Search

पूर्वप्रधानन्यायाधीशविरुद्ध खनिए ओली : सडकबाट फैसला गर्ने ?

पूर्वप्रधानन्यायाधीशविरुद्ध खनिए ओली : सडकबाट फैसला गर्ने ?

बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन विरुद्ध वक्तव्यबाजी गर्ने चार जना पूर्व प्रधानन्यायाधीशसँग रुष्ट बनेका छन् । उनीहरुले सर्वोच्च अदालतलाई धम्क्याउने र गलत ढंगले प्रभावित पार्न खोजेको आरोप लगाउँदै सडकबाटै फैसला दिन खोज्ने प्रवृत्ति कदापि स्वीकार्य नहुने समेत बताए ।

शनिबार आफूपक्षीय राष्ट्रिय युवासंघको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘‘म भन्न चाहन्छु, सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा बसिसकेका मान्छेले गलत ढंगले प्रभावित पार्ने, अदालतलाई धम्क्याउने खालका क्रियाकलाप गर्न सुहाउँदैन । सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट ?’ प्रधानमन्त्री ओलीले सम्मानित न्यायपालिकाको कदर गर्न सिक्न पनि आग्रह गरे ।

पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रबार एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीको संसद विघटनको कदमलाई असंवैधानिकको संज्ञा दिए थिए ।
सो वक्तव्यप्रति असहमति जनाउँदै ओलीले जनताका बीचमा जाने कुरा लोकतन्त्रविरोधी नहुने प्रष्ट पार्दै जनताका बीचमा जान डराउनेचाहिँ लोकतन्त्रविरोधी हुने टिप्पणी गरे ।

निर्वाचन तोकिएको मितिमै हुने ठोकुवा गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन हुन्छ कि हुँदैन भनेर भ्रममा नपर्न सबैलाई आग्रह गरे ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment