Search

औषधी पसलमै औषधी परीक्षण गर्ने

औषधी पसलमै औषधी परीक्षण गर्ने

१३ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । औषधी व्यवस्थापन विभाले अवदेखि पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको पत्ता लगाउन अनुगमन गरी परीक्षण गरिने भएको छ । यसरी बिभागले त्यस्ता पसलमा मिनी ल्याब लगेर तत्काल औषधीको गुणस्तर पत्ता लगाउने छ । यसअघि औषधी व्यवस्था विभागले औषधीको नियमन र अनुगमन मात्र गर्दै आएको थियो ।

औषधी पसलमै पुगेर औषधीको परीक्षण गरी सक्कली वा नक्कली भएको पुष्टि गर्न लागिएको यो पहिलो पटक हो । त्यसका लागि विभागले २३ जना कर्मचारीलाई तालिम प्रदान गरेको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भन्नुभयो, “बिक्री भइरहेका औषधी सक्कली वा नक्कली हो भन्ने पसलमै पत्ता लगाइने छ । नक्कली भएको पुष्टि भएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइने छ ।”

यो नयाँ विधि होइन । भारत, बङ्गलादेशलगायतका मुलुकमा अभ्यास हुँदै आएको छ । हिजो मङ्गलबार वीर अस्पतालको फार्मेसीमा यसको परीक्षण गरिएको छ ।

उहाँका अनुसार परीक्षण गर्दा औषधीमा कुनै कैफियत फेला परेन । “औषधीको मात्रा ठिक छ छैन, गलत औषधी दिइएको छ कि लगायत पनि परीक्षणका क्रममा अनुगमन गरिने छ,” उहाँले भन्नुभयो, “अहिलेलाई काठमाडौँबाट यसको सुरुवात गरिए पनि क्रमशः देशव्यापी बनाइने समेत उहाँले बताउनु भयो ।”

नेपालमा नक्कली औषधीको बिगबिगी रहेको अनुमान विभागको छ । औषधीले बिरामी ठिक हुनुको साटो झन् नकारात्मक प्रभाव पार्ने, औषधीको मात्रा घटबढ हुने गरी बिक्रीवितरण गर्ने गरेको पाइएको छ । “यस्ता गतिविधि गर्नेलाई तत्काल स्क्रिनिङ गरिने छ,” विभागका महानिर्देशक ढकालले भन्नुभयो, “यसले आमउपभोक्तालाई राहत हुने छ ।”

कतिपय उत्पादन मापदण्डविपरीत हुने गरेको छ । उहाँले त्यसको लागि विभागको मिनी ल्याब प्रविधिले फाइदा हुने बताउनुभयो । औषधी पसलमा परीक्षण गर्दा त्रुटि देखिएमा विभागले प्रयोगशालामा ल्याएर पनि परीक्षण गर्न सक्ने छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!