Search

खुल्योे पर्यटन क्षेत्र, मन्त्रालय र बोर्डबीच समन्वयको अभाव

खुल्योे पर्यटन क्षेत्र, मन्त्रालय र बोर्डबीच समन्वयको अभाव

व्यवसायी भन्छन्– केन्द्रले खोल्ने तर स्थानीयले अवरोध गर्ने अवस्था नबनोस्

बाँपीझ्याला, काठमाडौं । लामो समयदेखि बन्द रहँदै आएको पर्यटन क्षेत्र अघोषित रुपमा खुला भएको छ । गत चैतदेखि कोभिड–१९ का कारण पूर्णतः प्रभावित हुँदै आएको मुलुकको होटल, पर्यटन, हवाइ उडानलगायतका क्षेत्र सरकारले अघोषित रुपमै खुला गरेको हो ।

पर्यटन क्षेत्र खुला हुन केही बाँकी नरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भन्नु भयो । ‘पर्यटन क्षेत्र पूर्णतः खुला भइसकेको छ । अब कुनै पनि रुपमा कुनै क्षेत्र खुल्न बाँकी छैन,’ उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई क्षेत्र खुला भइसकेको छ । सार्वजनिक यातायातका क्षेत्र पनि करिब करिब पूर्णतः खुला भइसके । यता होटल, रेष्टुरेन्ट, रिसोर्टसँगै मनोरञ्जन पर्यटनका क्षेत्र बोटिङ, ¥याफ्टिङ, प्याराग्लाइडिङ लगायत पर्यटन व्यवसायसँग सम्बन्धित व्यवसायहरु समेत खुलिसकेको अवस्था हो ।’

यस्तो अवस्थामा अब पनि केका आधारमा पर्यटन क्षेत्र खुल्न बाँकी छ भन्ने भनेर उनले प्रश्नसमेत गरे । पर्यटन क्षेत्रसँग सम्बन्धित कुनै पनि व्यवसायमा रोकटोक नरहेको उल्लेख गर्दै उनले स्थानीय तहसँग भने समन्वय गर्नुपर्ने बताए । ‘स्थानीय तहहरुसँग समन्वय गरेर व्यवसायी साथीहरुले व्यवसाय सञ्चालन गर्न सक्नुहुन्छ,’ उनले भने ।

त्यसो त पर्यटन मन्त्री भट्टराईले केही दिनअघि मात्र आगामी माघदेखि मात्र पूर्णतः पर्यटन क्षेत्र खुला गर्ने बताएका थिए । यद्यपि पर्यटन क्षेत्रसँग सम्बन्धित होटल, पर्यटन तथा हवाइ उडान जस्ता क्षेत्रहरु क्रमशः खुलिसकेको अवस्थामा अब पर्यटन क्षेत्र खुला गर्न माघ पर्खिरहनु नपरेको मन्त्री भट्टराईको भनाइ छ ।

उनका अनुसार अब पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीले स्थानीय सरकारसँग समन्वय गरेर स्वास्थ्य सुरक्षाका आवश्यक प्रोटोकल अपनाएर व्यवसाय सञ्चालन गर्न सक्नेछन् ।

माथिको निर्णय कुर्दै बोर्ड
मन्त्रालयले पर्यटन क्षेत्र पूर्णतः खुला भइसकेको बताइरहँदा पर्यटन बोर्डले भने आधिकारिक निर्णय खोजिरहेको छ । मन्त्रालयले कहिले निर्णय गर्ला र कार्यान्वयनमा जाउँला भनेर बोर्ड कुरिरहेको अवस्था छ । माथिबाट निर्णय आउनेबित्तिकै कार्यान्वयनमा जाने गरी आफूहरु तयारी अवस्था रहेको बोर्डका कार्यकारी निर्देशक (सिईओ) धनन्जय रेग्मीले बताए ।

‘पर्यटन क्षेत्र खुला गर्न ढिला भइसक्यो । अब छिटोभन्दा छिटो खुला गर्नुपर्छ भन्ने पक्षमा बोर्ड रहेको छ, व्यवसायीहरुको माग र आवश्यकताका आधारमा बोर्ड पूर्णतः तयारी अवस्थामै छ । हामी केवल माथिको निर्णय कुरिरहेका छौँ,’ सिइओ रेग्मीले भने, ‘माथिबाट निर्णय आउनेबित्तिकै हामी एक्सनमा जान्छौं ।’

त्यसो त सार्वजनिक यातायातसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा, पर्यटन व्यवसायसँग सम्बन्धित अन्य मनोरञ्जनका क्षेत्रहरुसमेत खुलिसकेको अवस्थामा अब करिब करिब पर्यटन क्षेत्र पूर्णतः खुलिसकेको रेग्मीले बताए । अब रात्रिकालीन होटल तथा मनोरञ्जनका क्षेत्रहरु मात्र खुल्न बाँकी रहेको उनको भनाइ छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!