Search

चरिकोट अस्पतालका डाक्टर विनोद दंगालले स्वास्थ्य सेवामा अन्तराष्ट्रिय अवार्ड बाट सम्मानित हुर्दै

चरिकोट अस्पतालका डाक्टर विनोद दंगालले स्वास्थ्य सेवामा अन्तराष्ट्रिय अवार्ड बाट सम्मानित हुर्दै

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा रहेको चरिकोट अस्पतालका डाक्टर विनोद दंगालले स्वास्थ्य सेवामा अन्तराष्ट्रिय अवार्ड Asia’s Healthcare & Social Care Support Award for the Year 2020/2021 बाट सम्मानित हुने भएको छ । चरिकोट अस्पतालका प्रमुख एंव एमडिजिपि डाक्टर विनोद दंगालले एसियाकै सबैभन्दा उत्कृष्ठ अवार्ड प्राप्त गर्दै हुनु हुन्छ ।

चरिकोट अस्पतालका डाक्टर दंगालले लामो समयदेखि चरिकोट अस्पतालमा गुणस्तरीय र विश्वासिलो सेवा प्रदान गर्दै आई रहनुभएको छ, यसै गरी कोरोना संक्रमणको समयमा पनी केही कतै विचली नभई योगदान पु¥याएको भन्दै एसिया अवार्डस संस्थाले उक्त स्वास्थ्य सेवा र सामाजिक सेवातर्फको अन्तराष्ट्रिय अर्वाडका लागि चरिकोट अस्पतालका प्रमुख डाक्टर दङगाललाई छनोट गरेको हो ।

डाक्टर दंगालले प्राप्त गर्नुभएको अवार्ड आउँदो अक्टोबर २४ का दिन भारतमा एक कार्यक्रमका बिच प्रदान गरिने छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment