Search

पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक सम्पन्न, प्रवक्ता मन्त्री रेखा शर्मालाई नै निरन्तरता दिने निर्णय

पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक सम्पन्न, प्रवक्ता मन्त्री रेखा शर्मालाई नै निरन्तरता दिने निर्णय

२४ फागुण, बाँपिझ्याला, काठमाण्डौं । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक सकिएको छ । बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नै नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकपछि बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री शर्माले सरकारले संयुक्त राष्ट्रसंघको कमिसनअन द स्ट्याटस अफ वुमन सिएसडब्ल्युको ६८ औं सत्रमा भाग लिन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको पनि बताइन् ।

उनले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने बताइन् । नयाँ सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा र नेकपा एस सहभागी छन् । जसपाले आज सरकारमा जाने निर्णयसहित मन्त्री पठाउने तयारी गरेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!