Search

गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै, देशभर सार्वजनिक विदा !

गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै, देशभर सार्वजनिक विदा !

१५ पुष, बाँपीझ्याला, काठमाण्डौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते अर्थात आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । यसपटक तमु गुरुङ समुदायले ’हिल्हो’ बिरालो वर्गको बिदाइ गर्दै गिद्ध मिल्हो को स्वागत गरेर भव्य रूपमा मनाउने छन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको मान्यता रहेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment