Search

२ हजार ९७९ जनामा कोरोना संक्रमण, २८ जनाको मृत्यु

२ हजार ९७९ जनामा कोरोना संक्रमण, २८ जनाको मृत्यु

२३ असार, बाँपीझ्याला, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८ जनाको कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ८३५ जनाको पीसीआर टेष्ट गर्दा २ हजार ७७ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या आफैंमा कम भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् । लक्षण भएका कोरोना संक्रमितको सरकारी अस्पतालहरुमा निःशुल्क परीक्षण हुने भन्दै उनले यदि कसैलाई कोरोना संक्रमण लक्ष्मण भए परीक्षण गराउन आग्रह गरे ।

यस्तै देशभरमा ४ हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार थप भएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५ शय ४३ जना छन्, जसमा काठमाडौंका ३ शय ९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना छन् ।

हाल उपत्यकाका तीनसहित कास्की, चितवन, मकवानपुर, झापा, मोरङ र सुनसरीमा संक्रिय संक्रमितको संख्या ५ शय भन्दा बढी छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!