Search

बागमती प्रदेश सरकारी कामकाज भाषा कार्यान्वय शुभारम्भ घोषणा समारोह समिति गठन

बागमती प्रदेश सरकारी कामकाज भाषा कार्यान्वय शुभारम्भ घोषणा समारोह समिति गठन

नेपाल सम्वत् ११४४ चौलागा पञ्चमी, १७ बैशाख २०८१, मञ्जुश्री सम्वत् २८६० बाँपिझ्याला, काठमाण्डौं । बागमती प्रदेश सरकारी कामकाजी नेपाल तामाङ भाषा कार्यान्वय शुभारम्भ घोषणा समारोहको लागि ३०३ सदस्यीय समिती गठन गरिएको छ ।

नेपा व्यान्केट खुसीबुमा बागमती संस्कृती पर्यटन तथा सहकारी मन्त्री माननिय शैलेन्द्रमान बज्रचार्यको सभापतीत्वमा सम्पन्न उक्त कार्यक्रममा नेवाः देय् दवु केन्द्रिय समितीका अध्यक्ष पवित्र बज्राचार्य, नेपाल तामाङ घेदुङ संघका अध्यक्ष लगायत दुवै संस्थाका केन्द्रीय पदाधिकारी, कार्यसमिती सदस्य, सल्लाहकार, शुभचिन्तक तथा शुभच्छेकहरुको व्यापक सहभागीता रहेको थियो ।

यसै गरी सरकारले कामकाजी भाषा ऐन २०८० कार्यान्वयन यही बैशाख २४ गते सोमबारदेखि लागु हुने गरी घोषणा समारोहको आयोजना गर्ने भएकोले सो दिन सरकारले विदा दिने निर्णय यस भन्दा अगाडीनै सार्वजनिक गरि सकेको छ ।

यसै सन्दर्भमा मन्त्री शैलेन्द्रमान बज्रचार्यले सरकारले ऐतिहासिक निर्णय गरिसकेकोले त्यसलाई हामीले स्वागत गर्नु पर्ने धारणा राख्नु हुर्दै यस निर्णयको कार्यान्वय गर्ने दिन बैशाख २४ गते बागमती प्रदेशले दिवसको रुपमा मनाउने निर्णय सँगै यस खुसीयालीमा बसन्तपुरमा “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा समारोह” को आयोजना गरिएको हो ।

यस समारोहमा सम्पूर्ण नेवाः तामसालिङका प्रमुख व्यक्तित्व, मान्यजन महानुभावहरु लगायत सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहीनीहरु आ–आफ्नो भेषभूषा तथा बाजागाजा साथ उपस्थित भई कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न आब्हान गर्नु भएको छ ।

यसै गरी नेवाः देय् दवुका अध्यक्ष पवित्र बज्राचार्य, नेपाल तामाङ घेदुङ संघका अध्यक्ष लगायतका व्यक्तित्वहरुले नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशले कामकाजी भाषाको रुपमा प्रयोग गर्न पाउने निर्णयको बारेमा आ–आफ्नो विचार व्यक्त गर्दै आगामी बैशाख २४ गते हुने घोषणा दुवै संस्था र जाती दाजुभाई, दिदीबहीनीहरु लगायत शुभचिन्तक महानुभावलाई उपस्थितीका लागि अनुरोध गर्नु भएको छ ।

कार्यक्रमको लागि मुल आयोजक समारोह समिती, सचिवालय लगायत विभिन्न समिति, उपसमिती गठन गरेर कार्यसम्पादन गर्ने तयारीमा जुटेको छ भनी नेवाः देय् दवु विशेष समितीबाट प्रतिनिधीत्व नेवाः देय् दवु केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रम संचालक उमेश स्थापितले बताउनु भयो ।

यसबारेमा नेवाः देय् दवुका स्वनिगः विशेष प्रदेशका उपाध्यक्ष उमेश स्थापितले कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न नेवाः देय् दवु र नेपाल तामाङ घेदुङसंघका केन्द्रिय सदस्यहरु, बिभिन्न खलपुचः जातीपुचः र संघ–संस्थाको प्रतिनिधीहरुबाट मुल आयोजक समारोह समिती बनाउने र उक्त समिती भित्रबाट सचिवालय बनाउने यसपछी सचिवालयका सदस्यहरुको संयोजकत्वमा विभिन्न समिती उपसमितीहरु गठन गर्ने तयारी रहेको समेत उहाँले बताउनु भयो ।

यसरी बैशाख २४ गते सोमबार विहान ७ बजेबाट ¥याली शुरु हुने हुँदा सम्पूर्ण नेवाः देय् दवुसँग र तामाङ घेदुङ संघसँग आवद्ध संघ–संस्था र प्रतिनिधी एवं शुभचिन्तक नेपाली दाजुभाई दिदीबहीनीहरुलाई ¥यालीमा सहभागी हुनको लागि विहानको ६ः३० बजे आ–आफ्नो जातिय स्थानिय बाजागाजा र भेषभूषामा उपस्थिती हुनु पर्ने समेत उपाध्यक्ष स्थापितले बताउनु भयो । यसबारेमा विस्तृत विवरण मुल आयोजक समारोह समितीको औपचारीक बैठक पश्चात कार्यक्रम सार्वजनिक गर्ने समेत उहाँले बताउनु भयो ।

कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई कुमार सिं घिसिङले स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment