Search

प्रधानमन्त्री पुष्प कमल दाहालले शुक्रवारदेखि हेटौडामा हुन गईरहेको महासंघको २५ औं साधारण सभाको उद्घाटन गर्दै

प्रधानमन्त्री पुष्प कमल दाहालले शुक्रवारदेखि हेटौडामा हुन गईरहेको महासंघको २५ औं साधारण सभाको उद्घाटन गर्दै

१५ चैत्र, बाँपिझ्याला, काठमाण्डौं । नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको छ । महासंघका अध्यक्ष रवि सिंहले शुक्रवार हेटौडामा पत्रकार सम्मेलन आयोजना गर्दै महासंघको साधारण सभा बारेमा जानकारी गराउनु भएको हो । यसरी शुक्रवारदेखि शनिवार सम्म चल्ने साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउनु भएको छ ।

मकवानपुर निर्माण व्यवसायी संघको सह—आयोजनामा हुन लागेको साधारण सभाको उद्घाटन सत्रको उद्घाटन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समुद्घाटन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

उद्घाटन सत्रमा उपप्रधानमन्त्री एवं भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, शहरी विकास मन्त्री धनबहादुर बुढा, वागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमकट्टेल लगायत विशिष्ट अतिथिको रुपमा सहभागी हुनु हुने जानकारी दिनु भयो ।
यसरी हुन गईरहेको महासंघको साधारण सभामा देशभरबाट करीब १ हजार १ सय प्रतिनिधि र ५ सय पर्यवेक्षक सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । उद्घाटन सत्रमा प्रधानमन्त्रीले निर्माण क्षेत्रमा केन्द्रीत रही विज्ञहरूको लेख रचना एवं महासंघका गतिविधि समेटिएको “निर्माण विशेषाङ्क” स्मारिकाको विमोचन गर्ने कार्यक्रम तय गरिएको छ ।

निर्माण उद्योगको विकास विस्तारमा महत्वपूर्ण योगदान दिने अग्रज निर्माण व्यवसायीहरूलाई साधारण सभाको उद्घाटन सत्रमा सम्मान गरिने महासंघले जनाएको छ । साधारण सभा सम्पन्न गर्नका लागि महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मूल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरू गठन गरिएका छन् ।

सार्वजनिक विज्ञप्तीमा भनिएको छ, साधारण सभास्थलमा निर्माण कम्पनीसँग सम्बन्धित् २४ वटा स्टलहरू पनि राखिने छ । यसै गरी २५ औं साधारण सभा मुलुकका समस्त निर्माण व्यवसायीहरूको सीप, दक्षता, क्षमता र गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण सावित हुने विश्वास महासंघले लिएको छ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन आउनु सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । तर म्याद थपले मात्र निर्माण उद्योगमा देखिएको समस्या समाधान नहुने भन्दै उहाँले निर्माण उद्योग मैत्री ऐन कानून आजको आवश्यकता भएको बताउनुभयो ।

सरकारले अब व्यवसायीहरूलाई बाँकी रहेको भुक्तानी दिई अर्थतन्त्र चलायमान बनाउनुपर्ने अध्यक्षको सिंहको भनाइ थियो । महासंघका सल्लाहकार समेत रहनु भएका पूर्व अध्यक्ष जयराम लामिछानेले निर्माण उद्योगको समस्यालाई राज्य, संचार जगत कसैले बुझ्न नसकेको बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले म्याद थप हुँदा व्यवसायीलाई नै घाटा हुने भन्दै म्याद थपलाई उपहारको नबुझ्न सञ्चार जगत समक्ष आग्रह गर्नुभयो ।

निर्माण उद्योगमा देखिएको चुनौतिका बारेमा घनिभूत छलफल गर्दै निर्माण उद्योगको विकास विस्तारका लागि साधारण सभाले गरेका महत्वपूर्ण निर्णयहरू लिपिवद्ध गर्दै घोषणा पत्र जारी गरिने महासंघका महासचिव रोशन दाहालले बताउनु भयो ।
महासंघका प्रवक्ता समेत रहनु भएका नीतिगत उपमहासचिव शिवहरि घिमिरेले उद्योगको पनि ‘उद्योग’ को रुपमा निर्माण उद्योग सबल भएमात्र राष्ट्रको वास्तविक विकास हुने बताउनुभयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment