Search

जाकार्ताबाट ५० यात्रु लिएर उडेको विमान सम्पर्क विहीन

जाकार्ताबाट ५० यात्रु लिएर उडेको विमान सम्पर्क विहीन

बाँपीझ्याला, ईण्डोनेसिया । इण्डोनेसियाको राजधानी जाकार्ताबाट ५० यात्रु लिएर उडेको एउटा विमान सम्पर्कबिहीन भएको छ। श्रीविजया एयरको बोइङ ७३७ वेष्ट कलिमनतन प्रान्तको आकासमा टेकअफ भएपछि सम्पर्कबिहीन भएको बिबिसीले जनाएको छ ।

फ्लाइट रायर २४ का अनुसार यो विमान एक मिनेटभन्दा पनि कम समयमा १० हजार फिट तल आएको थियो । विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू टेलिभिजन र सामाजिक सञ्जालमा देखा परेका छन्।

विमान बेपत्ता भएको क्षेत्र नजिकैको एक टापुका केही बासिन्दाहरूले बीबीसी इन्डोनेशियाली सेवालाई आफूहरूले विमानको जस्तो लाग्ने वस्तु भेटेको बीबीसीले जनाएको छ।

अधिकारीका अनुसार उक्त विमानसँग अन्तिमपटक स्थानीय समय अनुसार २ बजेर ४० मिनेट जाँदा सम्पर्क भएको हो। इन्डोनेशसियाको यातायात मन्त्रालयले विमानको खोजी कार्य भइरहेको जनाएको छ।

विवरणहरूका अनुसार बोइङ ७३७-५०० मोडलको उक्त विमान २७ वर्ष पुरानो हो।
पछिल्ला वर्षमा बोइङका ७३७ म्याक्स मोडलका दुईवटा विमान ठूला दुर्घटनामा परेका थिए।

तीमध्ये पहिलो दुर्घटना सन् २०१८ को अक्टोवरमा इन्डोनेशियाको लायन एयरको उडानमा भएको थियो जसमा १८९ जनाले ज्यान गुमाएका थिए। सेतोपाटी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!