Search

केपी शर्मा ओलीलाई दिइएको निर्णयप्रति उपाध्यक्ष भीम रावलले विरोध

केपी शर्मा ओलीलाई दिइएको निर्णयप्रति उपाध्यक्ष भीम रावलले विरोध

बाँपीझ्याला, सौराहा । नेकपा (एमाले)को पदाधिकारी र केन्द्रीय सदस्यको नामावली प्रस्ताव गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको निर्णयप्रति उपाध्यक्ष भीम रावलले विरोध जनाएका छन् ।

पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्रका क्रममा रावलले उक्त निर्णय आफूलाई मान्य नहुने र उमेदवारी दिने बताएका हुन् ।

“मैले अध्यक्षमा उमेदवारी घोषणा गरिसकेको छु । यो मान्य हुन सक्दैन । मैले उमेदवारी दिन्छु । अरू कमरेडहरुले पनि दिनुहुन्छ । यो अधिकार कुनै हालतमा कुण्ठित गर्न मिल्दैन । कुण्ठित हुँदैन,” बैठकमा रावलले भनेका थिए ।

ओलीलाई उक्त अधिकार दिने प्रस्ताव बन्दसत्रमा उपमहासचिव विष्णु पौडेलले गरेका थिए । हलले प्रस्ताव पारित गर्दै ओलीलाई अधिकार प्रत्यायोजन गरेको हो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment