Search

दोलखा शहर स्थित भैरव कुमारी भवनमा ढोका पूजा सम्पन्न, पिङ्गल टोल स्थित रहेको भैरव कुमारी भवन र नाटेश्वर मन्दिरको पुनः निर्माण छिट्टै गर्ने

दोलखा शहर स्थित भैरव कुमारी भवनमा ढोका पूजा सम्पन्न, पिङ्गल टोल स्थित रहेको भैरव कुमारी भवन र नाटेश्वर मन्दिरको पुनः निर्माण छिट्टै गर्ने

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला ऐतिहासिक नगर भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा स्थित टसिचा टोलमा कुमारी भवन निर्माणाधिन अवस्थामा रहेको छ । गत ०७७ चैत्र ८ गते समाजसेवी एवं उद्योगपती लक्ष्मण श्रेष्ठको हातबाट शिलान्यास गरिएको थियो ।
उक्त भवनमा आज भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठको हातबाट थापना गरिएको मुल ढोका पूजा गरिएको छ । उक्त मुल ढोका पूजा गर्ने अवसरमा यस भवन निर्माण समितीका संयोजक गोपाल प्रधान, सहयोगी सदस्य अनिल चन्द्र श्रेष्ठ, डकर्मी नाईके, सिकर्मी नाईके लगायत गुठीयार र स्थानिय वासिन्दाहरुको उपस्थिती रहेको छ ।

फोटो : अनिल चन्द्र श्रेष्ठ

कोभिड १९ को संक्रमणबाट जिल्ला प्रशासन कार्यालय दोलखाले भीमेश्वर नगरपालीका भित्रका वडा नंं ३ र ६ लकडाउन गरिएको अवस्था र दिन प्रतिदिन संक्रमण बढ्दै गएको कारणले वडा प्रमुख विराजमान श्रेष्ठको हातबाटबाट विधिपूर्वक मुल ढोका पूजा गरिएको हो । यसरी संक्रमण बढ्दै गएको कारणले सुरक्षको दृष्ट्रीले दोलखाका प्रमुख जिल्ला अधिकारी, नगरपालीका प्रमुख, उपप्रमुख लगायत अन्य निकायको प्रमुखहरुलाई आमन्त्रण गरिएको छैन भनी संयोजक गोपाल प्रधानले बताउनु भयो ।

स्थानिय निकाय भीमेश्वर नगरपालिका वडा नं. २ र समाजसेवी एवं उद्योगपती लक्ष्मण श्रेष्ठको विशेष सहयोग र दोलखावासी अनी शुभचिन्तक नेपाली दाजुभाई दिदिबहीनीहरुको आर्थिक सहयोगमा सम्पन्न हुन गईरहेको उक्त कुमारी भवन भदौको ३ गतेसम्ममा सम्पन्न भई यसैपाली नै भैरव कुमारी जात्रा निकाल्नको लागि तयारी भईरहेको भीमेश्वर नगरपालीका वार्ड नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठको भनाई रहेको छ ।

फोटो : अनिल चन्द्र श्रेष्ठ

यसै गरी हालसम्म यस भवन बनाउनको लागि करिव ५५ लाख खर्च भईसकेको र मन्दिर पुरा तयारी हुनको लागि ७५ देखि ८० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ तर्सथ यस पुन्य धार्मीक कार्यको गर्नको लागी सहयोग प्राप्त भईसकेका दोलखावासी एवं शुभचिन्तक नेपाली दिदीबहीनी, दाजुभाईहरुलाई हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिनुका साथै सहयोगलाई निरन्तरता अगाडी बढाई रहेकोले ईच्छा र आकांक्षा हुने सम्पूर्ण शुभचिन्तक दाजुभाई, दिदीबहीनीमा यस सहयोग अभियानमा सहभागी भई हद्यदेखि सहयोग गर्नका लागि हार्दिक अनुरोध गरिएको समेत वडाध्यक्ष श्रेष्ठले बताउनु भयो र्।

फोटो : अनिल चन्द्र श्रेष्ठ

यसरी निर्माण भईरहेको भैरव कुमारी भवन निर्माणको लागि सहयोगी मनहरुले खुल्ला हद्यले सहयोग गरिरहेको कारण र सहयोग प्राप्त भईरहेको अवस्थाका कारण उक्त भवन परम्परा र नेवारी कलात्मक ढाँचामा निर्माण गर्न सजिलो भईरहेको भनाइ राख्नु हुदै वडाध्यक्ष श्रेष्ठले अगाडी भन्नु भयो, यस भैरव कुमारी भवन निर्माण सम्पन भई सकेपछी भीमेश्वर नगरपालीका वडा नं. २ पिङ्गल स्थित अर्को भैरव कुमारी भवन र गगरलुङा स्थित नाटेश्वर भवन लगायतका जिर्ण रहेका भवन र मठ मन्दिरहरु समेत पुनः निर्माणको लागि योजना बनाउँर्दै गरेकोले यस निर्माण अभियानमा समेत अहिलेको जस्तै दोलखावासी, शुभचिन्तक नेपाली दाजुभाई, दिदी बहीनीहरुको सहयोग र सद्भावको लागि आशा अनी विश्वास गरिएको छ भनी आग्रह सहित अनुरोध गरिएको छ भनी वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।

फोटो : अनिल चन्द्र श्रेष्ठ

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment