Search

कालिञ्चोक युवा क्लव दोलखाको अध्यक्षमा दोलखाका चार युवा हस्ती …..

कालिञ्चोक युवा क्लव दोलखाको अध्यक्षमा दोलखाका चार युवा हस्ती …..

निकै समयको अन्तरालमा दोलखा भीमेश्वर नगरपालिका वडा नं. २ जन्मघर भएर उपत्यकामा कर्मस्थलको रुपमा सेवारत रहेर मातृभूमि दोलखाको हरेक क्षेत्रलाई उकास्न र उत्थान गर्ने अभिप्रायले विक्रम सम्वत् २०२६ साल बैशाख १८ गतेदेखि विधिसम्मत् कालिञ्चोक युवा क्लव गठन भई कार्यसमिति चयन भएको यो पंंक्ति तैयारपार्दासम्म ५२ वर्ष १० महिना २७ दिन बितेको छ ।

यस बीचमा यस क्लवको १९ औँ अधिवेशन भैसक्दा २०७१ सालसम्म सामाजसेवी गोपाल प्रधान अध्यक्ष भएको अवस्थासम्म अधिवेशन भैरहेको थियो । त्यसपछि देशमा भूकम्प, कोरोना, डेन्गो र राजनीतिक अस्थिरताको कारणले देशमात्र अस्थिर रहेन, देशभित्रको अनेकौँ संघसंस्था पनि निरन्तर रुपमा अगाडि बढ्न नसकेको अवस्थामा यो कालिन्चोक युवा क्लव पनि अछूतो रहन सकेन ।

निकै लामो समयको कसरतपछि अहिले अर्थात् २०७९ साल चैत्र १८ गते शनिवारका दिन काठमाण्डौंको खुसीवु स्थित नेपा ब्यान्केटमा स्वर्णवर्षको रुपमा साधारण सभा तथा अधिवेशन हुन गैरहेको छ । यसमा नयाँ कार्यसमिती पनी हुदैछ, जसमा अब अध्यक्षको रुपमा नयाँ अनुहारले प्रवेश गर्ने लहरको रुपमा दोलखाका समाजसेवी र व्यवसायी मध्येका चार युवाहरू मैदानमा उत्रिएका छन् ।

ती चारजना हुन् बर्तमान कार्यसमिती महासचिव युवा समाजसेवी अनिलचन्द्र श्रेष्ठ, दोलखा कोर्छेँ टोल, समय सान्दर्भिक पत्रिकाका सम्पादक त्रिलोचन प्रधान, दोलखा गुर्कोट टोल, दोलखाली साँस्कृतिक तथा भजन संगीत एवम् गायन् क्षेत्रका दिपक स्वप्निल श्रेष्ठ, दोलखा तल्लो बिहार्छेँ टोल र हिमालयन् कलेज अफ म्यानेजमेन्टका व्यवस्थापक धृतराज श्रेष्ठ दोलखा पाखलती टोलका हुन् । यि चारैजना युवा हस्तीहरुसंग बाँपिझ्याला मिडियाको तर्फबाट क्लवको बार्षिक साधारण सभा तथा अधिवेशनको परिधीमा रही यस बाँपीझ्याला अनलाईन पत्रीकाका तर्फबाट सह–सम्पादक बालकृष्ण श्रेष्ठ “पासा” संगको भलाकुसारी बिच सोधिएको प्रश्नमा उहाँहरूको जवाफ जस्ताको तस्तै यहाँ प्रस्तुत गरेका छौं ।

कालिञ्चोक युवा क्लव दोलखाको अध्यक्ष हुन चाहनुको प्रमुख उद्देश्य के हो त ?

अनिलचन्द्र श्रेष्ठ

उद्देश्य एउटै छ, सामाजिक सेवा गर्नु नै हो । यो भन्दा पहिलेदेखि नै दोलखाको हरेक सामाजिक संघ–संस्था र पछिल्लो चरणमा यस क्लवमा क्रियाशिल भएर बिभिन्न सामाजिक क्रियाकलापमा लागिरहेको छु । यो कुरा मैले भन्नुभन्दा पनि यहाँहरुले मुल्याङ्कन गर्ने कुरा हो । अर्को तर्फ प्राचिन शहर दोलखाको पहिचान रहेको आफ्नै नेवारी मातृभाषा, धर्म संस्कृति, साँस्कृतिक चाडपर्व, परम्परालाई निरन्तरता दिई यसको प्रयोग र संरक्षणमा सहयोग पहिलो रहेको छ । जसको लागि यस कार्यलाई युवापुस्तालाई व्यवसायीकरणमा अगाडी बढाउन पर्छ त्यसको लागि युवा नेतृत्वदायी भूमीका निर्वाह गर्नु पर्ने आवश्यकता रहेको छ । त्यसै गरी यस क्लवको महासचिव पदमा रहनुभन्दा पहीला र रहन्दाको अवस्थामा सक्दो सहयोग गरेको महशुष गरेको छु ।

यसको अलावा दोलखाको सामाजिक क्षेत्रमा भवितव्य घटना दुर्घटना हुँदा पनि दिलो ज्यान दिएर अथक प्रयास गरिरहेको स्मरण गराउन चाहन्छु । यसरी दोलखाको साँस्कृतिक, सामाजिक क्षेत्रमा कार्यरत रहन्दा रहन्दै देश, विदेशमा जुन प्राकृतिक, जैविक घटनको प्रकोपले मानविय क्षतिको कारणले सोचेको र क्लवको कार्य योजना अनुसार साँस्कृतीक, सामाजिक र भौतिक कार्य गर्न सकिएन जुन अधुरो रहेको छ । यस कार्यलाई पुरा गर्न अझै दोलखाको सामाजिक क्षेत्रमा केही गर्न नपुगेको मनमा खट्किएको छ । त्यसैले क्लवमा महासचिवमा बसेर गरेको अनुभवलाई निरन्तरता दिई क्लवको सम्पन्न हुन बाँकी कार्य सम्पन्न गर्न यस पटक अध्यक्ष पदमा रहेर उक्त अपुरो क्रियाकलापहरुलाई पूर्णता दिने उद्देश्य लिएको छु । जुन उद्देश्य पुरा गर्न जन्मभूमी दोलखा अनी दोलखावासी बा आमा, दाजुभाई, दिदीबहीनी र साथीसंगीहरुको बिच बसेर गर्ने प्रवल आकांक्षा अनी ईच्छा भएकोले मैले अध्यक्ष पदमा उम्मेदवार दिने घोषणा गरेको छु ।

यसै गरी दोलखालाई धेरै थोक त समर्पण गर्न नसकुँला, हरेक जस अपजसलाई आत्मसात गरेर जन्मभूमी प्राचिन शहर दोलखाको हरेक क्रियाकलापमा आफु सहभागी भई सहयोग गर्र्नेे मेरो लक्ष्य रहेको छ । जुन लक्ष्य पुरा गर्न यहाँहरुको सहयोग, सद्भाव र माया आवश्यक छ । त्यसैले यस बाँपीझ्याला डटकम अनलाईन पत्रिकाबाट यहाँहरुलाई के अनुरोध गर्न चाहन्छु भने मेरो अपुरा कार्यलाई सम्पन्न गर्न यसपटक अध्यक्ष पदमा रही कार्य गर्न सहयोग गर्नु हुन सम्पूर्ण मेरा आदरणिय मान्यजन व्यक्तित्वहरु, बुबाआमा, दाजुभाई, दिदीबहीनी र समकालिन युवा साथीसंगीहरुमा हार्दिक आभार सहित अनुरोध गर्दछु ।

त्रिलोचन प्रधान

यो संस्थामा विगत दशवर्षदेखि नै समाहित भएर हरेक क्रियाकलापमा साथ सहयोग दिएर सकेको योगदान दिन सूचना, सञ्चार, संगीत र गायन क्षेत्रबाट मात्र नभएर भौतिक रुपबाट पनि हरेक सभ्य र भवितव्य कार्यमा हातेमालो गरी सहभागी भएर यस क्लवको लागि योगदान दिँदै आएको छु । जुन कुरालाई दोलखाली अग्रज र दिग्गजहरूले मूल्यांकन गर्ने कुरा हुन् । मैले के गरेँ र कति काम गरेँ भन्नेकुरा पूर्व कार्यसमितिले अन्दाज गर्लान् । अहिले यस क्लवमा अध्यक्षको उम्मेदवार घोषणा गर्नुको प्रमुख उद्देश्य भनेकै दोलखा भन्दा बाहिर रहेर पनि दोलखाको सामाजिक, साँस्कृतिक र परम्परालाई दिगो राख्नेमात्र होइन कि अधुरो र अपूरो रहेको कुरालाई पूर्णता दिएर तीनचार दशक पहिलेको कालिन्चोक युवा क्लवलाई पुनरताजगी बनाउने उद्देश्यका साथ मैले अध्यक्षको उमेदवार घोषणा गरेको छु ।

