Search

आज दोलखामा ३५ जना कोरोना संक्रमण मुक्त, १२ जना थप संक्रमित

आज दोलखामा ३५ जना कोरोना संक्रमण मुक्त, १२ जना थप संक्रमित

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा आज ३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । जसमध्य मेलुङ गाउँपालिकाबाट २ पुरुष, ७ महिला गरि ९ जना, तामाकोसी गाउँपालिकाबाट ११ महिला, ६ पुरुष गरि १७ जना र विगु गाउँपालिकाबाट ९ पुरुष निको भएका हुन् ।

यसै गरी चरिकोट अस्पताल र पालीकामा ५४ जनाको एन्टिजिन परिक्षण गरिएकामा १२ जना नयाँ संक्रमित थपिएका छन् । जसमा विगु गाउँपालिकाबाट एक पुरुष, एक महिला र मेलुङ गाउँपालिकाबाट ७ पुरुष, ३ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय ७७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय चरिकोट दोलखाले प्रकाशित अध्यावधी रिर्पोटमा उल्लेख गरिएको छ ।

संक्रमित मध्ये २५ जना अस्पतालमा उपचाररत छन् । चरिकोट अस्पतालको एचडियुमा ५ जना, आइसोलेसन वार्डमा ५ जना, सिंगटी अस्पतालमा ६ जना, वैत्यश्वर अस्पतालमा ३ जना, तामाकोसी कोभिड अस्पतालमा ४ जना, विगु कोभिड अस्पतालमा २ जना उपचाररत छन् ।

अहिलेसम्म जिल्लाका १ हजार ३५ पुरुष र ८ सय ३० महिला गरि १ हजार ८ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस मध्ये ३ सय ८२ पुरुष र २ सय ९५ महिला गरि ६ सय ७७ जना सक्रिय संक्रमित छन् भने ६ सय ४७ पुरुष र ५ सय ३२ महिला गरि १ हजार एक सय ७९ जना निको भएका छन् । कोरोना संक्रमणका कारण हालसम्म ६ पुरुष र ३ महिला गरि जम्मा ९ जनाको मृत्यु भएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment