Search

आज दोलखामा १५ जनामा कोरोना पुष्टि, २३ जना संक्रमण मुक्त

आज दोलखामा १५ जनामा कोरोना पुष्टि, २३ जना संक्रमण मुक्त

बाँपीझ्याला, दोलखा। दोलखामा आज थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको ९ वटै स्थानीय तहमा ३९ जनाकोे एन्टिजिन परिक्षण गरिएकामा १५ जनामा संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेमा जिरी नगरपालिकाका ६ पुरुष र ८ महिला र भीमेश्वर नगरपालिकाका एक महिला रहेका छन् । यो संगै जिल्लामा सक्रिय कोरोना संक्रमित हुनेको संख्या ३ सय ३८ पुगेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

यस्तै आज एकैदिन २३ जना संक्रमण मुक्त भएका छन् । जसमा भीमेश्वर नगरपालिकाबाट १६ पुरुष र ६ महिला र जिरी नगरपालिकाबाट एक जना महिला निको भएका हुन् ।

यो संगै जिल्लामा हालसम्म २ हजार २ सय ५ जनाले कोरोनालाई जितेका छन् । संक्रमित मध्य चरिकोट अस्पतालमा रहेको एचडियुमा २ जना छन् भने सिंगटी अस्पतालमा ५ जना आइसोलेशन वार्डमा उपचाररत छन् । कोरोना संक्रमण देखिएका ३ सय ३१ जना होम आइसोलेशनमा बसि स्वास्थ्य लाभ लिइरहेका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment