अजय प्रधान
१ फागुण बाँपीझ्याला, दोलखा । नेपाल सरकारका सुचना, संचार तथा प्राबिधि मन्त्रि तथा सरकारका प्रवक्ता दोलखाली छोरा पार्वत गुरुङले आज दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा जिल्ला समन्वय समिती द्धारा आयोजित एक कार्यक्रममा स्मार्ट दोलखा निमार्णको शुभारम्भ गर्नु भएको छ । डिजिटल नेपाल फ्रेमवर्क अन्र्तगत देशका ७७ वटै जिल्ला मध्ये पहिलो पटक मन्त्री गुरुङको गृह जिल्लाबाट यो अभियान सुरु गरेका हुन ।
शुभारम्भ कार्यक्रममा अप्टिकल फाईबर बिच्छाएको टेलिफोनबाट पहिलो पल्ट दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीलाई फोन गदै शान्ति सुरक्षाको अवस्था र निर्वाचनको तयारीका कहाँ सम्म पुग्यो भनेर मन्त्रि गुरुङले सोध्नु भएको थियो । देशमा संसद पूर्नस्थापना हुदैन सरकारी सबै खाले संयान्त्रहरु निर्वाचनको तयारीमा लाग्न धुमाउरो ढंगले मन्त्रि गुरुङले निर्देशन दिनु भएको थियो ।
सम्बृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानको अभिन्न अंग नै डिजिटल नेपाल फ्रेमवकको स्मार्ट नेपाल हो मन्त्रि गुरुङले बताउनु भयो । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं ६ का वडाअध्यक्ष नविन लामालाई डिजिटल प्राविधिको हस्तान्तरण गरि अभियान शुरु गरेका थिए । पहिलो चरणमा दोलखा जिल्ला १३६ वटा माध्यमिक तथा आधारभुत बिद्यालयलाई इन्टर सेवा, डिजिटल ल्याव, स्मार्ट बोर्ड, स्मार्ट टेलिभिजनको ब्यबस्था गर्ने समेत मन्त्री गुरुङले बताउनु भयो । यसै गरी दोलखा जिल्लाका सम्पूर्ण ग्रामिण क्षेत्रमा अप्टिकल फाईबर बिछ्याउने, वारलेस सेवा, भिस्याड सेवा पु¥याउने अभियान तिब्ररुपमा अगाडी बढी रहेको मन्त्रि गुरुले जानकारी दिए ।
राज्यले दिने सेवा सुबिद्या जनतामा छिटो छरितो पुराउन ,राज्यमा हुने गरेका भ्रष्टचार नियन्त्रण गर्न सरकारले डिजिटल नेपाल बनाउने अभियान सुरु गरेको मन्त्रि पार्वत गुरुङले बताए । स्मार्ट नेपालको अभियान मा स्मार्ट दोलखा भर्याङको पहिलो खुर्किलो भएको उनको दाबि गरेको छ । दोलखाको जनताको जनताले भारि मत दिए बिजय गराएकोले मेरो पहिलो अभियान नै यहाँबाट हुनु स्वाभाविक भएको उनले बताए । मन्त्रि गुरुङले सुचना, संचार तथा प्रबिधि मन्त्रालयका सचिव देखी नासु सम्मका कर्मचारी दोलखामा उतारेका छन ।
दोलखाली जनतामा मन्त्रि गुरुङले फागुन महिना भित्र स्मार्ट दोलखा निमार्ण काम सक्ने प्रतिबद्धता जाहेर गरेका छन् । दस दिन भित्रै देश बनाउन, दिन नपर्खौ केही गरि हालौ भन्ने जस्ता हतार र हतासमा रहेका मन्त्रि गुरुङका अभिव्यक्तिले स्मार्ट नेपाल, डिजिटल नेपाल बनाउने सपना अत्यन्त टाढा रहेको अनुमान गर्न सकिन्छ ।
यो कुनै लोकप्रियताको लागी गरेको होइन । यो देशलाई आर्थिक सम्बृद्धि ,आर्थिक पारदर्शिता,विकासमा अधिबढाउने उदेश्यले काम अघि बढाएको गुरुङले बताए। देश गरिका सबै वडाहरुमा, सबै बिद्यालयहरुमा ,सबै स्वास्थ्य संस्थाहरुमा यो सेवा उपलब्ध गराई स्मार्टनेपाल, डिजिटल नेपाल बनाउने सरकारले निर्णय गरि सकेको मन्त्रि गुरुङले जानकारी दिए ।
प्रत्येक पालिकाका महत्वपूर्ण स्थलहरुमा फ्रि वाईफाई बनाउने सरकारको नितिलाई स्मार्टनेपाल, डिजिटल नेपाल बनाउने अभियानले पूर्णरुपमा साथ दिने छ भन्नेमा आफु विश्वस्त रहेको समेत जानकारी दिनु भयो ।