Search

जनयुद्धको २६ औं बर्षगाठको अवसर नेकपा का अध्यक्ष क. पुष्पकमल दाहाल “प्रचण्ड” बाट गंगा कार्की “विश्व” को दुःसाध्य जनयुद्ध सार्वजनिक

जनयुद्धको २६ औं बर्षगाठको अवसर नेकपा का अध्यक्ष क. पुष्पकमल दाहाल “प्रचण्ड” बाट गंगा कार्की “विश्व” को दुःसाध्य जनयुद्ध सार्वजनिक

बाँपीझ्याला, काठमाण्डौं । जनयुद्धको २६ औं बर्षगाठको अवसर पारेर गंगा कार्की “विश्व” द्वारा लिखित “दुःसाध्य जनयुद्ध” ने.क.पा. का अध्यक्ष तथा आजका कार्यक्रमका प्रमुख अतिथी क. पुष्प कमल दाहाल “प्रचण्ड” बाट भृकुटी मण्डपको पुस्तक स्टलमा सार्वजनिक गर्नु भएको छ ।

जनयुद्धको शंखघोष गर्ने मध्येका एक दोलखाली युवा गंगा काकीै “विश्व” । वहाँले दश बर्षे जनयुद्धमा सैन्य मोर्चाको ब्रिगेडियर प्रमुख भएर काम गर्नु भएको थियो । यसै गरी हाल गंगा कार्की तत्कालिन नेकपा माओवादीका स्थायी समिती सदस्य हुनु हुन्थ्यौ भने पार्टी एकिकरण पछी नेकपाको केन्द्रिय सदस्य हुनु हुन्छ ।


दश वर्षे माओवादी जनयुद्धको आँखीझ्यालको रुपमा लेखिएको दुःसाध्य जनयुद्ध हो । यो झ्यालबाट बादशाहको नयाँ लुगा मात्र होईन, तत्कालीन माओवादी जनसेना र माओवादी आँखाले नियाल्न सकिन्छ भन्ने लेखक कार्कीले उल्लेख गर्नु भएको छ । यसै गरी दश बर्षे जनयुद्धको दस्तावेज भएको उल्लेख गर्दै यस पुस्तक कार्कीले जतिबेला काली निगुरो खाएर युद्ध लड्ने जनसेना गर्विलो ईतिहास पनी हो भनिएको छ ।


यस कार्यक्रमका प्रमुख अतिथी तथा नेकपाका अध्यक्ष क. पुष्पकमल दाहाल “प्रचण्ड” ले शुभकामना मन्तव्यको क्रममा आफुले सार्वजनिक गरिएको किताब “दुःसाध्य जनयुद्ध” अध्ययन नगरिएको भएपनी जतिबेला आफुले माओवादी जनयुद्धको मोर्चा समालिएको थियो । गंगा कार्की “विश्व” ले त्यतीबेलाको बस्तुगत स्थितीलाई यस कितावमा समेटिएको भनाई राख्नु हुर्दै नेपालमा पृथ्वी नारायण शाहाको नेपाल एकिकरण पछीको सवैभन्दा ठुलो लडाँई जनयुद्ध भएको र सबभन्दा बढी जनताको बलिदान पनी यहि बेला भएको भनाई राख्नु हुर्दै जुन बलिदान दिने, त्याग गर्ने जनताको ऋणी म भएको छु यो ऋण चुक्ता गर्नु पर्ने भनाई राख्नु भयो ।

यसै गरी १० बर्षे जनयुद्धलाई नेतृत्व दिने पनी आफै र शान्ती सम्झौता, संविधान सभा र संघिय लोकतान्त्रीक गणतान्त्रीक व्यवस्थासम्म ल्याउने पनी आफ्नै नेतृत्वमा भएको भनाई राख्नु भयो । मन्तव्यकै क्रममा जनताको चाहना अनुसार नेकपा एकिकरण पनी गरियो । तर अहिले तिन तिन जना पूर्व प्रधानमन्त्री सडकमा आन्दोलन गर्नु पर्ने अवस्था सिर्जना भएको छ । अहिले संघिय गणतान्त्रीक लोकतन्त्र माथी हमला भएको जुन नेपाली जनताको लागि सह्य नभएको भनाई राख्नु भयो ।

यसै गरी नेकपाका नेता सुरेन्द्र पाण्डेले जनयुद्धको सारको रुपमा निकालिएको “दुःसाध्य जनयुद्ध” किताव प्रकाशनमा ल्याएकोमा लेखक गंगा कार्कीलाई बधाई तथा शुभकामना दिनु भयो । यसै गरीे साहित्यकार ईस्वरचन्द्र ज्ञवालीले प्रकाशित किताव माथी टिप्पनी गर्नु भएको थियो ।

लेखक तथा कार्यक्रमका सभापती गंगा कार्की “विश्व” ले आफ्नो आमन्त्रणलाई स्विकार गरी आउनु भएका प्रमुख अतिथी, अतिथी लगाएत सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक आभार व्यक्त गर्दै किताव सार्वजनिक समारोहको समापन गर्नु भयो । उक्त कार्यक्रम बलराम थापाले सञ्चालन गर्नु भएको थियो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment