Search

ललितपुरको जावलाखेलमा रहेको डीएभी कलेजले अन्तर कलेज फुटसल प्रतियोगिता आयोजना गर्ने

ललितपुरको जावलाखेलमा रहेको डीएभी कलेजले अन्तर कलेज फुटसल प्रतियोगिता आयोजना गर्ने

बाँपीझ्याला, काठमाडौँ । ललितपुरको जावलाखेलमा रहेको डीएभी कलेज (२) ले अन्तर कलेज फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी २०–२२ माघसम्म अन्तर कलेज प्लस टु, ६ए साइट चौथो फुटसल प्रतियोगिता आयोजना गर्न लागेको कलेजले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

खेलकुदका माध्यमबाट आपसी भाइचारा, सहअस्तित्व र मित्रता अभिवृद्घि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कलेजले जनाएको छ । कलेजका एकेडेमिक डाइरेक्टर सुमन बस्नेतका अनुसार यो वर्ष पुरस्कार राशी पनि वृद्घि गरिएको छ ।

प्रतियोगितामा विजेता हुने टिमले ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिमलाई २ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने उनले बताए । उनका अनुसार उत्कृष्ट खेलाडी, गोलरक्षक र उच्च गोलकर्तालाई पनि व्यक्तिगत ट्रफी र नगद पुरस्कारले पुरस्कृत गरिने छ । उनका अनुसार प्रतियोगितामा ३२ टिमलाई सहभागी गराइने छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment