Search

दोलखामा २०७८ भाद्र शुक्लपक्ष द्वादशीका दिन दोलखामा इन्द्र जात्राको अवसरमा ईन्द्रध्वजा उत्थान सम्पन्न

दोलखामा २०७८ भाद्र शुक्लपक्ष द्वादशीका दिन दोलखामा इन्द्र जात्राको अवसरमा ईन्द्रध्वजा उत्थान  सम्पन्न

विशेष सहयोगी समाजसेवी, भरत श्रेष्ठ, दोलखा
बाँपीझ्याला, दोलखा ।
ऐतिहासिक शहर दोलखामा इन्द्र जात्राको अवसरमा ईन्द्रध्वजा उत्थान कार्य सम्पन्न भएको छ । परापूर्वकाल देखि दोलखामा भाद्र शुक्लपक्ष द्वादशीका दिन दोलखामा इन्द्र जात्रा मनाइन्छ । यस दिन दोलखाको प्रत्येक टोलमा मेम्सीं स्वारी (इन्द्रध्वज उत्थान) जात्रामा सल्लाको सुरीलो लिङ्गो गाडिन्छ । उक्त लिङ्गोको टुप्पोमा काठ र बनमालाहरुले ईट आकार बनाई एउटा टाउको मात्र भएको मूर्ति राखी सँगै सिङगो काँक्रो, पैसा राखि झुन्ड्याइन्छ ।

युवाहरु उक्त लिङगोमा चढी काँक्रो र पैसा लिन प्रतिस्पर्धा गर्छन् । यो जात्रा महाभारतसँग सम्बन्धित छ । यसपाली ईन्द्रध्वजा उत्थान मेम्सी गाड्ने कार्य भीमेश्वर नगरपालीका वडा नं. २ नक्छे, कोर्छे र माथिल्लो टोलमा सम्पन्न भएको छ ।

एकलव्यले कौरवको पक्ष लिने देखेपछि कृष्णले अनेक जाल गरी एकलव्यलाई शिर छेदन गरेर एकलव्यको इच्छा अनुसार महाभारतको लडाई हेर्ने लामो लिङगोमा टाउको राखि महाभारतको लडाई हेराएको कथासँग सम्बन्धित रहेर दोलखामा यो जात्रा संचालन गरेको पाइन्छ । उक्त दिन दोलखाको प्रत्येक निजी कुल लगाएत कोतविहार्छे, टसिचा, त्रिपुरासुन्दरी मन्दिर, ढुङ्गल, नक्छे, कोर्छे लगाएतका स्थानमा लिङ्गो गाडी भगवान इन्द्रको पुजा गरिन्छ र सोहि दिन देखि ५ दिन सम्म सोहि स्थानहरुमा भैरवको ठूलठूला मूर्तिहरु प्रदर्शन गरेर भैरको प्रसाद बाँडिन्छ ।

भैरवलाई स्थानीय दोलखा भाषामा हाँथ्व भनिन्छ तर अब दोलखाको त्यस्तो मूर्तिहरु कथामात्र भएको छ ।

ती मूर्तिहरु सबै चोरी भै सकेको छ । केवल विहार्छेको एउटा भैरव मात्र बाँकी रहेको छ । उक्त भैरबलाई पनि पटक पटक चोर्ने प्रयास भने नभएको होइन । दोलखामा इन्द्रजात्रा अवधि भर खरीप्याखन (मृदङ्गको तालमा नाच्ने पौरानिक नृत्य) लगाएत लाखे जात्रा पनि ५ दिनसम्म निकालिन्थ्यो तर अहिले उक्त जात्रा बन्द भएको छ ।

यस प्रकाशित फोटोहरुमा सहयोग समाजसेवी एवं गायक दिपक स्वप्नील, समाजसेवी प्रविण प्रधान र केही फेसवुकबाट बाट

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment