Search

राष्ट्रियसभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित

राष्ट्रियसभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित
२९ फागुण, बाँपिझ्याला, काठमाण्डौं । राष्ट्रियसभाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएको हो । दाहाललाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत पर्‍यो । शर्माका पक्षमा भने १७ मत मात्र परेको थियो । बैठकमा जम्मा ५६ जना सांसद... Read More

आज राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदै

आज राष्ट्रिय सभा अध्यक्षको निर्वाचन हुँदै
२९ फागुण, बाँपिझ्याला, काठमाण्डौं । आज राष्ट्रिय सभा अध्यक्षका लागि मतदात हुँदैछ । बिहान ११:९ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ । अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार नेपाली कांग्रेसबाट शर्मा र सत्ता गठबन्धनबाट दाहालले उम्मेदवारी दर्ता गरेका हुन् । निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना यही फागुन... Read More

राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदै

राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदै
२८ फागुण, बाँपिझ्याला, काठमाण्डौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदैछ। आज बिहान ११ बजेदेखि १ दिउँसो बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको संघीय संसद् सचिवालयले जनाएको छ। साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाउने कार्यतालिका छ। राष्ट्रिय सभा अध्यक्षका लागि माओवादी केन्द्र र नेपाली कांग्रेसले उम्मेदवार... Read More

माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय

माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय
२७ फागुण, बाँपिझ्याला, काठमाण्डौं । नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको देवेन्द्र पौडेलले जानकारी दिए । पार्टीपंक्तिले भने ६ वर्षे कार्यकाल भएकाबाट अध्यक्षको उम्मेदवार बनाउन दबाब दिए पनि पार्टीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइसमेत रहेका नारायण दाहाललाई नै उम्मेदवार बनाउने निर्णय... Read More

राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने

राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने
२७ फागुण, बाँपिझ्याला, काठमाण्डौं । राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने भएको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्षता गर्नुभएकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने निर्णय गर्नुभएको हो । उहाँले निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न सङ्घीय संसद्का महासचिवलाई निर्देशन समेत दिनुभयो । बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘राष्ट्रिय... Read More

माओवादी केन्द्रको पदाधिकारी बैठक साँझ ५ बजे बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक साँझ ५ बजे बस्दै
२७ फागुण, बाँपिझ्याला, काठमाण्डौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका हुन् । बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने तय भएको माओवादी केन्द्रले जनाएको छ । बैठकले राष्ट्रियसभाको अध्यक्षको उमेदवार चयन गरिने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।​ राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मिति आज दिउँसो बस्ने... Read More

दोलखा जिल्लाबाट पछिल्लो पुस्ता महिला नेतृ देवी खड्का

दोलखा जिल्लाबाट पछिल्लो पुस्ता महिला नेतृ देवी खड्का
दोलखा जिल्लाबाट पछिल्लो पुस्ता महिला नेतृ देवी खड्का । जिल्लाको दुर्गम गाउँमा जुँगुमा ४४ वर्षअघि जन्मिएकी खड्काले जीवनमा एकपटक मात्रै विद्यालय टेकिन्, त्यो पनि आफ्नो भाइलाई स्कुल पु¥याउन जाँदा । त्यतिबेला छोरीलाई स्कुल पठायो भने कुल बिग्रन्छ भनिन्थ्यो । उनका दाइ दिवंगत रितबहादुर खड्का माओवादी जनयुद्धमा सहभागी नेता थिए । माओवादी परिवारकै भएकोले ११ कात्तिक २०५४ मा देवीलाई पनि प्रहरीले... Read More

पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक सम्पन्न, प्रवक्ता मन्त्री रेखा शर्मालाई नै निरन्तरता दिने निर्णय

पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक सम्पन्न, प्रवक्ता मन्त्री रेखा शर्मालाई नै निरन्तरता दिने निर्णय
२४ फागुण, बाँपिझ्याला, काठमाण्डौं । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक सकिएको छ । बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नै नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिने निर्णय गरेको हो । बैठकपछि बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री शर्माले सरकारले संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन सिएसडब्ल्युको ६८ औं सत्रमा भाग लिन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय... Read More

माओवादी नेत्री रेखा शर्मा तेस्रो पटक मन्त्री

माओवादी नेत्री रेखा शर्मा तेस्रो पटक मन्त्री
नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बुधवार साँझ पद बहाली गरेकी छन् । यसअघि शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा २०७९ माघ ३ गतेदेखि २०८० फागुन २१ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । प्रधानमन्त्री प्रचण्डले बुधवार गर्नुभएको मन्त्रिपरिषद् गठनमा उनी पुनः सञ्चारमन्त्रीमा नियुक्त भएकी हुन् । उनले २०७२ कात्तिक १ गतेदेखि २०७३ असार... Read More

नव नियुक्त मन्त्रिहरुबाट सपथ ग्रहण, यस्तो छ अहिलेको मन्त्रिमण्डल

नव नियुक्त मन्त्रिहरुबाट सपथ ग्रहण, यस्तो छ अहिलेको मन्त्रिमण्डल
२३ फागुण, बाँपिझ्याला, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अप्रत्याशित रूपमा गत फागुन २१ गते नेपाली कांग्रेससँग गठबन्धन तोड्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धन सरकार बनाएका छन् । माओवादी केन्द्रबाट यसअघि मन्त्री भएका सुदन किराती हटेका छन् भने उनको ठाउँमा हितबहादुर तामाङलाई ल्याइएको छ । साथै अर्थमन्त्रीमा वर्षमान पुन थपिएका छन् । अन्य मन्त्रीहरू यथावत् रहेका छन् भने... Read More
1 2 3 4 5 6 207