Search

ओकुबहाल निवासी शाक्य परिवारले दोलखामा चढाएको मच्छिन्द्रनाथको मुर्ति यसपालीदेखि हटाईने, यसबारेमा के छ त भनाई ?

ओकुबहाल निवासी शाक्य परिवारले दोलखामा चढाएको मच्छिन्द्रनाथको मुर्ति यसपालीदेखि हटाईने, यसबारेमा के छ त भनाई ?

१३ बैशाख, बाँपिझ्याला, दोलखा । ललितपुर ओकुबहादल निवासी पञ्चराज शाक्य र उहाँको छोरा विन्दुराज शाक्यको संयोजन र पाटनवासी शाक्य परिवारको सहयोगमा वि.सं. २०६५ सालमा दोलखामा नयाँ मच्छिन्द्रनाथको मुर्ति प्रतिस्थापन गरिएको थियो ।

यसरी प्रतिस्थापन पछी साक्षात मच्छिन्द्रनाथको पुरानो मुर्ति अगाडी र पछाडी पट्टी नयाँ मुर्ति राखी दोलखावासीहरुले रथजात्रा करिव १५ बर्ष दोलखा शहर परिक्रमा गर्दै सम्पन्न गर्दै आएको थियो । यसैगरी गएको भाद्र महिनामा साक्षात देवी कुमारीको नव निर्मीत घरमा कुमारीको मुर्ति पुनः शाक्य परिवारले प्रतिस्थापन गर्न खोजेपछी दोलखावासीहरुको असमतीको कारणले गर्दा उक्त कुमारीको मुर्ति प्रतिस्थापन गर्न सकिएन । यसै गरी उक्त मुर्तिलाई हाल भीमेश्वर भण्डारमा सुरक्षित राखिएको छ ।

यस बारेमा भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठसँग सम्पर्क गर्दा दोलखावासीको असहमतीको कारणले गर्दा नयाँ कुमारीको मुर्ति प्रतिस्थापन नगरिएको र त्यतीबेलामा नै दोलखा शहरमा जतिपनि नयाँ नयाँ मुर्तिहरु प्रतिस्थापन गरिएको छ उक्त मुर्तिहरु सम्मानपूर्णक हटाएर सुरक्षितसाथ सम्वन्धीत व्यक्तीहरुसँग छलफल पश्चात व्यवस्थापन गर्ने सहमती अनुसार अहिलेको नयाँ मच्छिन्द्रनाथको मुर्ति हटाएको हो । यो मेरोमात्र निर्णय होईन सम्पूर्ण दोलखावासीको निर्णयको कदर मैले गरेको भन्ने उहाँको भनाई रहेको छ ।

अव नयाँ मुर्तिहरु अन्त पनी छ यसबारेमा के सोच्नु भएको छ भनी प्रश्न गर्दा उहाँ यसरी भन्नु हुन्छ अव दोलखाको आफ्नै मौलिकता र पहिचान भएकोले दोलखाको छुट्टै विशेषता रहेको छ । यस विशेषता र पहिचानलाई पुरातात्वीक हिसावले हामी सवैले बचाई राख्नु पर्ने भएकोले नयाँ नयाँ मुर्ति सुरक्षितसाथ हटाईने छ भनी बताउनु भयो ।

यसै गरी निवर्तमान वडाध्यक्ष विराजमान श्रेष्ठसँग सम्पर्क गर्दा यसो भन्नु हुन्छ, पहिलो कुरा त मच्छिन्द्रनाथको नयाँ मुर्ति हटाउनु पर्ने कारणबारे सामूहिक छलफल हुनु पर्ने, त्यसपछी निर्णय गर्दा राम्रो हुने थियो । यसै गरी त्रिपुरासुन्दरी मन्दीरमा भएको भगवतीको मुर्ति अहिलेसम्म कस्ले देखेको छ ? तर बाहिर अर्को मुर्ति प्रतिस्थापन गरी पूजा गरेको छ यसबारेमा के गर्ने ? दोलखाको अन्य स्थानहरुमा पनी नयाँ नयाँ मुर्ति प्रतिस्थापन गरिएको छ यस बारेमा के गर्ने ? छलफल, बहस नै नगरी दोलखामा उक्त मच्छिन्द्रनाथको मुर्ति हटाउने निर्णय कहिले कसले गरेको र उक्त अधिकार कस्ले दियो ? यसरी जतीवेला जे पनी गर्न पाउने कि ? सल्लाह गरेर समस्याको हल गर्नु पर्नेमा मनपरी रुपमा संस्कृती माथी हस्तक्षेप गर्नु हुदैन । यसै गरी दोलखाभित्र केही गिरोह भएको कारणले गर्दा यस्तो हुर्दै गएको छ । यो शुभचिन्तक भक्तजन र दोलखावासीको लागि राम्रो संकेत नभएको समेत उहाँले भन्नु भयो । २०६५ सालमा नयाँ मच्छिन्द्रनाथको मुर्ति दोलखा लैजादा बरिष्ठ समाजसेवी भएर खादा र माला लगाउने व्यक्तीहरु अहिले दोलखा नै छन् । त्यतीवेला के हेरेर बसियो ?

यस सम्वन्धमा कालिञ्चोक युवा क्लवका बर्तमान अध्यक्ष अनिलचन्द्र श्रेष्ठसँग सम्पर्क गर्दा उहाँले यसरी भन्नु हुन्छ, सर्व प्रथम यो नयाँ मच्छिन्द्रनाथको मुर्ति कि पहिले नै प्रतिस्थापन गर्नु हुदैन थियो । तर प्रतिस्थापन गरेको मुर्ति अहिले १५ बर्ष पछी हटाउन खोज्दा यसले राम्रो सन्देश दिदैन । त्यतीबेला औपचारीक कार्यक्रम गरेर प्रतिस्थापन गरेकोले यसबारेमा अहिलेको यस्तो निर्णयले नगर्दा राम्रो हुने थियो ।

यस सम्वन्धमा कालिञ्चोक युवा क्लवका पूर्व अध्यक्ष गोपाल प्रधानसँग सम्पर्क गर्दा उहाँ यसो भन्नु हुन्छ, मेरो कार्यकालमा नयाँ मच्छिन्द्रनाथको मुर्ति प्रतिस्थापन गरिएको हो । त्यतीवेला सम्पूर्ण दोलखावासीहरुको सहमतीले उक्त मुर्ती प्रस्तीस्थापन गरिएको पनी हो । अहिले करिव १५ बर्ष पछी मुर्ति हटाएको छ यो संस्कृती प्रेमीको लागि राम्रो कुरा होईन । यदि नराख्नु नै थियो भने १५ बर्षसम्म दोलखाका केही आफुलाई समाजसेवी भन्ने व्यक्तीत्वहरुले के हेरेर बस्नु भयो । अर्को कुरा दोलखा अनी दोलखाभित्रको सम्पदा हामी सवैको हो । यो कुरामा सवैले राम्रो विचार गर्नु पर्छ । अव मच्छिन्द्रनाथको रथ मात्र हटाएर के गर्ने प्रश्न उठ्छ त्यतिवेला शाक्य परिवारले उक्त भगवानको मुर्तीसंग अरु धेरै पूजाका सामाग्री लगायत महत्वपूर्ण सामाग्रीहरु सहयोग गरेको छ त्यो प्रश्नको जवाफ पाटनवासी शाक्य परिवारले खोजी रहेको हुन सक्छ ।

यसै गरी बरिष्ठ कलाकार मदानदास श्रेष्ठसँग सम्पर्क उहाँ यसरी भन्नु हुृन्छ, संस्कृती परम्पराको जगर्ने गर्ने जिम्मेवारी युवा पुस्ताको काँधमा आएको छ । यो कुरा हामी सवैले बुझ्नु जरुरी छ । यसै गरी पुरातत्वीक महत्वका धर्म संस्कृती, परम्परा सँगै मठ–मन्दिर र सम्पदाको संरक्षण गर्नु सवैको जिम्मेवारी हो । यो संगै बर्तमान अवस्थामा कला संस्कृतीलाई टेवा पुग्ने बाह्य सहयोग प्राप्त हुन्छ भने त्यसलाई पनी आत्मासाथ गरी स्विकार गर्नु पर्छ । यो क्रियाकलाप भित्र नै दोलखाको नयाँ मच्छिन्द्रनाथको रथको मुर्ति पर्दछ । यसलाई तुरुन्तै हटाई नहालेको भए राम्रो हुने थियो । यसले आन्तरीक भक्तजन पर्यटकहरुको लागि नराम्रो सन्देश जान सक्छ यसबारेमा सवै पक्षले सचेत भएर काम गर्दा दोलखालाई राम्रो हुन्छ । यो क्रियाकलापले मलाई दुःख लागेको भनाई व्यक्त गर्नु भयो ।

यस बारेमा पूर्व प्रधानपञ्च हालको नेवाः देय् दवु जिल्ला शाखा दोलखाका अध्यक्ष देवेन्द्रनारायण प्रधान यसो भन्नु हुन्छ, पहिले सल्लाह गरेर नै प्रतिस्थापन गरेकोले अहिले पनी सल्लाह गरेर दोलखावासीको राय बुझेर हटाएको भए हुने थियो । १५ बर्षपछी यसो गर्दा यसले राम्रो सन्देश लादैन ।

यस बारेमा कालिञ्चोक युवा क्लवका पूर्व अध्यक्ष प्रकाश श्रेष्ठसंग सम्पर्क गर्दा उहाँले यसो भन्नु हुन्छ, यो नयाँ मुर्ति पहिलेनै प्रतिस्थापन गर्नु हुदैन थियो । मुर्तिको बारेमा बर्षेनी विवाद गरी रहनु भन्दा यो नयाँ मुर्तिलाई हटाएर सुरक्षित साथ राख्नु उचित भएकोले यसपाली वडाले गरेको यो निर्णय गरेको हुन सक्छ । यसलाई हामीले अन्यथा लिनु हुर्दैन ।

यसै गरी कालिञ्चोक युवा क्लवका पुर्व स्थानिय संयोजक शुरेस श्रेष्ठसँग सम्पर्क गर्दा वहाँले यस्तो भन्नु हुन्छ, प्रतिस्थापन गरेको १५ बर्ष पछी मुर्ति हटाउन खोज्नु राम्रो विषय होईन । कि पहिले नै प्रतिस्थापन गर्न दिनु हुदैन थियो । अहिलेको यो निर्णयले राम्रो सन्देश दिदैन भन्नु भयो ।

यस बारेमा द्वाल्खा गुठीका अध्यक्ष समाजसेवी विनोद मास्केसँग सम्पर्क गर्दा उहाँले यसो भन्नु हुन्छ, दोलखा शहरमा भएको मठ–मन्दिर, सम्पदाको आफ्नै ऐतिहासिक महत्व अनी मुल्य मान्यता भएकोले यसको छुट्टै पहिचान रहेको छ । त्यसले गर्दा पुृरातात्वीक महत्वका मठ–मन्दिर, सम्पदालाई बचाई राख्नु पर्छ नकी नयाँ मुर्तिहरु लगेर पुरानोलाई विस्थापित गर्न खोज्नु नराम्रो कुरा हो । यस्ले गर्दा नयाँ मुर्ती पुर्नस्थापन गर्नु राम्रो होईन जसले ईतिहासलाई नष्ट गर्छ । जहाँसम्म नयाँ मच्छिन्द्रनाथको मुर्ति छ उक्त मुर्तिलाई पहिलेनै राख्नु हुदैन थियो । तर ढिलै भएपनी वडा र दोलखावासीले राम्रो निर्णय गरेको छ ।

यस बारे नेवाः देय दवुका केन्द्रीय उपाध्यक्ष शान्त श्रेष्ठसँग सम्पर्क उहाँले यसरी भन्नु हुन्छ, अहिले वडा लगायत दोलखावासीको नाममा जुन निर्णय गरिएको छ । यो एकदम गलत निर्णय गरियो यसले साँस्कृतिक भावना र सम्वन्धमा चिसोपन ल्याउने भएकोले मच्छिन्द्रनाथको नयाँ मुर्ति हटाउनु हुदैन थियो ।

युवा समाजसेवी अधिवक्ता प्रविण प्रधानको भनाई गतबर्ष अर्थात यसपटक पाटन ओकुवाहलवासीले चढाएको करुणामय मूर्तिलाई रथमा विस्थापित गरिने छैन । ठिक छ ।
केवल मेरो व्यक्तिगत विचारः मूर्ति र भगवान भगवान हुनुपर्छ । ओकुवाहलका जनताप्रति यति नै रिस उठ्छ भने किन काठ, काँसा, चाँदीको थाली, करुवा, मुकुन्द, नागवेली, तरण, चक्काको आँखा प्रयोग गर्ने ? कुन विद्वानको पागलपन राख्नु हुँदैन? मञ्जुश्री÷तिलिँचामा किन राखियो सरस्वतीको नयाँ मुर्ति ? अन्य ठाउँ खाली भएका ठाउँमा किन नयाँ मूर्ति राखियो ? अहिले धार्मिक र प्रकृतिका कारण नयाँ गन्तव्यको चर्चा हुने जिल्लाको दोलखा बजारमा के हामी ? यो शुभ संकेत होइन, यो दोलखा बजारका बासिन्दाहरूको वकालतको संकेत हो भनी आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल फेसवुकबाट आफ्नो विचार सार्वजनिक गर्नु भएको छ ।

यसै गरी युवा समाजसेवी शिवजी प्रधानलाई यसबारेमा सम्पर्क गर्दा उहाँले यसरी भन्नु हुन्छ, सर्व प्रथम त एउटै रथमा दुईटा मुर्ति राख्नु हुदैन । जुन नयाँ र पुरानो मुर्तिको कुरा भन्दा पनी नयाँ मुर्ति ल्याउनु गल्ती गरेको छ । त्यसैले अहिले ढिलै भएपनी वडा र दोलखावासीले जुन निर्णय गरेको छ त्यो राम्रो निर्णय गरेको छ । यसबाट कतै कोईसँग सामाजिक र साँस्कृतिक सम्वन्ध विग्रन्दैन । आफ्नो पहिचान नष्ट गरेर अरुको पहिचान जोगाउनु गलत हो । यस्तो कुरामा हामी सवै एक हुनु पर्छ । कला र संस्कृतीको नाममा पुरानो ईतिहास विगारेर होईन की नयाँलाई कसरी प्रतिस्थापन गर्ने भन्ने यो छुट्टै विषय हो । वडाले ढिलै भएपनी राम्रै निर्णय गरेको छ ।

यसबारेमा समाजसेवी एवं युवा व्यवसायी मनोज चाकुबजीसंग सम्पर्क गर्दा उहाँले यसो भन्नु हुन्छ, यो नयाँ मुर्ति कि पहिलेनै राख्नु हुदैन थियो । अहिले १५ बर्ष पछी किन निकाल्ने निर्णय गरेको यस्ले राम्रो सन्देश जादैन । यस बारेमा वडाले पुनः विचार गर्नु पर्छ ।

यसबारेमा साथीको लागि साथीका अध्यक्ष रविन्द्रनारायण श्रेष्ठसँग सम्पर्क गर्दा आजभन्दा पन्द्र बर्ष अगाडी दोलखामा नयाँ मच्छिन्द्रनाथको मुर्ति ल्याउन गल्ती थियो । तर आज वडाले राम्रो काम गरेको छ । त्यसैले दोलखाको संस्कृती परम्पराको बारेमा कसैले हस्तक्षेप गर्नु हुदैन । कि पुरानो मुर्ति हराएको विग्रेको खण्डमा प्रतिस्थापन गर्नु ठिक हो ।

तर पुरानो मुर्ति हुदा हुर्दै यसरी नयाँ मुर्ति ल्याउन उपयुक्त थिएन । दोलखाको मच्छिन्द्रनाथको मुर्तिको महिमा आफैमा महत्व छ । यस्तो साक्षात भगवानलाई कसैले अपमान गर्नु राम्रो होईन । त्यसैले अवदेखि दोलखामा यस्तो गल्ती कसैले नगर्दा राम्रो हुन्छ । यो कुरा कसैलाई व्यक्तीगत रुपमा भनेको होईन यो दोलखाको ईतिहाससँग जोडिएको भएर मैले मेरो अभिव्यक्त दिएको हो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!