Search

प्रभु बैंकको ३०२ औं शाखा पोखरा स्थित नयाँ गाउँमा संचालनमा

प्रभु बैंकको ३०२ औं शाखा पोखरा स्थित नयाँ गाउँमा संचालनमा

३ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । प्रभु बैंक लिमिटेडले आफ्नो ३०२ औं शाखा संचालनमा ल्याएको छ । यही २०८१ साल बैशाख ३ गते देखि पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा शाखा खोली सञ्चालनमा ल्याएको छ । यस शाखा ३०२ औं शाखा भएको जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसरी संचालनमा ल्याएको बैङ्कको समुद्घाटन गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत श्री शान्ती शेरचन गौचनज्यूले गर्नु भएको हो ।

यसरी संचालन गरिएको बैंकको नयाँगाउँ स्थित शाखा कार्यालयको समुद्घाटन गर्दै श्री शान्ती शेरचन गौचनज्यूले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बारे प्रकाश पार्नु भयो ।

प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै शाखालाई सफलताको शुभकामना व्यक्त गर्नु भयो । बैङ्कको नयाँगाउँ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको नयाँगाउँ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

अहिलेसम्म प्रभु बैंकले नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत लगभग ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको उल्लेख गर्दै प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि रहेको समेत बिज्ञप्तीमा उल्लेख छ ।

Written by 

Related posts

Leave a Comment