Search

नेपाल खेलकुद महासंघ दोलखाको दोस्रो अधिवेशन भोली जेठ ५ गते चरिकोटमा हुँदै

नेपाल खेलकुद महासंघ दोलखाको दोस्रो अधिवेशन भोली जेठ ५ गते चरिकोटमा हुँदै

४ जेठ, बाँपिझ्याला, दोलखा । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ दोलखाको दोस्रो जिल्ला अधिवेशन भोली जेठ ५ गते चरिकोटमा हुने भएको छ ।

‘“खेलकुद विकासका लागि स्थानीय तह देखि केन्द्र सम्म भौतिक पुर्वाधार, व्यवसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार’ भन्ने मुल नाराका साथ जेठ ५ गते महासंघको अधिवेशन हुन लागेको हो ।

खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतमा कार्यक्रम हुने जिल्ला इन्चार्ज बासु श्रेष्ठले बताउनु भयो ।

खेलकुद महासंघ दोलखाका संयोजक नर्बु मोक्तानका अनुसार ९ वटै पालिकाबाट प्रतिनिधिहरु सहभागी हुनेछन् । उक्त अधिवेशन चरिघ्याङको ए वान पाटि प्यालेसमा हुने र जिल्लाभरिका १४० जना प्रतिनिधिहरु सहभागी समेत जिल्ला ईञ्चार्ज श्रेष्ठले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!