गंगा कार्की, प्रतिनिधी सभा सदस्य
दोलखाको जुँगु फाल्टुकमा वि.स २०२२ सालमा पिता टेकबहादुर कार्की र माता अमृतकुमारी कार्कीको कोखबाट पहिलो सन्तानका रुपमा जन्मिएका गंगा कार्की नेकपा माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य हुन् । पार्टीमा उनी (विश्व) उपनामले चिनिन्छन् । सात भाइमध्ये जेठो र तीन बहिनीका दाजु गंगाको परिवार मध्यमवर्गीय परिवार हो । किसान परिवारकै सन्तान भएपनि पिता टेकबहादुर कार्कीले उनलाई पढ्नबाट वञ्चित भने गराएनन् ।
१६ वर्षको कलिलो उमेरमा जुँगु–६ कसेरी निवासी वृखबहादुर खड्काकी ठाइली छोरी दुर्गा खड्कासँग मागी विवाह गरेका गंगा कार्की चार सन्तानका पिता हुन् । जनयुद्धका सहिद रितबहादुर खड्का र बागमती प्रदेश पूर्व वन मन्त्री बिशाल खड्का गंगाका सालो हुन भने पूर्व भौतीक राज्य मन्त्री देवी खड्का साली हुन् । जेठो छोरा विश्वास कार्की गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गौरीशंकर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी लगायतका दलहरुको बाम–लोकतान्त्रिक गठबन्धनवाट गत मंसिर २९ गते सम्पन्न प्रतिनिधी सभाको चुनावमा दोलखा जिल्लाबाट साझा उम्मेदवार बनेका कार्की नेकपा माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य हुन् ।
१० बर्षे जनयुद्ध लडेर आएका नेता कार्कीले शान्ति प्रक्रियापछिको १५ बर्षको अवधिमा कुनै अवसर पाएका थिएनन । उनले अहिलेसम्म कुनै राजनीतिक नियुक्ती वा लाभको पद लिएका थिएनन ।
५७ बर्षिय नेता कार्की गठबन्धनको साझा उम्मेदवार बनेसँगै दोलखा जिल्लामा बामपन्थी आन्दोलनमा कार्कीले पु¥याएको योगदान को पुनः चर्चा सुरु सँगै इमान्दार र स्वच्छ छविका नेता कार्की आफ्नो राजनीतिक जीवनमा पहिलो पटक आम निर्वाचन लड्दै दोलखा जिल्लावासीको साथ र सहयोगमा प्रतिनिधी सभा सदस्यमा विजयी हुनु भएको हो ।
यसै गरी दोलखा जिल्लाबाट बागमती प्रदेश सदस्य (क) मा नेपाली काँग्रेसका युवा नेता कुन्दन प्रसाद काफ्ले र प्रदेश सभा सदस्य (ख) मा ने.क.पा. एमालेका नेता पूर्व भीमेश्वर नगर प्रमुख भरतबहादुर केसी निर्वाचित हुनु भएको हो ।
प्राचिन शहर दोलखा र यसको ऐतिहासिक महत्वको बारेमा दोलखा जिल्लाबाट ने.क.पा. माओवादी केन्द्रको तर्फबाट प्रतिनिधी सभा सदस्यमा विजयी हुनु भएका गंगा कार्कीज्यूसँगको आज भएको भलाकुसारी हामीले यहाँ जस्तो तस्तै प्रस्तुत गरेका छौं ।
प्राचिन शहर दोलखा भिमेश्वरलाई आर्थिक बर्ष २०८०/०८१ संघिय बजेटमा भिमेश्वर पूर्वाधार निर्माणको लागि बजेट विनियोजन गर्न सफल हुनु भयो यस सम्वन्धमा केही भन्नु हुन्छ की ?
भीमेश्वर मन्दिर पूर्वाधार निर्माणको लागि बजेट मेरो कार्यकालभन्दा पहिले नै विनियोजित हुनु पर्ने थियो । मेरो नजरमा प्राचिन शहर दोलखासँग मेरो जिवन्त जोडिएको छ । जसको कारणले पनी दोलखा भिमेश्वरको आफ्नै महत्व र साँस्कृतिक मान्यता रहेको छ । यसमाथी यहाँ रहेका नेवार जातीको नेवारी भाषा, मौलीक संस्कृती परम्परा र जात्रामात्रा रहेको छ जसले गर्दा आफ्नो छुट्टै पहिचान दिनुका साथै भिन्न महत्व र विशेषता बोकेको पाईन्छ । यसरी भिन्न पहिचान बोकेको दोलखा शहरको भाषा, संस्कृती, परम्परा र जात्रामात्रालाई संचालन गरेर सम्पदाहरुको संरक्षण गरेर अगाडी बढ्नु हामीहरुको जिम्मेवारी अनी दायित्व भित्र पर्दछ ।
जस्को लागि सहयोगको साथसाथै भीमेश्वर पूर्वाधार निर्माणको लागि दोलखावासीहरुसँगको आकाक्षा र सल्लाह अनुसार संघिय सरकारसँग हामीले अनुरोध गरे अनुसार सरकारबाट सम्वोधन भएको हो । यसमा हामी सवैले खुसी व्यक्त गर्नु पर्छ । यो हामी सवैको प्रयासले भएको भन्ने बुझ्नु जरुरी रहेको छ अव यसलाई कसरी आगाडी बढाउने भन्ने कुरा महत्वपूर्ण रहेको छ ।
यसै गरी दोलखा भिमेश्वर पुर्वाधार संगसंगै दोलखा जिल्लामा रहेका अन्य पार्टी पौवा, गुम्बाहरुलाई सरकारले निरन्तता दिने घोषणा गरि सकेको छ । बजेट भाषणमा दोलखा भीमेश्वर मन्दिरसँगै बागमती प्रदेशको दुप्चेश्वर र कोशी प्रदेशको पाथिभारा, मधेश प्रदेशको गढीमाई, गण्डकीको मुक्तिनाथ लगायतका मन्दिरहरुको संरक्षण, पूर्वाधार विकास र सौदर्यकरण गर्ने योजना रहेको छ । जुनकुरालाई सरकाले सार्वजनिक गरिसकेको छ ।
प्राचिन शहर दोलखालाई नामसँगै पहिचान कायम राख्न अव के गर्नु पर्ला ?
प्राचिन शहर भन्ने बितिकै यसको आफ्नै मौलीक महत्व, धर्म संस्कृती, परम्परा र जात्रामात्रा र सम्पदाहरुले भरिपूर्ण शहरको रुपले चिन्ने गरिन्छ । सोही अनुसार यस दोलखा शहर यो सवै कुराले भरिपूर्ण रहेको छ र यस भित्र भएको भाषा संस्कृती, परम्परा, सम्पदा र जात्रामात्रालाई निरन्तरता दिई संरक्षण गर्नु पर्ने अर्को महत्वपूर्ण कुरा रहेको छ ।
यसको लागि म प्रतिनिधी सभा सदस्यको हैसियतले मात्र नभई म प्राचिन शहर दोलखाको शुभचिन्तक भएको कारणले मेरो ठाउँबाट हरदम सहयोग गर्न तयार छु । जसको लागि एक ईञ्च पनी पछि हट्ने छैन । यसरी प्राचिन शहर दोलखा भित्रको मठ–मन्दिरको संरक्षण, जात्रा पर्वको निरन्तरता र जात्रामात्रालाई निरन्तरताको लागि सरकारले बार्षिक रुपमा बजेट विनियोजन गर्नु पर्ने हुन्छ त्यसको लागि सरकारसँग दोलखा जिल्लावासीको तर्फबाट मैले अनुरोध गरेर रातो कितावमा समावेश गरी बार्षिक बजेट विनियोजन गराउन मेरो तर्फबाट प्रयास हुनेछ ।
यसै गरी अर्को महत्वपूर्ण कुरा प्राचिन शहर दोलखा र छिमेकी राष्ट्र चाईनासँग साँस्कृतीक भागीनी सम्वन्ध स्थापना गर्नु पर्छ । जसले हाम्रो साँस्कृतीक संरक्षण गर्न थप सहयोग पुग्ने कुरामा म विश्वस्त छु । यसको लागि म प्रयत्न गर्छु दोलखावासीको सहयोग र सद्भाव आवश्यकता रहेको छ ।
प्राचिन शहर दोलखा अनी भीमेश्वर नगरपालीका दोलखा जिल्लाको मुटुमा रहेको छ । यसको विकास प्रवद्र्धनले सिङ्गो जिल्लाको धार्मीक र पर्यटकिय क्षेत्रको विकासको लागि सहयोग पुग्ने कुरामा म आशावादी छु । यसै गरी काठमाण्डौं शहरबाट दोलखा शहर करिव साढेचारघण्टाको अन्तरालमा रहेको छ ।
यो संगसंगै प्राचिन शहर दोलखाको धार्मीक पर्यटकिय विकासको लागि माष्टर प्लान बनाउन जरुरी रहेको छ । यसमा तपाई हामीले समय खर्च गर्नु पर्छ जसको लागि स्थानिय निकायले विशेष ध्यान दिनु पर्छ । यसै गरी यस भित्र रहेको भाषा, धर्म, संस्कृती र धार्मीक, पर्यटकिय स्थानहरुको संरक्षण गर्नको लागि हामी एक ठाउँमा उभिएर अगाडी बढ्नु पर्छ ।
अन्तमा, प्रनिधिनी सभा सदस्य गंगा कार्कीज्यूसँग भएको भेटसँगै वहाँ संग भएको भलाकुसारीको मुल अंश हामीले यहाँ प्रस्तुत गरेका छौं । यो सँगै वहाँको दोलखा जिल्लाको धार्मीक र पर्यटकिय क्षेत्रको विकासको बारेमा विस्तृत अवधारणा हामीले छिट्टै यहाँहरुको सामु प्रस्तुत गर्नेछौ ।
संक्षिप्तमा,
साक्षात भगवान दोलखा भीमेश्वर मन्दिरको संरक्षण सम्वद्र्धन यसको भावी रुपरेखा र विकासको लागि नेपाल सरकारबाट समेटिएको सम्भवत सरकारको बजेटको ईतिहासमा नै पहिलो पटक होला । यसैगरी यस कुसल कार्यको लागिे लागि २०८० बैशाख २५ गते नेकपा माओवादी केन्द्रका नेता पुर्व महान्याधिवक्ता वरिष्ठ अधिवक्ता मुक्ति नारायण प्रधान, प्रतिनिधी सभा सदस्य माननिय गंगा कार्कीज्यू मार्फत सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननिय सुदन किरातीज्युलाई दोलखा भीमेश्वर पुर्वाधार निर्माणको लागि नगरपालिकाको सिफारिस पेश गरेको सस्मरण गर्दै यस कुसल कार्यमा अग्रणी नेतृत्व लिनु भएकोमा दोलखावासीको तर्फबाट हामीले हार्दिक आभार व्यक्त गर्दछौं । यस्तै गरी दोलखा जिल्लाको हरेक क्रियाकलापलाई सही ढंगले अगाडी बढाउन ईच्छाशक्ती मिलोस् भनी दोलखा भिमेश्वरमा हामी प्रार्थना गर्दछौं ।