Search

दोलखा मञ्जुश्री (मनेश्वरी) मन्दिरको डिपिआर सार्वजनिक, तामाकोशीको पानी माथि दोलखा शहरमा ल्याउने डिपिआर छिट्टै सार्वजनिक हुने

दोलखा मञ्जुश्री (मनेश्वरी) मन्दिरको डिपिआर सार्वजनिक, तामाकोशीको पानी माथि दोलखा शहरमा ल्याउने डिपिआर छिट्टै सार्वजनिक हुने

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नंं २ स्थित ऐतिहासिक शहर दोलखामा अवस्थित मञ्जुश्री पार्क मनेश्वरी मन्दिरको डिपिआर वडाध्यक्ष विराजमान श्रेष्ठले आफ्नो फेसवुक सामाजिक सञ्जालमा प्रविष्ठ गरी सार्वजनिक गरिएको छ । स्केज गरिएको ११ वटा डिपिआर सार्वजनिक गर्दै आफुले सल्लाह र सुझावको अपेक्षा गरिएको समेत उल्लेख गरिएको छ । यस सम्वन्धमा वडाध्यक्ष विराजमान श्रेष्ठसँग सम्पर्क गर्दा मञ्जुश्री पार्क मनेश्वरी मन्दिरको अहिले जुन डिपिआर सार्वजनिक गरिएको छ उक्त कुरा आफ्नो ड्रिम प्रोजेक्ट भएको र अव विस्तार विस्तार यी कुराहरु पुरा भएकोमा खुसी व्यक्त गर्नु हुन्छ ।

यसरी मञ्जुश्री पार्क अनी मनेश्वरी मन्दिरको यस प्रकारको डिपिआरको परिकल्पना आफु वडाध्यक्ष हुनु भन्दा पहिले २०७१ सालदेखि २०७४ सालसम्म जव आफु मञ्जुश्री पार्क निर्माण व्यवस्थापन समितीको अध्यक्ष भएर पार्क निर्माण गर्दा खेरी देखिको ईच्छा र आकांक्षा भएको बताउनु भयो ।

यस डिपिआर निर्माणको लागि विशेषतः दोलखाका युवा ईन्जिनियर प्रतिक प्रधानले सहयोग रहनुका साथै दोलखा स्थानिय वासिन्दाहरुको सहयोग र सहभागीता रहको बताउनु भयो । यसरी सक्रिय सहयोग र सहभागी हुने युवा भाई ईन्जिनियर प्रतिक प्रधान लगाएत दोलखावासीहरु प्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिनु भएको वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।

डिपिआर अनुसारको भौीतक पुर्वाधार र पार्क निर्माणको लागि अहिलेको हिसावमा करिव सात करोड रुपैया बजेट स्टिमिट भएको छ । यसको लागि प्रदेश सरकार देखि केन्द्रिय सरकारसँग बजेट ल्याउनको लागि छलफल र सरसल्लाह भएको समेत बताउनु भयो । यसको लागि दोलखावासीबाट सहयोग र सल्लाहको अपेक्षा गरेको भनाई व्यक्त गर्नु भयो ।
यसै गरी दोलखाको तामाकोशीको पानी दोलखाका स्थानिय वासिन्दाहरुको लागि खानेपानी र सिंचाईको लागि माथि ल्याउने योजनाको पनी डिपिआर तयार हुर्दै गरेको छ र यो पनी छिट्टै सार्वजनिक गर्ने बताउनु भयो । तामाकोशीबाट माथि ल्याईएको पानी मञ्जुश्री पार्क मनेश्वरी मन्दिरको शिरसम्म पू¥याउने लक्ष्य रहेको जानकारी दिनु भयो ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment