Search

खुल्योे पर्यटन क्षेत्र, मन्त्रालय र बोर्डबीच समन्वयको अभाव

खुल्योे पर्यटन क्षेत्र, मन्त्रालय र बोर्डबीच समन्वयको अभाव
व्यवसायी भन्छन्– केन्द्रले खोल्ने तर स्थानीयले अवरोध गर्ने अवस्था नबनोस् बाँपीझ्याला, काठमाडौं । लामो समयदेखि बन्द रहँदै आएको पर्यटन क्षेत्र अघोषित रुपमा खुला भएको छ । गत चैतदेखि कोभिड–१९ का कारण पूर्णतः प्रभावित हुँदै आएको मुलुकको होटल, पर्यटन, हवाइ उडानलगायतका क्षेत्र सरकारले अघोषित रुपमै खुला गरेको हो । पर्यटन क्षेत्र खुला हुन केही बाँकी नरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री... Read More

आठ महिनादेखि बन्द लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणका लागि पनि खुल्ला

आठ महिनादेखि बन्द लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणका लागि पनि खुल्ला
२२ मंसिर, बाँपीझ्याला, बुटवल । कोरोना महामारीका कारण आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई लुम्बिनी आएर मायादेवी मन्दिर सर्वसाधारणका लागि पनि खुला भएको घोषणा गरेका हुन् । सो अवसरमा मन्त्री भट्टराईले मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन समेत गरे । लामो समयसम्म मायादेवी मन्दिर नखुल्दा... Read More

पचहत्तर फिट अग्लो नेपाल आमाको मूर्ति बन्दै

पचहत्तर फिट अग्लो नेपाल आमाको मूर्ति बन्दै
बाँपीझ्याला, कञ्चनपुर । भीमदत्त नगरपालिका-८ तिलाचौरस्थित भम्केनी धार्मिक पर्यटकीय क्षेत्रमा बन्ने नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणको कार्य अगाडि बढाइएको छ । मूर्ति निर्माणका लागि भ्याली कन्स्ट्रक्सनसँग रु १० करोड ८१ लाखमा ठेक्का सम्झौता गरिएको छ । ठेक्का सम्झौताअनुसार निर्माण कम्पनीले मूर्तिको नमूना तयार गरी कार्य अगाडि बढाएको छ । निर्माण कम्पनीले नेपाल आमाको निर्माण हुने मूर्तिका तीन वटा... Read More

गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सम्पन्न गर्न पर्यटनमन्त्रीको निर्देशन

गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सम्पन्न गर्न पर्यटनमन्त्रीको निर्देशन
बाँपीझ्याला, भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई निर्देशन दिनुभएको छ । हिजो विमानस्थलको स्थलगत निरीक्षणपश्चात मन्त्री भट्टराईले भन्नुभयो, “तपाईँहरुलाई २५ दिनको ‘होमवर्क’ दिन्छु । आयोजना प्रमुख र निर्माण व्यवसायी दुवैले २५ दिनपछि मलाई जवाफ दिनुपर्छ, काम सकाउनुपर्छ ।” उहाँले... Read More

सम्पदा निर्माण–पुर्ननिर्माण महानगरको प्राथमिक योजनाः मेयर शाक्य काठमाडौं

सम्पदा निर्माण–पुर्ननिर्माण महानगरको प्राथमिक योजनाः मेयर शाक्य काठमाडौं
बाँपीझ्याला, काठमाडौँ । महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संस्कृति र परम्पराको जगेर्ना गर्ने कुरामा काठमाडौँ महानगरपालिका दत्तचित्त भएर लागेको बताउनु भएको छ । उहाँले सम्पदा संरक्षणलाई महानगरपालिकाले प्राथमिकतामा राखेर निर्माण–पुर्ननिर्माणको अभियान अघि बढाएको पनि बताउनु भयो । आज वडा २५ श्रीघः, नघलस्थित धर्मकीर्ति विहारको विस्तारित भवनको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘क्वाःपा, द्योःछेँ, बहाल, बही, सत्तल जस्ता सांस्कृतिक... Read More

काठमाडौका थारु समुदाय भर्चुअलमार्फत समाचकेवा मनाउँदै

काठमाडौका थारु समुदाय भर्चुअलमार्फत समाचकेवा मनाउँदै
बाँपीझ्याला, काठमाण्डौ । काठमाडौंमा बसोबास गर्ने आदिवासी थारु समुदायका महिलाहरुले कोरोना महामारीका कारण यसपटक भर्चुअलमार्फत नै समाचकेवा मनाउँदैछन्। थारु महिला सभा केन्द्रीय कार्यसमितिले आयोजना गरेको ‘भर्चुअल समाचकेवा’ कार्यक्रममा थारु समुदायका महिला दिदीबहिनीहरुले समाचकेवाको विभिन्‍न लोक गीत गाएर समाचकेवा मनाउन लागिएको थारु महिला सभाका अध्‍यक्ष निलम चौधरीले बताइन्। उनका अनुसार यो वर्ष कोरोना भाइरस( कोभिड १९)ले सबै क्षेत्रलाई प्रभाव पारेको तथा... Read More

काठमाडौँका सम्पदा र पोखराको प्रकृतिलाई पर्यटनसँग जोडौँ, मुलुकलाई समृद्घ बनाउन सकिन्छः मेयर शाक्य पोखरा

काठमाडौँका सम्पदा र पोखराको प्रकृतिलाई पर्यटनसँग जोडौँ, मुलुकलाई समृद्घ बनाउन सकिन्छः मेयर शाक्य पोखरा
बाँपीझ्याला, काठमाण्डौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको माध्ययमबाट अर्थतन्त्रलाई समृद्घ बनाउन सकिने बताउनु भएको छ । काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिका बिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना गर्ने कार्यक्रममा सहभागी भई अध्ययन भ्रमणकै क्रममा पोखरा आइपुग्नु भएका प्रमुख शाक्यसहितको टोलीलाई स्वागतका लागि पोखरा महानगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु... Read More

श्री चन्द्रविनायक तथा श्री भैरवनाथको जात्रा प्रांगणमै सिमित रहने

श्री चन्द्रविनायक तथा श्री भैरवनाथको जात्रा प्रांगणमै सिमित रहने
रेखा शाक्य (राजमति)स्वतन्त्र पत्रकार तथा फोटो पत्रकार बाँपीझ्याला, काठमाण्डौं । चावहिलस्थित श्री चन्द्रविनायक तथा श्री भैरवनाथको जात्रा भोलि पूर्णिमाको दिन देखि शुभारम्भ हुँदैछ । तर प्रत्येक वर्ष तिथि अनुसार कार्तिक पूर्णिमा देखि कृष्णपक्षको तृतीया सम्म चार दिन मनाइने परम्परा रहेको यो जात्रा यो वर्ष चावहिल गणेश स्थानको परिसर भित्रै सिमित रहने भएको छ । देशमा विद्यमान कोरोना महामारीको प्रकोप बढ्दै... Read More

काठमाडौं महानगर र रामग्राम नगरबीच भगिनी सम्बन्ध स्थापना

काठमाडौं महानगर र रामग्राम नगरबीच भगिनी सम्बन्ध स्थापना
बौद्ध दर्शनका दृष्टिले गहिरो सांस्कृतिक सम्बन्ध रहेका काठमाडौं र रामग्राम नगरबिच भगिनी सम्बन्ध स्थापना गरेका हौँः मेयर शाक्य बाँपीझ्याला, नवलपरासी, लुम्बिनी । काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिका बिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापना भएको छ । आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत दुई नगरबिच अनुभव आदान–प्रदान गर्ने उदेश्यले यी नगरबिच भगिनी सम्वन्ध स्थापना भएको हो ।भगवान गौतम बुद्धको अस्थिधातु रहेको प्राचिन... Read More

पाटनको ऐतिहासिक कात्तिक नाच दुई दिनमा समापन गरिने

पाटनको ऐतिहासिक कात्तिक नाच दुई दिनमा समापन गरिने
रेखा शाक्य (राजमति)स्वतन्त्र पत्रकार र फोटोपत्रकारबाँपीझ्याला, काठमाण्डौं । ३८० वर्ष पुरानो भनिएको पाटनको कार्तिक नाच यो वर्ष कोँरोना संक्रमणको कारणले दुई दिन नचाई समापन गरिने भएको छ । आज शुक्रबार बराह नाच र भोलि शनिवार नृर्सिह अवतार देखाउने छ । प्रत्येक वर्ष पाटन मंगलबजारको कार्तिक दबलीमा १२ दिन सम्म नचाउने रही आएको नाचलाई यो वर्ष सुरक्षा हेतु २ दिनमा छोट्याएर... Read More
1 85 86 87 88 89 90