Search

दोलखा मेलुङ गाउँपालिका अध्यक्ष श्रेष्ठ माथि गरेको अभद्र व्यवहार प्रति गाउँपालिका राष्ट्रिय महासंघको आपत्ती, जिल्ला समन्वय समिती दोलखाको ध्यानाकर्षण

दोलखा मेलुङ गाउँपालिका अध्यक्ष श्रेष्ठ माथि गरेको अभद्र व्यवहार प्रति गाउँपालिका राष्ट्रिय महासंघको आपत्ती, जिल्ला समन्वय समिती दोलखाको ध्यानाकर्षण

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला मेलुङ गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठ माथि हातपात तथा अभद्र व्यवहार गरेको प्रति गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, बागमती प्रदेशले एक विज्ञप्ती प्रकाशित गर्दै उक्त अभद्र व्यवहारको निन्दा गरेको छ ।

विज्ञप्तिमा सडकको खराब अवस्थालाई निहुँ बनाएर कार्यस्थलमा रहेका जनप्रतिनिधि माथि नियोजित रुपमा गरिएको हातपात तथा दु्रव्यवहार गर्ने व्यक्तिलाई कानुनी कारबाहि गर्न सम्बन्धित निकाय संग माग गरिएको छ ।

गाउँपालिकाहरुले सम्भावना भएसम्म १२ महिना नै यातयात सञ्चालन हुन सक्ने गरि प्रयासहरु गरिरहेका बेला घटनामा सडकको अवस्थालाई देखावटी निहुँ मात्रा बनाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै जनप्रतिनिधिलाई निर्वाध रुपमा नागरिकको सेवामा रहने वातावरण बनाई शान्ति सुरक्षा कायम गर्न नेपाल सरकारको गम्भीर ध्यानकर्षण गरिएको गाउँपालिका राष्ट्रिय महासंघ नेपाल बागमती प्रदेशकाअध्यक्ष ईश्वर चन्द्र पोखरेलद्धारा हस्तारिक्षत विज्ञाप्तीमा उल्लेख छ ।

यसै गरी जिल्ला समन्वय समिति दोलखाले पनि घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिका अध्यक्ष डबल पाण्डेले आज एक प्रेस विज्ञप्ति जारी गर्दै घटना प्रति चासो व्यक्तगर्नु भएको हो । दोलखा जिल्लाका अधिकांश सडकहरु बर्षायामा अवरुद्ध हुने खालका भएको र त्यसलाई सुधार गरी १२ औं महिना यातायात सञ्चालन गर्ने प्रयास भईरहेको बेला मेलुङ गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठमाथि हातपात तथा अभद्र व्यवहार गरेको प्रति जिल्ला समन्वय समिति दोलखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!