Search

दोलखा शहरमा रातो मच्छिन्द्रनाथको जात्रा

दोलखा शहरमा रातो मच्छिन्द्रनाथको जात्रा

बैशाख ११ गतेदेखि मच्छिन्द्रनाथको रथजात्रा शुरु, १६ गते विशेष आकर्षण

प्रा. डा. श्याम जोशी
काठमाडौ उपत्यका बाहिर मच्छिन्द्रनाथ जात्रा केवल प्राचिन ऐतिहासिक शहर दोलखामा मात्र हुन्छ । भक्तपुरमा बिस्केट जात्रा, काठमाडौमा सेतो मच्छिन्द्रनाथ जात्रा र पाटनमा रातो मच्छिन्द्रनाथ जात्रा भए जस्तै दोलखामा रातो मच्छिन्द्रनाथको जात्रा हुन्छ ।
मच्छिन्द्रनाथलाई करुणामय बोधिसत्व अबलोक्क्तेस्वर भनिन्छ । मछेन्द्रनाथलाई बर्षा र सहकालको देवता मानिएकोले शायद खेतिपातीको लागि पानी माग्न यो जात्रा बैशाख महिनामा मनाइन्छ र त्यसपछी पानी पर्न थाल्छ भन्ने जनबिस्वास रहेकोछ । दोलखा शहरको भु–बनोट, ढुङ्गा छापेका साँगुरो बाटोहरु, त्यसमाथि ठाउँ ठाउँमा खुडकिलाहरु, अनि ठाडो उकालो हेर्दा कसैले पनि बडेमानको मच्छिन्द्रनाथको रथ लाई सहर परिक्रमा गराइन्छ भन्ने सहजै पत्याउंदैनन ।

एकपटक एकजना साथिले टिभीमा दोलखा शहरको ठाडो, घुमाउरो र साँगुरो सडकमा रथ तानेको देखेर अचम्म मान्दै म सङ्ग जिज्ञासा् राखेका थिए । पाटनको बुङमतिमा बि.सं. ६३२ मा नै लामो खडेरी बाट राहत पाउनका लागि बर्षा गराउन मच्छिन्द्रनाथ प्रतिस्थापन गरेको मानिन्छ ।

दोलखामा भने दोलखाका राजा नन्ददेव सिंहले करिब ५०५ वर्षअघि अर्थात् ने. सं ६३९ (वि.सं १५७५) वैशाख १७ गते मात्र बुङमति बाट रातो मच्छिन्द्रनाथ ल्याई दोलखा शहरको ड्वाकुलुङा टोलमा मन्दिर बनाइ प्रतिस्थापन गरेको मानिन्छ । “पुजारी पुष्परत्न वज्राचार्यले बताए अनुसार श्रीगुरु देव वज्राचार्यद्वारा बोलिबन्द सानी कन्याबाट बुङ्गमतीको मत्स्येन्द्रनाथ जस्तै सानो आठ इन्चको प्रतिमूर्ति बनाएर प्राणप्रतिष्ठा गरी दोलखा शहर ल्याएर ड्वाकुलुङा टोलमा मन्दिर बनाई प्रतिस्थापन गरेका थिए ।

सोहि बेला देखि दोलखामा पनि मत्स्येन्द्रनाथको जात्रा आरम्भ गरेको कुरा ताम्रपत्रमा उल्लेख छ” (विजयक्रान्ति शाक्य,” दोलखाको बुग्देउ जात्रा”, गोप)। उस्बेला दोलखामा बन्दब्यापार गर्न पाटन र भक्तपुरका साहुमहाजन बस्ने गर्थे । शायद बुङमती बाट ल्याईएकोले होला मत्स्येन्द्रनाथ लाई पाटनमा ‘बुगंद्यो’ भने जस्तै दोलखामा ू;बुग्देउू; भनिन्छ जसमा ‘देउ’को अर्थ देवता हो ।


दोलखाका राजा वासुदेवले वि. सं १६५० मा मच्छिन्द्रनाथको रथ बनाउन लापिलांङका थामीहरूलाई गुठि जग्गाको ब्यबस्था गरि दिएका थिए । सो अनुसार दोलखा शहर पुर्बका लापिलांङ गाउँ बाट प्रत्येक बर्ष थामी जातीकाहरु रथ निर्माण गर्न आबश्यक पर्ने काठ, बाँस, डोरि, बनमाला आदि लिएर आउंथे र रथ बनाएर जान्थे।उसबेला रथ चार पाङ्ग्रे र ३२ हात हुनुपर्ने मान्यता थियो । यो जात्रामा रथ तान्ने परम्परा आर्थिक कठिनाई ले गर्दा २०३९ साल देखि बन्द भएको थियो । पछि कालिन्चोक युवा क्लबको सकृयतामा जनसहभागिता बाट सो जात्रा २०५५ साल देखि पुनः संचालन गरिएको यर्थात तितो सत्य छ ।

रास्निको उकालो तिर उकाल्ने प्रयत्न गर्दै भक्तजन

बैशाख पुर्णिामा देखि ९ दिन सम्म चल्ने सो जात्राको पहिलो दिन अर्थात पुर्णिामाको दिन मच्छिन्द्रनाथ लाई दुधले स्नान गराई पुजा गरिन्छ । सो दिन महिलाहरु व्रत बस्छन र राती बत्ति बाल्छन । दोस्रो दिन पिङल टोल बाट गुठियार र गुभाजु बाजागाजा सहित ड्वाकुलुङा स्थित मन्दिरमा आएर मच्छिन्द्रनाथ लाई बोकेर लगेर पिङल टोलमा राखिएको रथमा रथारोहण गराइन्छ । रथलाइ सन्तुलनमा राख्नको लागि रथको बिचमा ठूलो लामो काठ राखिएको हुन्छ जस्लाइ स्थानीय दोलखाली नेपाल (नेवारी) भाषामा “दर्माशी” भनिन्छ । सो दर्माशीमा भैरबको मुकुन्डो राखेर भेडा बलि दिइन्छ ।

मच्छिन्द्रनाथको पुजारी गुभाजु हुनाले बौद्धमार्गीहरुको जात्रा जस्तो भान परे पनि अधिकांश हिन्दु रहेको दोलखा बासीहरुले अत्यन्त उत्साहका साथ यो चाड मनाउंछन । तेस्रो दिन द्वितिया देखि करिब ३ बजे तिर पिङल टोलबाट रथ तान्न शुरु हुन्छ । रथमा बसेर कसैले “होस्टे” भन्छ र अरुले हैसे भनेर तानेर लैजान्छन । यसरी तानेको पहिलो दिन नक्छे टोल, दोस्रो दिन कोर्छ टोल, तेस्रो दिन टसिचा टोल, चौथो दिन माथिल्लो टोल, पाचौ दिन दुङल टोल र छैठौं दिन पुनः पिङल टोल आइपुग्छ । रथ बिग्रने जस्तो कुनै बिध्न बाधा नभएमा ६ दिनमा सहर परिक्रमा सकिन्छ । कथम कदाचित रथ बिग्रेमा अपसकुन भएको मानिन्छ र भेंडा बलि दिएर क्षमा पुजा गरिन्छ ।

जुन टोलमा मच्छिन्द्रनाथको रथ पुग्छ त्यो टोलको गुठियारले टोलको तर्फबाट स्वागत स्वरुप पुजा गर्ने प्रचलन छ जसलाइ “ट्वाल पुजा” भनिन्छ । त्यस्तै यो चाड्को बिशेषता यो हो कि यो चाडमा जुन टोलमा मछिन्द्रनाथ पुग्छ सोही टोल बासीहरुले त्यो दिन चाड मनाउँछन् यसरी मनाउने चाडलाई चौला नखत भनिन्छ । यसरी चौलानखत मान्ने टोलबासिहरुले आफन्तहरूलाई भोज खान बोलाउने वा भोज वा स्थानीय दोलखाली नेवारी भाषामा “ब्याकुन” पठाउने प्रचलन छ । यो जात्रा भरी केटाकेटीहरुले चाकु पकाएर बनाइने “तिलौरि” जस्लाइ स्थानीय नेवारी भाषामा “चाक्सला” भनिन्छ, बेच्ने गर्छन । बाल्यकालमा म पनि चाक्सला बनाएर बेच्ने गर्थे ।

ड्वाकुलुङा टोल स्थित मच्छिन्द्रनाथको मन्दिरः

अन्तमा सातौ दिन साँझपख बाजा बजाएर र भजन गाएर ड्वाकुलुङा टोल स्थित मन्दिरमा मच्छिन्द्रनाथ भित्राइन्छ । सो दिन ड्वाकुलुङा टोलबासिहरु आफ्नो चाड पनि परेको र आफ्नो टोलको देवता घर फर्कने भएर बिशेष प्रफुल्ल हुन्छ्न । यो दिन अर्थात् हाम्रो चाडकै दिन मेरो जन्मदिन पनि पर्ने भएकोले म त अत्यन्तै खुसी हुन्थे बाल्यकालमा टोलका महिलाहरू लाम लागेर बसेर फुलमाला चढाएर अत्यन्तै श्रद्धापुर्बक पुजा गरेर मच्छिन्द्रनाथको स्वागत गर्छन् ।

मन्दिरको प्राङ्गणमा पुजारी गुभाजुले बिधिपुर्बक मच्छिन्द्रनाथको पुजा गरे पछि मन्दिर भित्र प्रबेश गराउने क्रममा मन्दिरको ढोकामा बसेर सबैले सुन्ने गरेर ठूलो स्वरमा “यो रथयात्राको प्रभावले सबै जिबजन्तु” सबै संसार, र तत्कालीन नेपाल् नरेशको उद्धार गरि दिनुसू; भनेर पुकारेर स्लोक पढ्छ र मच्छिन्द्रनाथ लाई मन्दिर भित्र प्रबेश गराउंछ र जात्रा समाप्त हुन्छ । पाटनका गुभाजु ले मच्छिन्द्रनाथ प्रतिस्थापन गरेकोले होला स्लोक अहिके सम्म पनि उपत्यकाको नेपाल भाषा मा नै पढ्ने गरिन्छ ।

टसिचा टोल बाट माथिल्लो टोल लैजान रास्नीको ठाडो उकालोमा रथ तान्नु पर्ने भएकोले सो दिन विशेष बन्दोबस्त गर्नु पर्ने हुन्छ । साथै अनुभवी र धेरै मानिसको आबस्यकता हुन्छ । सो दिन जात्रा अत्यत रोचक हुने भएकोले भक्तजन दर्शनाथीको भिड हुन्छ । यसै हाल यातायातको सुबिधाले गर्दा हालका बर्षहरुमा पाटन लगायत उपत्यकाका मानिसहरूको घुइंचो हुन्छ, पार्किङ पाउन समेत धौ धौ हुन्छ ।

यात्रुहरु लाई राइती अर्थात् तीन धारा देखि खर्पनमा पानी ओसारेर खुवाउने, विशेष बाजा बजाउने र भजन गाउने लगायत काममा उपत्यकातिर बाट आयका स्रद्धालुहरु सकृय हुन्छ । यसपाली बैशाख ११ गते देखि १९ गते सम्म सो जात्रा हुदैछ । माथिल्लो टोल तिर तान्ने दिन बैशाख १६ गते पर्छ । सो दिन हामी सबै सहभागी बनौ र आफ्नो सस्कृतीको संरक्षण गरौं ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!