Search

निषेधाज्ञा एक हप्ता थप, हार्डवेयर, पुस्तक पसल खोल्न पाइने

निषेधाज्ञा एक हप्ता थप, हार्डवेयर, पुस्तक पसल खोल्न पाइने

बाँपीझ्याला, काठमाण्डौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निषेधाज्ञाको अवधि एक हप्ता थप गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकले हार्डवेयर, पुस्तक पसल र अनलाइन डेलिभरी सञ्चालन गर्न दिने निर्णय भएको छ भने किराना पसल, डिपार्टमेन्टल स्टोर बिहान ९ बजेसम्म खोल्दै आएकोमा बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ ।

यसैगरी तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ११ सम्म मात्र खोल्न दिइएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!