Search

नयाँ बर्ष २०८१ को अवसरमा माओवादी केन्द्र दोलखा–काठमाण्डौं सम्पर्क मञ्चले शुभकामना आदान प्रदान कार्यक्रम

नयाँ बर्ष २०८१ को अवसरमा माओवादी केन्द्र दोलखा–काठमाण्डौं सम्पर्क मञ्चले शुभकामना आदान प्रदान कार्यक्रम

३० चैत्र, बाँपिझ्याला, काठमाण्डौं । नयाँ बर्ष २०८१ को अवसरमा नेकपा माओवादी केन्द्र दोलखा–काठमाण्डौं सम्पर्क मञ्चले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ । नेकपा माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा सम्पन्न उक्त शुभकामना आदान प्रदान कार्यक्रमको प्रमुख अतिथी नेकपा माओवादीका नेता एवं प्रतिनिधी सभा सासंद गंगा कार्की विश्वको उपस्थिती रहेको थियो ।

२०८१ सालको आगमनलाई स्वागत गर्दै समस्त नेपाली जनमानसको सुख समृद्धि, सुस्वास्थ्य, दीर्घायू तथा देशको समुन्नत विकासमा सम्मिलित हुनका लागि शुभकामना आदनप्रदानको कार्यक्रम सम्पन्न गरिएको हो भनी दोलखा काठमाण्डौं सम्पर्क मञ्चका उपाध्यक्ष होमचन्द्र श्रेष्ठले बताउनु भयो ।

माओवादी केन्द्र दोलखा काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष हरिप्रसाद फुयाँलको सभापतित्त्वमा कार्यक्रम सम्पन्न भएको थियो । यसरी सम्पन्न कार्यक्रममा विशेष अतिथी वागमती प्रदेशका इन्चार्ज पुर्व वन मन्त्री विशाल खड्का, संविधान सभाका सभासद हेम श्रेष्ठ थिए । त्यसैगरी अतिथिको रूपमा नेकपा माओवादी संगठन अन्तर्गतका केन्द्रिय नेता पूर्व मन्त्री देवी खड्का, केन्द्रीय सदस्य शंकर लामा, प्रदेश सदस्य भूमिराज चौलागाई, मिन घिमिरे, ज्योति श्रेष्ठ लगायत पत्रकार र शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

यसरी सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा विशुद्ध शुभकामना आदानप्रदान सम्वन्धीको को कार्यक्रम भएकोले राजनीतिक चर्चा परिचर्चाको भाषण नभइ अब आउने समयमा एक अकाँमा कुनै खालका द्वेष, इष्र्या नराखी देश र जनताकालागि सबैको एक मत हुनुपर्ने धारणाका साथ आफ्नो भनाइ राख्दै इन्चार्ज विशाल खड्काले नेपालमा मात्र नभएर विश्वका ठूला ठुला राष्ट्रहरूमा समेत आर्थिक संकट आइरहेको जानकारी दिंदै नेपालमा नेपालका माथिल्लो तहका नेताहरूले चाहेर पनि खुलस्त विकासका योजनाहरू तर्जुमा गर्न कठिनाइ भइरहेको तर्क राखेका थिए ।

यो अवस्थामा देशमा केही भएन नेताहरूले केही गर्न सकेनन् भन्नु भन्दा पनि अब के गर्दा हामीले आम नागरिकको जीवनस्तरमा उपलब्धिमूलक परिवर्तन गर्न सकिन्छ भन्ने समय आएकोले सबैले सोच्नुपर्ने विचार व्यक्त गर्नु भएको थियो ।

यसै गरी संघीय सांसद गंगा कार्की ‘विश्व’ले नेपालमा रोजगारीको मूल मार्ग खुलस्त र सहुलियतपूर्ण नभएको कारण आफ्नो शिल्पकला, हस्तकला जति पनि सीपहरू छ त्यो सबै उपयोग गर्ने ठाउँ नपाएर विदेसिएका छन् भन्ने जुन खालको चर्चा हाम्रो देशमा चलेको छ । त्यही काम गर्न विदेशीहरू विशेष गरी भारतीय नागरिकहरू नेपालका ठूला ठूला शहरमा आएर त्यही काम गरेर आर्थिक उपार्जन गरिरहेका छन् ।

अब हामीले यसको मूल्यांकन गर्न जान्नु पर्यो कि हाम्रा मान्छेले विदेशबाट कति कमाएर ल्याएका छन् र हाम्रो देशको पैसा कति बाहिर जाँदो रहेछ भनेर । अनि देशमा आर्थिक स्रोत किन कमि हुँदैछ भन्ने बुझ्न जरुरी छ भन्दै सबैले चिन्तन गर्ने सुझावका साथ नयाँवर्ष सबैका लागि उपलब्धिमूलक रहोस भनी शुभकामना व्यक्त गर्नु भएका थिए ।

यसरी सम्पन्न कार्यक्रममा भूमिराज चौलागाई, जेजिन सर्वहरा, शंकर लामा, नरबहादुर खपांगी लगायत अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!