अजय प्रधान,
बाँपीझ्याला,दोलखा । हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दोलखा सदरमुकाम चरिकोटको सातदोबाटोमा रहेको अदिति कम्प्लेक्सको भवनमा नगद संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ । शेयर सदस्यहरुलाई छिटो छरितो र प्रविधियुक्त सेवा उपलब्ध गराउने उद्देश्यले नगद संकलन केन्द्र सञ्चालनमा ल्याएको हो ।
सेवा केन्द्रबाट शेयर सदस्यहरुले बचत जम्मा तथा ऋणको ब्याज तथा किस्ता भुक्तानी गर्न सकिने हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिनु भयो ।
कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, नेपाल बचत तथा ऋण केन्दिय सहकारी संघ लिमिटेडका सञ्चालक जिवसराज खड्का, संस्थाका संञ्चालक तथा कर्मचारिहरु लगायतको उपस्थिति रहेको थियो ।
त्यसै गरी संस्थाले सामजिक उत्तर दायित्व अन्तर्गत भीमेश्वर नगरपालिका संगको समन्वयमा नगरपालिकाको वडा नम्बर–५, को मिल घुम्ती र कात्र्तिकेमा नागरिक प्रतिक्षालय निर्माण गरी आज एक कार्यक्रमका विच हस्ताणतरण गरेको छ ।