Search

दोलखामा सडकलाइ नै छाना र खाना बनाएर बस्ने १७ मानवको उद्घार

दोलखामा सडकलाइ नै छाना र खाना बनाएर बस्ने १७ मानवको उद्घार

१९ बैशाख, बाँपिझ्याला, काठमाण्डौं । सहयोगापेक्षी सडक मानव मुक्त दोलखा घोषणा गर्ने लक्ष्यका साथ सहयोगापेक्षी सडक मानवको उद्धार कार्य तिब्र पारिएको छ । दोलखामा सडकलाइ नै छाना छाना र खाना बनाएर बस्ने १७ मानवको उद्घार गरिएको अधिकारकर्मी राजन बस्नेतले बताउनु भयो ।

जिल्लाबाट उद्धार गरिएका सहयोगापेक्षी सडक मानव १७ जना मध्ये ७ जनालाई मानवसेवा आश्रम रानीवन, काठमाडौं र ९ जनालाई मानव सेवा घर भक्तपुर र काभ्रेपलाञ्चोकमा व्यवस्थापन गरिएको अधिकारकर्मी बस्नेतको भनाई रहेको छ ।

विसं २०७६ साल देखि हालसम्म भिमेश्वर नगरपालिका भित्रबाट १० जना, बैत्यश्वर गाउँपालिकाबाट २ जना, कालिन्चोक गाउँपालिकाबाट २ जना, जिरी नगरपालिकाबाट १, शैलुङ गाउँपालिकाबाट १ जना तामाकोशी गाउँपालिकाबाट १ जना गरि १७ जना सडक मानवलाई उद्धार गरिएको हो ।जसमध्ये गत वर्ष भिमेश्वर नगरपालिका २ – दोलखाकी अन्दाजी ८९ वर्षिय हसिना श्रेष्ठ (हाकुलाटी) को मानवसेवा आश्रम रानीवन, काठमाडौंमा निधन भएको थियो।

निःस्वार्थ रुपमा सहयोगापेक्षी सडकमानवको उद्धारमा लागेका बस्नेत भिमेश्वर नगरपालिकालाई बागमती प्रदेशको पहिलो बालमैत्री नगरपालिका बनाउ सक्रिय भुमिका निर्वाह गरेका बस्नेतले जिल्लामा जिल्ला समन्वय समिति दोलखा, दुई नगरपालिका र सात गाउँपालिका, मानवअधिकारकर्मी, समाजिक अभियन्ता, नेपाल प्रहरी, सञ्चारकर्मी लगाएत सम्बन्धित सरोकारवाला निकायहरुको समन्वय र सहकार्यमा सहयोगापेक्षी सडकमानवहरुको उद्धार कार्य र व्यवस्थापन सम्भव भएको जानाकारी दिए।

सुरुसुरुमा सहयोगापेक्षी सडक मानवहरुको उद्धार कार्य गर्न जटिल भएतापनि मानव सेवा आश्रम काठमाडौं र मानवसेवा घर भक्तपुरले सहयोगापेक्षी सडकमानवहरुलाई गासँ,बास र कपासको व्यवस्थापन गर्ने कार्यको थालनी भए पस्चात उद्घार गर्नको लागि सहज वातावरण सिर्जना भएको अधिकारकर्मी बस्नेतको अनुभव रहेको छ।

बस्नेत महिला, बालबालिका र युवाको हक अधिकार र संरक्षणका निम्ति लामो समयदेखि क्तियाशिल रहदैँ आएका छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment