Search

प्रेस सेन्टर दोलखाको आयोजना पत्रकार भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

प्रेस सेन्टर दोलखाको आयोजना पत्रकार भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

१२ बैशाख, बाँपिझ्याला, दोलखा । प्रेस सेन्टर दोलखाको आयोजना पत्रकार भेटघाट तथा चियापान कार्यक्रम होटल एम्ब्रोसिया चरिकोटमा सम्पन्न भएको छ ।

प्रेस सेन्टर जिल्ला समन्वय समिति दोलखाका अध्यक्ष सुरज बस्नेतको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवँ प्रवक्ता अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

यसरी पत्रकार भेटघाट तथा चियापान कार्यक्रममा उपाध्यक्ष एवं प्रवक्ता सापकोटाले तत्कालै सत्ता गठबन्धनमा संकट आउने र भत्किने अवस्था नरहेको बताउनुभयो ।

राजनीतिमा ‘यसै हुन्छ’ भन्ने अनुमान गर्न कठिन हुने भएपनि राष्ट्रियता, लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिकालागि बर्तमान सत्ता गठबन्धन लामो समयसम्म रहन आवस्यक रहेको उहाँको भनाई रहेको थियो ।

देशको समृद्धिकालागि साझा दृष्टिकोण बनाउन आवश्यक रहेको भन्दै नेता सापकोटाले त्यसकालागि सवै दल एक ठाउँमा आउनु पर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीले आर्थिक क्षेत्रमा क्रम भङ्ग गर्न खोज्दा सहयोग नभएको र मन्त्रीमण्डल पुर्नगठनमा समेत असहयोग भएपछि अघिल्लो सत्ता गठबन्धन टुटेको उहाँले बताउनु भयो ।

पूर्व सभामुख समेत रहनुभएका नेकपा माओवादी केन्द्रका प्रवक्ता सापकोटाले राजनीतिक समिकरण छिटोछिटो परिवर्तन भइरहेको र संघीय संसदको छलफल, बहश र शव्द चयनमा देखिएको तरिकाले जनतामा निराशा छाएको बताउनुभयो । लोकतन्त्र राष्ट्रको आत्मा भएको भन्दै उहाँले लोकतान्त्रिक विचारको विकास गर्नु पर्ने र दलभीत्र कमजोर हुँदै गएको आन्तरिक लोकतन्त्रलाई समेत बलियो बनाउनु पर्ने धारणा राख्नुभयो ।

अर्को फरक प्रसङ्गमा प्रवक्ता सापकोटाले अवको सित युद्ध नेपाली आँगनमा हुन लागेको र त्यसवाट गम्भीर असर निम्तिने खतरा रहेको उल्लेख गर्नुभयो । त्यो असरलाई कम गर्न राष्ट्रिय एकता र राष्ट्रिय अडान कायम गर्नु पर्ने प्रवक्ता सापकोटाले बताउनुभयो ।

नेपालले राष्ट्रिय हितकालागि विश्वका सवै मित्रराष्ट्रहरुसँग समधुर सम्वन्ध कायम गरी दुई छिमेकी मुलुक चीन र भारतसँग विशेष सम्वन्ध राख्नु पर्ने उहाँको भनाई छ । अहिलेको अवस्थामा असंलग्न राष्ट्र परराष्ट्र नीति सान्दर्भिक भएर आएको उल्लेख गर्दै उहाँले नेपालको संलग्नता कुनै राष्ट्रसँग नहुने स्पस्ट पार्नुभयो ।

यसरी सम्पन पत्रकार भेटघाट तथा चियापान कार्यक्रममा नेकपा माओवादीकेन्द्रका स्थायी समिति सदस्य एवँ बागमती प्रदेश सह इन्चार्ज शसी श्रेष्ठ, माओवादी केन्द्रका केन्द्रीय सदस्य एवँ पूर्व मन्त्री विशाल खड्का, बागमती प्रदेशसभाका सांसद भरत केसी, एमाले जिल्ला अध्यक्ष नरवहादुर श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष भिमप्रसाद दहाल लगायत शुभचिन्तक महानुभावहरुको उपस्थिती थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!