Search

ग्रामीण विकास टुकी संघ चरिकोट दोलखाको पालिकास्तरीय सभा

ग्रामीण विकास टुकी संघ चरिकोट दोलखाको पालिकास्तरीय सभा

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
ग्रामीण विकास टुकी संघ चरिकोट दोलखाको पालिकास्तरीय सभा यहि २०७८ भदौ २१ गतेदेखि आयोजना हुन गैरहेको छ । यस संघको विधानमा उल्लेखित संघको संगठनात्मक व्यवस्था अनुसार दोलखा जिल्लाको सबै ९ वटै नगर तथा गाउँपालिकाहरुमा गठित पालिकास्तरीय टुकी समितिहरुको सहभागीतामा यी सभाहरु हुन गैरहेको छ ।

यसरी सभाहरुमा संघको संस्थागत तथा सामुदायिक विकास अन्तर्गत सन्चालन भएको विभिन्न कार्यक्रम÷परियोजनाहरुको प्रगती, आर्थिक गतिविधि, आगामी बर्षको कार्यक्रम बजेटबारे सबै सदस्यहरुलाई जानकारी गराइने छ भनी संघका कार्यकारी निर्देशक पुर्षार्थ श्रेष्ठले बताउनु भयो ।

यसै गरी उक्त हुन गईरहेको सभाहरुबाट नयाँ पालिकास्तरीय समितीहरु पनि निर्वाचित हुनेछन् । जसमा पालिकास्तरीय सभाहरुबाट निर्वाचित समितीहरु संघको विधान अनुसार आगामी साधारण सभा (अधिवेशन) को लागि ५ जना सदस्य बराबर १ जनाको दरले प्रतिनिधिहरु छनौट हुने प्रावधान रहेको समेत कार्यकारी निर्देशक श्रेष्ठले बताउनु भयो ।

यसरी आगागी साधारण सभा (अधिवेशन) ९ वटै पालिकाहरुबाट छनौट हुने १२१ जना प्रतिनिधिहरुको सहभागितामा सम्पन्न हुने अनुमान गरिएको छ ।

यस संघले आफ्नो स्थापनाकाल देखिनै संघ र समुदायस्तरको समूहरुको संस्थागत विकास र जनताको जीवनस्तर सुधारमा योगदान पुर्याउन निरन्तर र दीगो रुपको प्रयास अनुरुप संघको संस्थागत संरचनालाई गाउँ तहसम्म पुर्याइ संस्थागत तथा सामुदायिक विकासका गतिविधीहरुलाई सहभागितामूलक र पारदर्शितापूर्वक सन्चालन गर्ने प्रयाश रहदै आएको छ ।

विगतमा तत्कालिन राज्य संरचना अनुसारको सबै क्षेत्रहरुमा सञ्चालन गर्ने गरिएको क्षेत्रिय टुकी भेलाले चर्चा पाउने गरेको थियो । राज्य पुनसँरचना पछि क्षेत्रिय समितिहरु नगर तथा गाउँपालिकास्तरीय समितिहरुमा रुपान्तरण गरिएको हो ।

सुशासनको दृष्टिले संघको यो संस्था सञ्चालनको नमुना प्रभावकारी हुँदा हुँदै आर्थिक स्रोत, भुकम्प र गत बर्षदेखिको कोभिड महामारीको कारण यी सभाहरु निरन्तर रुपमा आयोजना हुन सकेको थिएन । यस बर्षबाट यी सभाहरुलाई बार्षिक रुपमा निरन्तर रुपमा सञ्चालन गर्ने संघको योजना रहेको समेत थाहा भएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment