Search

निजी ल्याबले नक्कली रिपोर्ट बनाएको बारे छानबिन गर्न समिति गठन, २४ घण्टे म्याद

निजी ल्याबले नक्कली रिपोर्ट बनाएको बारे छानबिन गर्न समिति गठन, २४ घण्टे म्याद

बाँपीझ्याला, काठमाण्डौं ।केही निजी ल्याबहरुले आर्थिक प्रलोभन र चलखेलमा विदेश जानेहरूलाई कोरोना नेगेटिभ भएको नक्कली पीसीआर रिपोर्ट बनाएको विषयमा छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक समिति गठन गरेको छ ।
मन्त्रालयको ‘स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन केन्द्र’ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका डा मुकुन्दा शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा अमृत पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको विज्ञ टोलीका तर्फबाट बलराम गौतम रहेका छन् ।
समितिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कोभिड परीक्षणको नतिजाबारे उठाइएको प्रश्नबारे छानबिन गरेर २४ घण्टाभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment