Search

प्राचिन शहर दोलखामा रातो मच्छिन्द्रनाथ मुर्ति रथारोहण, भोलीदेखि जात्रा प्रारम्भ

प्राचिन शहर दोलखामा रातो मच्छिन्द्रनाथ मुर्ति रथारोहण, भोलीदेखि जात्रा प्रारम्भ

बाँपीझ्याला, दोलखा । सहकालको देवताको नामले प्रशिद्धता प्राप्त गरेको दोलखाको रातो मच्छिन्द्रनाथ जात्राको दोश्रो दिन रथारोहण सम्पन्न भएको छ । रथजात्रा भोली बैशाख १३ गतेदेखि शुरु हुदैछ । आज बैशाख १२ गते साक्षात भगवानको मुर्तीलाई स्थानिय बाजागाजाका साथ रथारोहण गरिएको छ ।

हिजो डोकलुङा टोलमा दुधमा स्नान अर्थात दोलखाली नेवारी भाषामा दुधुकु ठुङ पुनीस भन्ने नामले प्रख्यात रहेको छ । यसरी हिजो दुधले स्नान गर्ने बिधि सम्पन्न भएको छ । यसै गरी आज १२ गते भीमेश्वर नगरपालीका वडा न. २ डोकलुङा टोलबाट पिङ्गल टोलमा बाजागाजासाथ लगि रथमा हाली रथारोहण सम्पन्न गरिएको छ । भोली १३ गतेदेखि यसपालीको दोलखाको रातो मच्छिन्द्रनाथको रथजात्रा प्रारम्भ हुर्दै नौदिनसम्म मनाईने छ । यसपालीको अन्तिम दिन २०८१ साल बैशाख १९ गते रहेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!