Search

दोलखा जिल्लामा पछिल्लो चौविस घण्टामा थप ३७ जनामा कोरोना पुष्टि, १४ जना निको

दोलखा जिल्लामा पछिल्लो चौविस घण्टामा थप ३७ जनामा कोरोना पुष्टि, १४ जना निको

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा पछिल्लो चौविस घण्टामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा रहेको पिसिआर ल्याबमा ५२ जनाको स्वाब परिक्षण गरिएकामा २५ जना र जिल्लाको ९ वटै पालीकामा ३४ जनाकोे एन्टिजिन परिक्षण गरिएकामा १२ जना गरि जिल्लामा जम्मा ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

यसरी कोरोना संक्रमण पुष्टि हुने हरुमा भीमेश्वर नगरपालिकाका १० पुरुष र १० महिला, जिरी नगरपालिकाका ३ पुरुष, कालिञ्चोक गाउँपालिकाका ३ पुरुष, बैतेश्वर गाउँपालिकाका एक पुरुष, तामाकोशी गाउँपालिकाका ३ पुरुष र ४ महिला, मेलुङ गाउँपालिकाका एक महिला र विगु गाउँपालिकाका एक पुरुष र एक महिला रहेका छन् ।

आज ३७ जनामा कोरोना संक्रमण देखिए संगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५ सय पुगेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

यस्तै आज १४ जना संक्रमित संक्रमण मुक्त भएका छन् । आज निको हुनेमा जिरी नगरपालिकाबाट ४ पुरुष र २ महिला, तामाकोशी गाउँपालिकाबाट २ पुरुष र ३ महिला, विगु गाउँपालिकाबाट एक पुरुष र २ महिला निको भएका हुन् ।

यसै गरी संक्रमित मध्य चरिकोट अस्पतालमा रहेको एचडियुमा ७ जना छन् भने जिरी अस्पतालमा २ जना, तामाकोशी कोभिड अस्पतालमा २ जना र सिंगटी अस्पतालमा २ जना आइसोलेशन वार्डमा उपचाररत छन् । कोरोना संक्रमण देखिएका ४ सय ८७ जना होम आइसोलेशनमा बसि स्वास्थ लाभ लिइरहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment