुकाम धुलिखेलमा छ । १ हजार ३ सय १६ वर्ग कि.मि.मा पैmलिएको यो जिल्लामा जनसंख्या २०६८ सालको जनगणना अनुसार ३ लाख ८१ ह्जार ९ सय १७ जना रहेका छन् ।

जसमा तामाङ, बाहुन, क्षेत्री, मगर र नेवार जातिले भरिएको यस जिल्लामा अधिकांशले तामाङ र खस भाषा बोलिए पनि शहर बजार क्षेत्रमा नेवार (नेपाल भाषा)को पनि बाहुल्यता रहेको छ । जस्तो कि धुलिखेल, बनेपा र पनौती शहरमा नेवार भाषा नै बोल्ने गरेको पाइन्छ । त्यस्तै काभ्रेपलाञ्चोक जिल्लाको कोशीपारी क्षेत्रमा रहेको चौंरी देउराली गाउँपालिकामा नाग्रे (खाडाँदेवी) को एउटा बस्ती दुती रहेको छ । जहाँ दोलखा नेपाल (नेवार) भाषा बोल्ने नेवार समुदाय रहेको छ । आज यसैमा केन्द्रित रहेर चर्चा गर्नेछौँ ।

नार्गे गाउँपालिकामा रहेको यो दुती बस्तीलाई स्थानीय नेवार समुदायहरू प्रधान बस्ती भन्न रुचाउँछन् । किनकि यहाँ अधिकांश नेवारहरू प्रधान थरका रहेका छन् । यहाँ बोलिने नेपाल भाषा र दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. २ मा रहेको प्राचीन शहर दोलखा, सिन्धुपाल्चोक जिल्लाको तौथल, लिस्ती र जेठलमा बोलिने भाषा ८५% प्रतिशत मिल्न आउँछ ।

समानको नाममा धेरै नै मिलेपनि भौगोलिक धरातल फरक भएको कारणले भाषाको उच्चारणमा अलिक फरक रहेको पाइन्छ । दुतिका नेवार बासिन्दाहरू यो नेपाल भाषालाई प्रधान भाषाको रूपमा चिनाउन चाहन्छन् भने सिन्धुपाल्चोकको तौथलका बासिन्दाले तौथली नेवार (पाल्सी) भाषाको नामले पहिचान दिलाउन खोजेको पाइन्छ ।

दुति अर्थात् चौंरीदेउराली गाउँपालिकाको वडा नं. २ मा रहेको यो टोल साबिकको ६, ७, ८ र ९ वडामा थियो । हालको नाग्रे गगर्चे बस्ती नै दुति बस्ती हो । यहाँ किल्बु, दुबासे, गगरछेँ, मकरपा, साइँलामुखी, कान्छामुखी, कछिना, गणेश, पालखे, सुबिदार, साल्मी र सुब्बा नाम गरेका टोलहरू छन् । तर कछिना टोल भने खोलापारी भएको कारणले सिन्धुपाल्चोक जिल्लामा पर्छ भने बाँकी सबै काभे्र जिल्लामा पर्दछ ।

दुति बस्तीको पूर्व दक्षिणमा रामेछाप र दोलखा जिल्लाको साँध, पूर्व उत्तरमा सिन्धपाल्चोक, शिरमा लुक्पा डाँडा र खाँडादेवी पदमार्ग, पूर्वमा वफाल खोला र चौंरी खोला, पुछारमा किल्बु बगर, पश्चिममा दुतिको पहिरो भिर, दक्षिणमा दुतिबेसीं खेतका फाँट, मध्यभागमा साँस्कृतिक धरोहरले सजिएको खाँडादेवीको मन्दिर रहेको छ । अन्यत्र पाइएको नेवार बस्तीभन्दा पृथक बनोटले भरिएको यो बस्तीमा घरहरू क्रमबद्ध देखिंदैनन् । केही टाढा टाढाको दूरीमा घर बनाइएकोले पनि शहरको नामबाट वञ्चित बनेको छ दुति अर्थात् प्रधान बस्ती ।

आधारभूत विकासका पूर्वाधारहरूको योजनालाई चाहेर पनि स्थानीय सरकारले पूर्णता नपाएको कारणले तिर्खाएको काकाकूल सरी भएको बताउँछन् स्थानीय नागरिक । खानेपानीको व्यवस्थाले पूर्णता पाएको छैन । यातायात पनि हिउँदे बाली सरह भएकोले आवतजावतमा समस्या देखिएको बताउँछन् स्थानीय एक बासिन्दा राम प्रधानले ।

बालबालिकाहरूलाई पढाउन आधारभूत विद्यालयहरू भएपनि माध्यमिक तह र उच्च शिक्षालयको अभावले सामान्य जिविकोपार्जन गर्ने नागरिकका सन्तानले पढाइ छाडेर गाडी चलाउन ससाना होटल चलाउन भनेर शहरतिर पलायन भएको देखिन्छ । दुतिका बासिन्दाहरू धेरैजसो सदरमुकाम धुलिखेल तिर लाग्ने र कोही कोही विदेशतिर लाग्ने भएकाले अहिले त्यो स्थलमा बालबालिका र वृद्धवृद्धामात्र रहेको पाइन्छ ।

शिक्षाको प्रचारप्रसारमा तीव्र गति देखिए पनि राजनीतिक बखेडा र पारस्परिक मतभिन्नताले स्थानीय स्तरको विकासमा अवरोध सृजना हुनु स्वभाविकै हो । कुनैपनि स्थान र बस्तीको विकासका लागि जनचेतनाको आवश्यकता हुन जरुरी छ । भाषा संस्कृतिको विकास हुनलाई नयाँ चेतना र जागरणको जरुरी हुन्छ । त्यसका लागि जनप्रतिनिधि सक्षम हुन आवश्यक छ । आफ्नो ठाउँको विकास गर्न अरुको मुख ताकेर होइन आपैm अग्रसर हुनुपर्छ । सामाजिक सञ्जालमा विभिन्न काम गरेको भनेर प्रचार भएको देखिए पनि त्यो यथार्थमा पुरा भएको हुँदैन ।

आदि मूलवासी नेवार समुदायहरूको इमान्दारपन र सोझोपनले परम्परा, रीतिरिवाज, संस्कार र संस्कतिमा अग्रपंक्तिमा देखिएपनि व्यक्ति विकासमा अलि पछाडि नै देखिनु दुःखलाग्दो कुरा हो । आशा गरौँ अबका नव निर्वाचित जनप्रतिनिधी र केन्द्रीय तहका प्रतिनिधीहरूले यो दुतिको विकासको लागि यथाशिघ्र कदम चाल्न पहल गरोस् हाम्रो तपैmबाट यही शुभकामना !

लेख संयोजन बालकृष्ण श्रेष्ठ “पासा”

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

One thought on “दोलखा नेपाल भाषा बोलिने एक स्थल दुति !

  1. गणेश कुमारश्रेष्ठ

    सम्पादकजु,
    दुतिय वारेकु वालकृष्णश्रेष्ठ पासान च्वय लेख बाई खान्गि ।दुति नाम तायदर्साैं घत्के थाहा मदाै ।थन लृख वाेन्न घतणके खाँ सिई थुई दत ।सुभाय वालकृष्णजु त ।

Leave a Comment