दिपक स्वप्निल श्रेष्ठ

दोलखामा आयमूलक कार्यक्रम गर्न गराउन, लोपोन्मुख बाजागाजाको संरक्षण गरेर नयाँ पुस्तालाइ वाद्यवादन तालिमको व्यवस्थापन गराउने, साँस्कृतिक पर्व जात्रामा हरेक पटक दोलखाली नागरिक समाज भेला गराएर उल्लासमय बनाउने, हाल नाजूक अवस्थामा रहेको सामुदायिक भवनलाई व्यापार व्यवसाय गराउने तरिकाले व्यवस्थापन गर्ने र दोलखालाई पर्यटनको क्षेत्रमा अग्रसर गर्न पहल थालनी गर्ने उद्देश्यका साथ मैले यस क्लवको अध्यक्षमा उमेदवार दिन लागेको छु ।

धृतराज श्रेष्ठ

मेरो उद्देश्य भनेको विगतमा कालिञ्चोक युवा क्लवमा रहेका २०७१ भन्दा अगाडिका कार्यसमितिले जे जति कार्य गरेका थिए त्यो निकै सराहनीय थियो । राष्ट्रिय अन्तर्राष्ट्रिय जगतले मान्यता दिएर पुरस्कार समेत पाइसकेको यो संस्था २०७१ साल पछि आएर डाँवाडोल बनेर समयमा अधिवेशन समेत गर्न अलमलिएको पाउँदा दुःख लाग्यो । २०७२ को भूकम्प र २०७६ को कोरोना कालीन समयलाई मात्र दोष दिएर सामाजिक उत्तरदायित्व बहन गर्न सकेको देखिएन । त्यसैले त्यही संस्थामा रहेर दीर्घकालीन विकासका नमूनारुपी कार्यक्रम ल्याएर शैक्षिक विकासका लागि, सामाजिक रुपान्तरणका लािग, साँस्कृतिक निरन्तरताका लागि र धार्मिक क्षेत्रको प्रवद्र्धनका लागि दोलखामा नवीनतम कार्यप्रणाली लागु गरेर अगाडि बढ्ने उद्देश्यले नै मैले आपूm यस कार्यमा योग्य छु भन्ने दृढविश्वासका साथ अध्यक्षमा उम्मेदवार घोषणा गरेको हुँ ।

अब हाम्रो तर्क

कालिन्चोक युवा क्लवमा अध्यक्षको उम्मेदवारको लागि चारजना प्रत्यासी रुपमा प्रचार भएको दोलखाको इतिहासमा शायद यो पहिलो पटक होला । यो भन्दा पहिले सामाजिक सञ्जालको चलन कमै थियो । त्यसमा पनि कसैलाई कुनै दाबी गर्नपरेमा अधिवेशनकै दिन हुन्थ्यो र सहमती समन्वयमा समस्या समाधान हुन्थ्यो । अहिले यो प्रतिस्पर्धाको वातावरण किन सृजना भयो र यसको अन्तिम नतिजा के हुने हो भन्दा पनि कालिञ्चोक युवा क्लवको प्रतिष्ठालाई होइन कि सिङ्गो समाजलाई हेर्ने दृष्टिकोणमा फरक पर्ने हुन्छ । सकेसम्म एक आपसमा समन्वय गरेर ऐक्यबद्धता जनाउदा असल होला ।

कसले केही भन्लान् कि भन्नेतरि ध्यान दिएर अलमलिनुभन्दा आफुले के भन्दा र के गर्दा क्लवको साथसाथै दोलखाको गरिमा उच्च रहनेछ भन्नेतिर ध्यान दिऔँ । आँखिर सामाजिकसेवा नै गर्ने हो । पवित्र र निश्छल मन अनि लगनशीलताको मूल्यांकन कार्यप्रणालीको स्तरबाट थाहा भैहाल्छ । कार्यदक्षतामा पारदर्शीपन भएन भने न गुनासा र सवाल उठ्ने हुन् । यसैले यस्तो कुरालाई विश्लेषणात्मक तरिकाले अहिलेका जाँगरिला र चेतनशील युवा जमातलाई भनिरहनु पर्ला र ? दोलखाका युवा पुस्ताले सकारात्मक सन्देशको प्रवाहमा सहयोग पुग्ने कुरामा एक जुट हौ, यही छ शुभकामना !

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment