११ बैशाख, काठमाडौं । एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ए च्याम्पिनय बनेको छ।
सोमबार राति मिलानोमा सम्पन्न मिलान डर्बीमा इन्टर मिलानले एसी मिलानलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो।
जारी सिजन सिरि ए मा पाँच खेल बाँकी रहँदै इन्टर च्याम्पियन बनेको हो। सिरि ए मा दोस्रो स्थानको एसी मिलानलाई १७ अंकले पछि पार्दै इन्टर २० औँ पटक च्याम्पियन बनेको हो।
इन्टरले सिरि ए का ३३ खेलमा ८६ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको एसी मिलानको समान खेलबाट ६९ र तेस्रो स्थानमा रहेको युभेन्टसको ६४ अंक छ।
मिलान डर्बीको १ सय १६ वर्षमा सिरी ए उपाधि जितेको यो पहिलो पटक हो। सिरी ए मा इन्टरको यो कीर्तिमानी उपाधि हो। एसी मिलानले १९ र युभेन्टसले ३६ पटक सिरी ए उपाधि उचालेको छ।
इन्टर मिलानलाई च्याम्पियन बनाउदा फ्रान्सिस्को एसर्वी र मार्कस थुरामले गोल गरे। मिलानका फिकायो तोमारीको गोल शान्त्वना बन्न पुग्यो।
खेलको १८औं मिनेटमा एसर्र्वीको गोलमा इन्टरले सुरुवाती अग्रता बनाएको छ। खेलको ४९ औँ िमनेटमा मार्कर थुरामको गोलमा इन्टरले २–० ले अग्रता बनायो। ८०औं मिनेटमा फिकायो तोमारीले एक गोल फर्काए।
खेलको इन्ज्युरी समयमा रेफ्रिले तीन रातो कार्ड देखाए। मिलानका थियो हर्नान्डेज र इन्टरका डेन्जेल डम्फ्रिज एकआपसमा भिड्दा रातो कार्ड पाए।
सोही झगडामा मिसिदा मिलानका डेभिड क्यालाब्रियाले समेत रातो कार्ड खान पुगे।