Search

इमरान हाशमीको तेलुगु फिल्म ‘दे कल हिम ओजी’ हिन्दीमा पनि रिलिज हुँदै

इमरान हाशमीको तेलुगु फिल्म ‘दे कल हिम ओजी’ हिन्दीमा पनि रिलिज हुँदै

११ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । बलिउडका चर्चित अभिनेता इमरान हाशमीले आज आफ्नो ४५ औं जन्मदिन मनाइरहेका छन् । ​इमरानले आफ्नो ‘सिरियल किसर’ छविबाट धेरै लोकप्रियता कमाए । कहिले अभिनेता बन्न चाहने इमरान आज बलिउडमा मात्रै होइन, साउथ फिल्ममा पनि चर्चित हुन लागेका छन् ।

इमरान हाशमीको आगामी तेलुगु फिल्म ‘दे कल हिम ओजी’ हिन्दीमा पनि रिलिज हुँदैछ । यस फिल्ममा इमरान हाशमीले खलनायकको भूमिका निभाएका छन् । उनको फिल्मको फर्स्ट लुक सार्वजनिक भएको छ ।

इमरान हाशमीले फिल्म ‘दे कल हिम ओजी’ बाट आफ्नो फस्ट लुक सेयर गरेका छन् । उनले क्याप्सनमा लेखेका छन्, ‘गम्भीर, तिमी बम्बई आउँदैछौ भन्ने सुनेको छु । म वाचा गर्छु, हामी मध्ये एक पक्कै टाउको काटिनेछ ।’ यससँगै इमरानले पवन कल्याणलाई पनि ट्याग गरेका छन् ।

सुजितको निर्देशनमा बन्न लागेको चलचित्र ‘दे कल हिम ओजी’ मा पवन कल्याण महत्वपूर्ण भूमिकामा देखिने छन् । इमरान हाशमीको लुक हेर्दा यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने देखिन्छ । फिल्म ‘ओजी’ २७ सेप्टेम्बर २०२४ मा रिलिज हुँदैछ र फ्यानहरू यो फिल्मको उत्सुकताका साथ पर्खिरहेका छन् ।

बलिउडमा सिरियल किसरको रूपमा आफ्नो पहिचान बनाएका इमरान हाशमीले पछिल्ला केही वर्षयता आफ्नो छवि परिवर्तन गरेका छन् । उनको पछिल्लो रिलिज ‘टाइगर ३’ थियो र यसमा पनि उनले खलनायकको भूमिका निर्वाह गरेका थिए । इमरानको लुक र अभिनयको सामाजिक सञ्जालमा निकै चर्चा भयो र मानिसहरूले उनको कामको तारिफ पनि गरिरहेका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment